सुर्खेत । कर्णालीमा वार्षिक १९ हजार एक सय १६ मेट्रिक टन खाद्यन्न अपग हुने गरेको पाइएको छ ।
कर्णाली प्रदेश सरकारको तथ्याई अनुसार वार्षिक प्रदेशमा वार्षिक १९ हजार एक सय १६ मेट्रिक टन खाद्यन्न अपग हुने गरेको हो ।
प्रदेशका दश जिल्ला मध्य सल्यान, रुकम पश्चिम, सर्खेत खाद्यान्न आत्मनिर्भर रहेका छन् भने ७ जिल्लामा खाद्यन्न आयत गर्नपर्ने जिल्लामा पर्दछन ।
दैलेख, जाजरकोट, हुम्ला, कालिकोट, जम्ला, मग डोल्पा जिल्लाको उत्पादनले वर्षभर खान पुग्दैन । तथापी दैलेख र जम्ला जिल्ला भने खाद्यन्न कम आयत गर्ने जिल्लाको रुपमा रहेको प्रदेशको भूमीव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको कृषि निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका निर्देशक चित्र बहादुर रोकायले खाद्यन्नमा सबै जिल्लालाई आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रमहरु प्रदेश सरकारले संचालन गरिरहेको जानकारी दिनुभयो ।
उहाले प्रदेश सरकारले आम नागरिकलाई खाद्य सुरक्षाको पहुँचमा लिनको लागि अर्गानिक प्रदेशको अवधाराणा लिएको भन्दै यो कार्यक्रमलाई सफल बनाउन सबै नीकायको भुमीका महत्वपूर्ण हुने बताउनभयो ।
विश्व खाद्य कार्यक्रम इपीआई र एफएओले कर्णालीका पहाडी तथा हिमाली जिल्लामा सन् २०१९ मा गरेको पाँचौ पटकको सर्वेक्षणअनुसार समग्रमा प्रदेशका २८ प्रतिशत घरधुरीहरुले आवश्यक पर्ने पर्याप्त खाद्यवस्तु उपभोग नगरेको पाइएको छ ।
जसमध्ये ८ प्रतिशत घरधरीले अति न्यून मात्रामा खाद्यवस्त उपभोग गरेका छन् । यस तथ्यलाई भोकमरीको रुपमा विश्लेषण गरिएको छ ।