सुर्खेत । सुर्खेत वीरेन्द्रनगर १० का मायाराम थारु शाररिक रुपमा अपाङ्गता भएका व्यक्ती हुनुहुन्छ । उहाको दुबै खुट्टा जन्मजात चल्दैन । सामान्य हिडडुल गर्न सक्ने भएपनि उहाँ पूर्ण रुपमा हिडडुल गर्न सक्नुहुन्न । मायारामले १० कक्षासम्म मात्रै पढ्नुभएको छ । मायारामको चार जनाको परिवार छ । शाररिक रुपमा अपाङ्गता रहेका मायारामले जीवन निर्वाह गर्न धेरै संघर्ष गर्नुपरिरहेको छ । एकातिर घरपरिवार चलाउन र अर्कोतिर छोराछोरीको शिक्षा दिक्षा बनाउनुपर्ने उहालाई धेरै समस्या छ । कुनै रोजगारीको बाटो पनि थिएन । उहालाई जीवनदेखि वाक्क लागिसकेको थियो । वीरेन्द्रनगरमा अपाङ्गताको क्षेत्रमा काम गर्ने एउटा संस्थाबाट उहाले तिन महिने मुढा बुन्ने तालिम सिक्नुभयो । तालिम सिकेपश्चात भने उहाले मुलाई केही रुपमा सहज हुन थाल्यो ।
मायारामले अहिले बस्ने मुढा बुन्ने काम गर्नुहुन्छ । मुढा बुनेर उहाले जेनतेन आफ्नो जीवन निर्वाह शुरु गर्नुभयो । मुढा बुन्नको लागि चाहिने बाँस, लगायतका सामग्री मायारामको श्रीमतीले ल्याइदिने गर्नुहुन्छ । उहाले घरमै बसेर मुढा बुन्नुहुन्छ । मुढा बुनेपनि विक्रि नहुने समस्या रहेको छ । म शाररिक रुपमा अपाङ्गता भएको व्यक्ती हुँ । मायारामले भन्नुभयो, “मुढा बुन्ने सीप सिकेर अहिले घरमै मुढा बनाउछु, कहिलेकाँही विक्रि हुने बाहेक बजार पाउदिन । अरु काम गर्नलाई सीप पनि छैन, मुढा बनाउने काम सिकेँको छु । मेहेनत पनि धेरै गर्छु तर विक्रि नहुँदा म निराश छु ।”
अपाङ्गता भएका व्यक्तीहरुले नत भनेअनुसारको रोजगारीको व्यवस्था छ, नत कुनै सीपको व्यवस्था छ । सीप सिकेकाहरुको लागि पनि उचित बजारिकरणको व्यवस्था छैन, मायारामले भन्नुभयो ।
यता वीरेन्द्रनगर नगरपालिकाले भने अपाङ्गता भएका व्यक्तीहरुको लागि विभिन्न सीपमुलक कार्यक्रमहरु संचालन गरिएको जनाएको छ । उनिहरुले उत्पादन गरिएका सामग्रीहरुको समेत बजारिकरण गर्नको लागि प्रयास गरिने बताएको छ ।
अपाङ्गता भएका मायारामको गुनासोः मुढा बनाउछु तर बजार पाइन
अपाङ्गता भएका मायारामको गुनासोः मुढा बनाउछु तर बजार पाइन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु