पृष्ठभुमि
जलवायु परिवर्तन एक विश्वव्यापि समस्या हो । यसको प्रभाव संसारभरि नै वढदो रुपमा रहेको छ । विगत केही वर्ष यता वायुमण्डलीय तापक्रममा भएको तिव्रतर वृद्धि र त्यसवाट सिर्जित अतिवृष्टि ,अनावृष्टि , खडेरी जस्ता प्रकोपवाट हिम श्रृंखला, हिमनदी एवं पारिस्थिकिय प्रणालीमा प्रभाव परिरहेको छ भने नेपाल जस्तो बिकासोन्मुख राष्टले््र झनै धेरै असर सामना गर्नुपरेको छ । पृथ्वीमा वार्षिक औसत तापक्रम सन् २००० लाइ पूर्वाधार रेखा मान्दा सन् २०३० सम्म १.२ सेल्सियसका दरले र सन् २०५० सम्म १.७ सेल्सियसका दरले र २१०० सम्म ३ डिग्रीं सेल्सियसका दरले वढने अनुमान गरिएको छ – ( जल तथा मौसम विज्ञान विभाग )
त्यस्तै जलवायु परिवर्तनवाट प्रभावित प्रमुख दश देशको सुचिमा नेपाल परेको छ । – ग्लोवल क्लाइमेट रिस्क इन्डेस्क २०२१ प्रतिवेदन )
नेपालको विकट कर्णाली प्रदेशमा पनि यसको असर परेको छ । कर्णाली प्रदेशमा रहेका हिमाल, पहाड, लेकाली घासे मैदान, वन जंगल लगायत, कृषि भूमि, ताल तलैया, भौतीक वातावरण, जेविक वातावरण, पर्यटन, वसोवास र मानव स्वास्थ लगायत जीवीकोपार्जनमा नकारात्मक असर परेको छ ।
स्थिर रहनु पर्ने जलबायुका सुचकाकंहरु (तापक्रम,हावा, पानी,आद्रता आदि) मा लामो समय पछि औसत मौसमी अवस्थामा भएको उल्लेखनीय परिवर्तन लाई नै जलबायु परिवर्तन भनिन्छ । तापक्रम, बर्षा, समुद्री सतह वृद्धि, बढ्दो रोग किराको आक्रमण र प्रकोपजन्य घटनाको वृद्धि, हिउँ पर्ने बढी उचाइका स्थानहरूमा अहिले पानी पर्न थाल्नु, मुसलधारे र भारी वर्षाका घटनाहरू बढ्नु, बाढी वा लामो खडेरी पर्नु, ठण्डा दिन र रातहरू कम हँुदै जानु, पानी पर्ने समय र अवधिमा परिवर्तन आउनु, हिमनदी र हिमाली क्षेत्रहरूबाट हिउँ पग्लँदै जानु र हिमतालहरू बढेर अकस्मात् फुट्ने तथा विष्फोट हुनु आदि जलवायु परिवर्तनका सूचकहरू हुन् ।
हामी र हाम्रै कारणवाट जलबायु परिवर्तनका असरहरु भइरहेका छन् जस्तो घर र काममा उर्जाको खपतबाट पारवहन साधन तथा यात्रा, खानेकुरा तथा पानी, हामीले उपयोग गर्ने सुविधाका वस्तुहरु हामीले उत्पादन गर्ने जैविक तथा अजैविक फोहरहरु घर, भवन तथा बाटाघाटोहरु जलवायु परिवर्तनमा जिम्मेवार छन् ।
मानव सृजित हरितगृह ग्यासहरु को अधिक रुपमा उत्सर्जन भइ पृथ्वीको सतहि तथा वायुमण्डलिय तापक्रम वढने प्रक्रियाको कारणले गर्दा जलवायु परिवर्तन हुन्छ । मूख्य हरित गृह ग्यासमा कार्वन डाइअक्साइड , नाइट्रस अक्साइड, हाइड्रोफ्लोरोकार्वन परफ्लोरोकार्वन, सल्फर हेक्जाफ्लोराइड Nitrogen trifluoride ( क्योटो प्रोटोकल (सन १९९७) को अनुसूची १
- हरितगृह ग्यास वृद्धि हुनाका कारणहरू
खनिज ऊर्जामा आधारित बढ्दो औद्योगीकरण । यातायतका साधनको अत्यधिक उत्पादन र प्रयोग जैविक इन्धनको अत्यधिक प्रयोग कृषि क्षेत्रको आधुनिकीकरण, (धान बाली, विषादी तथा रासायनिक मलको प्रयोग) भू–उपयोग प्रणालीमा व्यापक परिवर्तन, शहरीकरण, फ्रिज, एयरकन्डिसनर आदि जस्ता बढी इन्धन खपत गर्ने यन्त्र, मेसिन वा वस्तुहरूको बढ्दो प्रयोग आदिका कारणले हरितगृह ग्यास वृद्धि भइरहेको छ ।
