जेष्ठ नागरिकसँग सभामुख: ‘आश्रमलाई बेलैमा राम्रो बनाऔ
सुर्खेत । वि.स २०७४ सालमा श्रीमानको मृत्यु भएपछि सुर्खेतको दमारेकी अनिता मगर अहिले वीरेन्द्रनगर–९ मा रहेका प्रशान्ति बृद्धा आश्रममा बस्दै आएकी छिन् । ३ वटा छोराछोरी जन्मिएर पनि खेर गएप्छि सन्तानविहिन भएकी अनिताको श्रीमानको मृत्युपछि हेरविचार गरिदिने आफन्त कोहि भएनन् । उनलाई आश्रमले आश्रय दिइरहेको छ ।
पश्चिम सुर्खेतकी कौशिला वपन बृद्धाआश्रम बस्न थालेको १५ वर्ष पुग्यो । वर्षेनी आउने चाडपर्वले उनलाई रमाईलो भन्दा पनि बढि निराश बनाउने गर्छन् । आफन्त भएर पनि कोहि नभएजस्तो छ उनको जीवन । कुनैबेला छोराछोरी हुर्काउन निकै दुःख गरेकी कौशिलालाई नरोउ भन्ने परिवार छैनन् । उनीहरुसंगै २८ जना वृद्धवृद्धाहरु सन्तान नभएकाकारण प्रशान्ति बृद्धा आश्रममा आश्रय लिदै आएका छन् ।
आश्रममा आफुहरुलाई बस्नका लागि निकै सहज भएको वीरेन्द्रनगर–८ की खगीसरा अधिकारीले बताइन् । छोराछोरी आफन्तले नहेरेपछि आफ्नो घरनै आश्रम र यहाँ बस्ने सबै वृद्धवृद्धा आफ्ना परिवार सरह भएको उनको भनाई छ । ‘हामीले सभामुखका रुपमा महिला पाएका छौ,त्यसैले आश्रमका लागी सरकारले केहि गर्छ भन्ने आशा पलाएको छ’, उनले भनिन्,‘हाम्रो आश्रममा भएका थोरधेर केहि समस्या समाधानमा हजुरले सहयोग गर्नुहुन्छ भन्ने आशा छ ।’
वीरेन्द्रनगरको प्रशान्ति बृद्धा आश्रममा आइतबार कर्णाली फाउण्डेन नेपालको आयोजना र संसद सहयोग परियोजना (युएनडिपी)को सहकार्यमा भएको जेष्ठ नागरिकसँग सभामुख कार्यक्रममा बोल्दै जेष्ठ नागरिकहरुले यस्तो बताएका हुन् ।
जेष्ठ नागरिक थानेश्वर सुवेदीलेआश्रममा कहिलेकहि हुने विशेष कार्यक्रम बाहेक अघिपछि खाना खाजाका लागी समस्या हुने भएकाले सरकारले आश्रमहरुलाई विशेष महत्वका साथ हेरिदिन आग्रह गरे । उनले मासिक रुपमा सरकारले रेखदेख गर्दे, प्राथमिक उपचारको व्यवस्था गर्न आग्रह गरे । वीरेन्द्रनगरमा रहेका वृद्धा आश्रमहरु कतिका जग्गा नभएको, कतिका भवन जिर्ण हुदै गएको, रेखदेख गर्ने सहयोगीलाई तलब दिन नसक्ने, खाना खाजा व्यवस्थापनमा समस्या भएको आश्रम संचालन गर्दै आएका जेष्ठ नागरिकहरुले बताएका छन् ।
जेष्ठ नागरिक जिल्ला संघका अध्यक्ष लक्ष्मी खड्काले केहि रकम सरकारले व्यवस्था गरेपनि आवश्यकता धेरै हुदाँ संस्था कसरी चलाउनने भन्ने समस्या भएको बताईन् । उनलेभौतिक, आर्थिक, मानसिक, सामाजिक रुपमा समस्यामै धेरै समस्या …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed