पर्यटन शब्दको शाब्दिक अर्थ हो, भ्रमण । कुनै एक ठाउँका मानिसहरुले अर्को ठाउँमा रमणिय दृश्यहरुको अवलोकन गर्न, विशुद्ध मनोरञ्जनको लागि नीजि खर्चमा गरिने भ्रमणलाई पर्यटन भनिन्छ ।
पर्यावरणीय पर्यटन अथवा पर्यापर्यटन भन्नाले पर्यटकको क्रियाकलापबाट सम्बन्धित स्थानको वातावरणीय, सामाजिक तथा सास्कृतिक पक्षको क्षती तथा असर नपु¥याइ त्यसबाट प्राप्त गरिने ज्ञान, एवम स्वच्छ मनोरञ्जनलाई पर्यापर्यटन भनेर बुझिन्छ । त्यसलाई प्रकृति पर्यटन, जिम्मेवार पर्यटन, दिगो पर्यटन लगायतका अनेकन नामबाट समेत चिनिन्छ । भ्लअथअयिउभमष्ब या भअयतयगचष्कm २००१ मा पर्या पर्यटनलाई विश्वकै आश्चार्यजनक प्राकृतिक र मानवीय संस्कृतिको विविधताबाट आनन्दित ती कुनैपनि सम्पदाहरुलाई क्षती नपु¥याई गरिने यात्रा हो भनि भरिभाषित गरिएको छ ।
विश्वव्यापी रुपमा सन १९७० को दशकबाट मात्र प्राकृतिक वातावरणयुक्त सम्पदामा आधारित पर्यटन गतिविधि शूरु भएको मानिन्छ । कुनै पनि देशको राष्ट्रिय अर्थतन्त्रमा पर्यटन उद्योगको महत्वपूर्ण योगदान रहेको हुन्छ । क्षेत्रफलको हिसाबले सानो देश भएपनि नेपाल भौगोलिक तथा वातावरणिय विविधता र धेरै खाले वनस्पति र जनावरको उपलब्धताले पर्यटनको लागि प्रसस्त सम्भावना बोकेको देशको रुपमा चिनिन्छ ।पर्यटन क्षेत्रबाट कर्णाली समृद्ध बन्न सक्छ
कर्णाली प्रदेशमा रहेका उपल्लो डोल्पा, हुम्लाको लिमी उपत्यका, जुम्लाको सिंजा उपत्यका, राकम उपत्यका, सुर्खेत उपत्यका जस्ता रमणिय ठाउँहरु, आकर्षक हिमाली दृश्यहरु, थोरै दुरीको फरकमा पनि विविध भौगोलिक, वातावरणिय र सांस्कृतिक फरकपना रहेको छ ।
३० हजार ७ सय १६ वर्ग किलोमिटरमा फैलिएको कर्णाली प्रदेश भौगोलिक हिसाबले नेपालकै सबैभन्दा ठुलो प्रदेश हो भने जनसंख्याको हिसाबले भने सबैभन्दा सानो प्रदेश हो । यहाँका भित्रि तराइदेखि उच्च हिमाली र हिमाल पारीसम्म फैलिएका मनमोहक दृश्य हिमाली श्रृखला धेरै खाले वनस्पती र जनावरहरुको उपलब्धताले प्रसस्त सम्भावना बोकेको प्रदेशका रुपमा चिनिन्छ । धार्मिक तथा सांस्कृतिक विविधता र यससँग जोडिएका प्रकृतिका अगाध सम्बन्धले यहाँ पर्यापर्यटनलाई व्यवस्थित गरी देशको आयश्रोत वृद्धी गर्न सकिने अवसर छ ।
कर्णाली प्रदेशमा रहेका उपल्लो डोल्पा, हुम्लाको लिमी उपत्यका, जुम्लाको सिंजा उपत्यका, राकम उपत्यका, सुर्खेत उपत्यका जस्ता रमणिय ठाउँहरु, आकर्षक हिमाली दृश्यहरु, थोरै दुरीको फरकमा पनि विविध भौगोलिक, वातावरणिय र सांस्कृतिक फरकपना रहेको छ । जसले गर्दा तराईमा पाइने साल, सिसौदेखि हिमाली खर्कहरु र बहुमुल्य बहुमुल्य जडिबुटी, लोपउन्मुख हिउँ चितुवा, हाव्रे, हिमाली भालु, कस्तुरी मृग, हिमाली थार जस्ता वन्यजन्तु हेर्न पाइन्छ । हुम्लाको लिमी उपत्यकालाई लुकेको जोभन हिडन संग्रालय भन्ने गरिन्छ । साच्चिकै भन्दा कर्णाली प्रदेश खुल्ला संग्रालय हो । यहाँको सबैभन्दा लामो नदी कर्णाली, थुप्रै ताल (मुगुको रारा ताल, डोल्पाको फोक्सोण्डो ताल, सल्यानको कुपिण्डे ताल, डोल्पाको स्यार्पु ताल, सर्खेतको बुलबुले ताल, छहरा, झरनाजस्ता अन्यत्र नभेटिने भु–बनोट र प्राकृतिक दृश्यहरुको कारण यहाँ आउने पर्यटकहरुले विश्वस्तरीय सहासिक पदयात्राको अनुभव गर्न पाउछन् ।
यस प्रदेशमा रहेका प्राचिन कला पूर्ण वुद्धाहरुले सिङ्गारिएका देवस्थल, पाटी पौवा, देवलहरु पर्यटकका गन्तव्य हुन् । सुर्खेतको काक्रेविहार, दैलेख र जाजरकोटमा रहेका दरबार, पञ्चदेवल, फोक्सण्डो ताल नजिकै रहेको रिग्म्बो गुम्बा, रलिग गुम्बा, दुइ हजार बर्ष पुरानो हल्जी गुम्बा, नाम्खा दुतल स्तम्भ, खपुङ्ग जोङ्ग गुम्बा जस्ता प्राचिन, ऐतिहासिक पुरातात्विक सम्पदाहरु अवस्थित छन् । प्राकृतिक रुपमा अनुपम सम्पदालाई बिचार पु¥याई साहासिक जलयात्रा पर्यटनको अर्को सम्भावना कर्णालीमा छ । यसकारण यहाँका प्राकृतिक र सामाजिक विविधताको सुन्दरतासँगै मौलिकतालाई खलल् नपु¥याई पर्यटन क्षेत्रबाट लाभ लिन सकिन्छ । यसका साथसाथै स्थानीय समुदायको प्रत्यक्ष संलग्नता हुँदै स्थानीय तहमा रोजगारी वृद्धि भई प्रत्यक्ष आर्थिक लाभ लिन सकिने र देशले पनि विदेशी मुद्रा आर्जन गर्ने देखिन्छ ।
कर्णाली प्रदेशमा रहेका रमणिय पर्यटकीय गन्तव्यहरु
सुर्खेतः काक्रेबिहार, देउती बज्यै, मदन आश्रीत पार्क, गोठीकाँडा, सिद्धपाइला, बुलबुले ताल, शिव गुफा, गिद्दे डाँडा ।
दैलेखः पञ्चकोषी धार्मीक क्षेत्र, कोतगढी, पञ्चदेवल, दुल्लु दरबार, बेलासपुर, महावु पर्यटकीय क्षेत्र, राइली मालिका, गुराँसे लेख ।
रुकुम पश्चिमः गौतामकोर, चित्रिपाटन साहासिक पदमार्ग, डिग्रे साइ भगवती मन्दीर, बाफिकोट मालिका मन्दीर, चौरजहारी ।
जाजरकोटः खलंगा दरबार क्षेत्र, शिवालय मन्दीर, मालिका मन्दीर छेडागाड ।
कालिकोटः बडीमालिका मन्दिर, पचालझरना, चुलिमालिका, विभिन्न धार्मिक तथा सास्कृतिक सम्पदाहरु ।
मुगुः रारा ताल, रारा–शे फोक्सण्डो ताल पदयात्रा मार्ग, खेसमा मालिका खत्याड, छायाँनाथ क्षेत्र, रिडीमोक्ष मालिका, ।
हुम्लाः लिमी उपत्यका पर्यटकीय स्थल, हल्जी गुम्बा, रलिग गुम्बा, शिवालय खार्पुनाथ मन्दिर, रामपाल माडु मन्दिर, मानसरोवरको दृश्यवकोन ।
जुम्लाः सिंजा सभ्यता, डुडल स्तुपा, सुन्दरवास मष्टो, चिमरा मालिका गुढीचौर, चन्दननाथ मन्दिर ।
डोल्पाः त्रिपुरा सुन्दरी धार्मीक क्षेत्र, शे–फोक्सण्डो ताल ।
सल्यानः कुपिण्डे ताल, सल्ली क्षेत्र, कुमाख लेख ।
कर्णाली प्रदेशका उल्लेखित पर्यटकीय गन्तव्यहरु हुन । यसका साथै प्रदेशमा अनेक घुम्न लायक ठाउहरु छन भने परम्परागत सास्कृतिक सभ्यता पनि कर्णालीका पर्यटकीय अकर्षण बन्न सक्छन् । यहाँ तापा नाच, पैँसरी नाच, सिङ्गारु नाच, झाक्रि नाच, पापीनी नाच, मस्टो जात्रा, मालिका महत्वसव, जनै पूर्णिमा जात्रा, आदी परम्परागत मौलिक संस्कृतीले पनि पर्यटक आकर्षण गर्न सक्छ । कर्णाली मौलिक परम्परागत थुपै्र संस्कृतीहरु छन् । यीनको संरक्षणसँगै पर्यटक आकर्षण बढाउन सक्नेगरी प्रचार हुन आवश्यक छ ।
सकरात्मक र नकरात्मक प्रभाव
पर्यटन क्षेत्रबाट अर्थतन्त्रका सुचकहरुमा सकरात्मक असर पर्दै जान्छ तथापी केही रुपमा नकरात्मक असर पनि पर्न सक्छ । पर्यटन उद्योगबाट आम्दानी प्राप्त हुने, रोजगारीका अवसरहरु सिर्जना हुने, विदेशी पर्यटकसँग सम्पर्क बढ्ने, मनोरञ्जन हुने लगायतका सकरात्मक प्रभाव पर्दछ, भने अर्कोतर्फ स्वच्छ वातावरणमा नराम्रो असर पर्न सक्ने जोखिम पनि उत्तिकै हुन्छ । पर्यटकहरुका कारण प्रदुषणमा वृद्धि हुने, मौलिक संस्कृतीमा दवाव सिर्जना हुने, वनजंगल फडानी हुने, वन्यजन्तुको वासस्थान विस्तापित हुने, पर्यटकीय गतिविधिबाट पार्यवरणिय असन्तुलन पैदा हुन, कृत्रिम मनोरञ्जन बढ्नुका साथै उपभोक्ताको मुल्यमा वृद्धि हुने लगायतका नराम्रा क्रियाकलाप बढ्न सक्छन् ।
पर्यटन उद्योगबाट सकरात्मक र नकरात्मक दुबै असर भएपनि वास्तवमा पर्यटनलाई वरदान बनाउन आवश्यक छ । काठमाडौंबाट अलि टाढा भएपनि यो प्रदेशलाई पर्या पर्यटनको माध्यमबाट दुरदराजमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई बसाई लम्बाउन र उनिहरुलाई फर्केर आऊ आऊ लाग्नेगरी स्वागत सत्कारसँगै पूर्वाधारको व्यवस्था गर्न आवश्यक देखिन्छ ।
उद्योग पर्यटन वन तथा वातावरणको माध्यमबाट सुखी ‘कर्णाली, सुखारी कर्णालीवासी’ बनाउने लक्ष्यका साथ संघियताको अपनत्वसँगै २०७४ फागुन ४ गते उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको स्थापना भएको छ । र हालसम्म यस मन्त्रालयले तपशिलका विभिन्न कामहरु समेत गर्दै आएको छ, जसलाई यसरी उल्लेख गरिएको छ ।
१. कर्णाली प्रदेशको गुरुयोजना तयार भई कार्यान्वयन भइरहेको ।
२. पर्यटन ऐन जारी, नियमावलीको मस्यौदा तयार ।
३. पर्यटन मन्त्रालयको वेभसाइड तयार गरि हरेक क्रियाकलापहरु सार्बजनिक भइरहेको ।
४.पर्यटन मोवाइल एप तयार गरि अपडेटको अन्तिम चरणमा गएको ।
५. ट्राभल एजेन्सी इजाजत पत्र जारी तथा नविकरण लगायतका कार्य (प्रदेश स्थापना भएदेखि हालसम्म ३ वटा ट्राभल्स दर्ता भएको ।
(क) कुशे ट्राभल्स प्रा.लि
(ख) गंगामाला ट्राभल्स प्रा.लि
(ग) नक्सा ट्राभल्स प्रा.लि
६. ट्रेकिंग एजेन्सी इजाजतपत्र जारी एवम नविकरण लगायतका कार्य
७. टुर गाइड, ट्रेकिंग गाइड, ट्रेकिंग पोटर गाइड
८. रिभर गाइडको इजाजतपत्र जारी तथा नविकरण लगायतका कार्य
९. एक जिल्ला, एक पर्यटकीय उपज अन्तरगत कर्णालीका पर्यटकीय क्षेत्र रारा, फोक्सण्डो, पिली, पचालझरना लगायतका क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण भइरहेको ।
१० हमस्टे इजाजतपत्र जारी तथा नविकरण सम्बन्धी कार्य
११. प्रदेश स्तरिय पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनात्मक सामग्रीहरु (छोटो भिडियो तथा वृत्तचित्रहरु निर्माण, बुकलेटर, लेवलबुक प्रकाशन गरी प्रचार प्रसार गर्ने कार्य भएको ।
सवालहरु:
यद्यपी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले पर्यटन सम्बन्धी विभिन्न कामहरु गर्दै आएपनि यहाँको कमजोर सडक सञ्जाल, कमजोर सार्बजनिक यातायात सेवा, उच्च भाडादर, हवाई मार्ग भरपर्दो नहुनु, व्यवस्थित होटेलहरुको अभावका कारणले र पर्यटन सम्बन्धि दरविलो संघसंस्थाको अभावमा कर्णाली प्रदेशमा पर्यटन क्षेत्रको विकास चुनौतीपूर्ण नै छ । तथापी सम्भावना भने धेरै रहेको छ । कर्णाली प्रदेश सरकारले वातावरण स्वच्छ कायम गरी दिगो पर्या पर्यटन विकास गर्न निम्न उपाय अबलम्बन गर्न आवश्यक छ ।
१. पर्यटन विकासमा अल्पकालिन, मध्यकालिन र दीर्घकालिन परियोजनाहरुको माध्यमबाट पर्यटन सम्बन्धी क्रियाकलापहरु संचालन गर्नुपर्दछ ।
२. पर्यटन पवद्र्धनको लागि कच्ची पर्यटन सडकहरुलाई स्तरउन्नती गर्ने र सुविधासम्मपन्न बनाउने ।
३. पर्यटन सुविधाको लागि होम स्टे गाउँ बनेका छन्, तिनिहरुलाई दिगो बनाउने र यस्ता होमस्टे निर्माण कार्यलाई निरन्तरता दिन वजेट विनियोजन गर्ने ।
४. कर्णाली प्रदेशका विभिन्न स्थानमा पर्यटन सुचना केन्द्र स्थापना गरि कर्मचारी व्यवस्थापन गर्नुका साथै पर्यटन बोर्डलाई उर्जाशिल बनाउने ।
५. पर्यटन पूर्वाधारलाई ध्यान दिँदै साइकल मार्ग निर्माण गर्ने
६. पर्यटन क्षेत्रहरुको सम्भाव्यता अध्ययन गर्ने र भइसकेका अध्ययन सामग्रीको संरक्षण गर्ने तथा तिनको योजना बनाई कार्यक्रम तयार गर्ने ।
७. प्रमुख पर्यटकीय स्थल, चाडपर्व, सास्कृतिक रितिरिवाज, नाचगानबारे डकुमेन्ट्री तयार पारी प्रचारप्रसार गर्ने ।
८. पर्यटन क्षेत्रमा असल, अनुसाशित र राम्रो व्यवहार गर्ने कर्मचारीको व्यवस्था गर्ने ।
९. पर्यटन भार वहन गर्ने, क्षमताका आधारमा पर्यटन अनुमती दिने ।
१०. बेला बेलामा भ्रमण बर्ष तोकी अभियान चलाउने । जस्तो रारा भ्रमण बर्ष २०८०, मानसरोवर भ्रमण बर्ष २०८१, शे गुम्बा भ्रमण बर्ष २०८२ इत्यादी ।
११. विमानस्थलबाट टाढा पर्ने विकट जिल्लाहरुमा हेलिप्याड निर्माण गर्ने, पर्यटन पूर्वाधारहरु, पदमार्ग पनि पर्या पर्यटनको हिसावले स्थानीय कच्चा पदार्थ ढुङ्गा, माटो, बाँस प्रयोग गरी बनाउने ।
१२. प्रदेश सरकारले अन्तरनीकाय र स्थानीय नीकायसँग समन्वय र सहजिकरण गरी घुम्न जाउँ जाउँ लाग्ने वातावरण तय गर्ने ।
अन्त्यमा, पर्या पर्यटन वास्तवमा कर्णाली प्रदेशको मात्र नभएर नेपालकै अर्थतन्त्रको मेरुदण्ड हो । यसको समग्र विकासमा सबै क्षेत्रको उत्तिकै ध्यान जान आवश्यक छ । पर्यटन विकासको सकरात्मक क्षेत्रलाई जोड दिई सरकार, नागरिक समाज, नीजि क्षेत्र, र विकासका साझेदार संस्था लगायतका नीकायबिच समन्वय, सहयोग र सहकार्य गरी यसको विकासमा जोड दिनुपर्दछ । कर्णाली प्रदेशमा रहेका पर्यटकीय क्षेत्रहरुलाई अझै मन लोभ्याउने वातावरण तयार गरी पर्यटन विकास गर्न सके देश समृद्ध हुनेमा दुइ मत छैन ।
लेखक रेणुका न्यौपाने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेशमा वन अधिकृत रुपमा कार्यरत हुनुहुन्छ ।