संसद भवन भित्र पस्दा विद्यार्थीको पहिलो अनुभव

सिर्जना बुढाथोकी
सुर्खेत । वीरेन्द्रनगरमा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्यनरत ममता नेपालीले पहिलो पटक संसद भवनमा प्रवेश गरिन् । उनलाई संसद के हो? संसद भवन कस्तो छ? संसद भित्र के के काम हुन्छ भन्ने विषयमा कुनै जानकारी थिएन । ‘आज आएर प्रत्येक्ष रुपमा संसदमा प्रवेश गरेर अवलोकन गरि भित्र हुने गतिविधिको बारेमा जानकारी लिन पाउदा निकै खुशी छु’, उनले भनिन्, ‘संसद भित्र हुने कामका बारेमा जानेपछि भविष्यमा म पनि यहि आउन सक्ने हैसियत बनाउछु भन्ने सोच आयो ।’
जन नमुना मा.वि वीरेन्द्रनगरमा कक्षा १२ मै अध्ययनरत विद्यार्थी रुपेश विश्वकर्माले पनि संसद भवन अवलोकन गर्न पाउदा खुशि व्यक्त गरे । संसद कसरी चल्छ र के के प्रक्रिया हुन्छन् भन्ने बारेमा थाहाँ नभएको कुरा जान्ने अवसर पाएको अनुभव सुनाए । ‘संसद व्यवस्था कस्तो रैछ, कस्का लागी ठाउँ कसरी छुट्टाएको हुदो रैछ भनेर जान्ने अवसर मिल्यो’, उनले भने, ‘कसको मान्यता कति? माननीयहरुको सुझाब प्रत्यक्ष रुपमा लिन पाउदा भाग्यमानी महशुस भएको छ ।’
कर्णाली फाउण्डेनको आयोजना र संसद सहयोग परियोजना (युएनडिपी)को सहकार्यमा वीरेन्द्रनगरमा रहेका मा.वि स्तरका विद्यालयबाट उपस्थित विद्यार्थी, स्कुल अफ ल का विद्यार्थी तथा शिक्षकहरु गरि करिब ३६ जनाको सहभागीतामा संसदीय खुलापनको अभ्यास गर्न प्रदेश सभाको अवलोकन गरिएको हो ।
शिव मा.वि लाटिकोइलीबाट विद्यार्थी लिएर आएकी शिक्षिका अमृता सापकोटाले भौतिक रुपमै उपस्थित बनाएर विद्यार्थीहरुलाई संसदका बारेमा जानकारी दिनु उत्कृष्ट कार्य भएको जानकारी दिएकी छिन् । उनले आफ्नो प्रदेशमा कसरी काम हुन्छन्, के गतिविधि हुन्छन् भनेर जानकारी लिन पाएको भन्दै धन्यवाद व्यक्त गरिन् । यस्तै, शिव मा.वि धुलियाविटका शिक्षक रुद्रप्रसाद पौडेलले सभामा कस्ता विषयमा छलफल र निर्णय हुन्छन् भनेर जानकारी पाएको बताए । ‘पाठ्यक्रममा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिको बारेमा पढ्नुपर्ने कुरा आज प्रत्यक्ष देख्न पाएकाछन् खुशि लाग्यो’, उनले भने, ‘विद्यार्थीको करिकुलको पाठ भएको छ भने महिला माननियहरु संग कुरा गर्दा छात्रा विद्यार्थीलाई हौसला मिलेको छ ।’
संसदिय खुलापन कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई संसद र संसदले …