जलवायु परिवर्तनका प्रभावहरु
जलवायु परिवर्तनका कारण अहिले विश्वमा नै प्रभाव परिरहेको सन्र्दभमा नेपालका विभिन्न क्षेत्रहरूमा जलवायु परिवर्तनका प्रभावहरू परेका छन् ।
१ कृषिमा प्रभाव
पानी, माटोमा ओशको मात्रा, परागसेचन क्रिया, माटोको तापक्रम जस्ता आधार तत्वमा आएको परिवर्तनका कारण कृषि उत्पादकत्वमा कमी हुनाको साथै वर्षाको प्राकृतिक चक्रमा परिवर्तन हुँदा परम्परागत बालीे चक्रको सन्तुलनमा खलल पुगेको छ भने बाह्य प्रजातिका मिचुवा झारको प्रकोप वढदो छ ।
२ भौतिक र जैविक वातावरणमा प्रभाव
भौतिक र जैविक वातावरणमा प्रभाव परेको छ । हिमनदीहरु सुुक्न थालेका छन् हिमभण्डार टुक्रिदै खुम्चीदै छन् । हिउद पछिका महिनाहरुमा सामान्य भन्दा ठण्डा र वढी हिमपात र असिना वर्षा हुने गरेको छ ।
३ वनस्पतीहरु छिटो फुल्ने र वढने पक्रिया
वनस्पतीहरु छिटो फुल्ने र वढने पक्रृया देखिएको छ । होचो ठाउमा पाइने जीव, बनस्पती र किट प्रजातिहरु अग्लो ठाउंतिर फैलिदो छन् बाढी र खडेरीका कारण साधन स्रोत कम भएका कारण, सामना गर्ने साधन स्रोतको कमीका कारण जीवनस्तरमा गम्भिर धक्का परेको छ ।
४ मानव स्वास्थमा चौतर्फी असर..
गर्मीबाट हुने मृत्युदरमा बृद्धि, मलेरिया, पानीबाट उत्पन्न हुने र सरुवा रोगको प्रकोप बढ्ने ,टाउको दुख्ने, वाकवाकि लाग्ने जस्ता रोगहरु वढने शतप्रदेशिय क्षेत्रमा ठण्डीबाट हुने मृत्यु दरमा कमी हुने समस्या छ ।
५ पानीका ससाना स्रोतहरु, पानीको मूल, कुवा, इनार सुक्ने खतरा वढीरहेको छ ।
६ सिमसार क्षेत्रमा प्रभाव परेको छ । विभिन्न प्रजातीका जीवजन्तु तथा वनस्पतिलाइ वासस्थान प्रदान गनैृ सिमसार को अस्तित्व संकटमा परेको छ ।
७ वन पारस्थितिकिय प्रणालीमा प्रभाव परेको छ जलवायु परिवर्तनका कारणले वनस्पति र जीवजन्तु जैविक र अजैविक तत्वहरुविच संकट परेको छ ।
८ माटोले बनेका परम्परागत घरहरु छिटो खिइन थाले मनसुनी वर्षा घनघोर हुने र बाढीपहिरो अझ बढ्ने पहाडमा भुक्षय अझ बढ्ने ।
९ बाह्य प्रजातिका मिचुवा झारको प्रकोपले वाली नालीमा उत्पादनक्षमता घटदै गइरहेको छ ।
जलवायु परिवर्तनका दुई रणनीतिहरु
जलवायु परिवर्तनका असर तथा प्रभावहरुलाई कम गर्नका लागि विश्वले मुख्यतया दुई रणनीतिहरु लिएको छ । ति हुन्, न्यूनीकरण र अनुकुलन । यस अन्तगर्त क्षमता अभिवृद्धि प्रविधि विकास नियमित वार्ता, छलफल समेत समेटिन्छ ।
अनुकूलन
परिवर्तित वातावरणमा आफनो अस्तित्वलाई निरन्तरता दिन गरिने प्रक्रिया नै अनुकूलन हो ।मानव सन्दर्भमा यस अन्तर्गत परिवर्तित वातावरण अनुकूल हुने कृयाकलापहरु (जीविकोपार्जन र विकासको प्रकृया) पर्दछन् । यस अन्तर्गत आफूलाई परिवर्तित वातावरण अनुकूल बनाउने वा सो अनुकूल हुन आवश्यक प्रविधि र श्रोत साधनको विकास पर्दछन् । पूर्व तयारी गरेर वर्तमान र भविष्यमा हुन सक्ने जोखिम र क्षतिहरुलाई प्रभावकारी तरिकाले न्यून गर्ने प्रक्रिया पर्दछ । समस्यासंग जुध्नको लागि सजग र सक्षम बनाउने ।
जलवायु अनुकुलन - जलवायु परिवर्तनले ल्याएका असरहरुलाई कम गर्न परिवर्तित वातावरण र जलवायु अनुसार आफ्नो जीवनयापनमा फेरबदल ल्याउने कार्य
- जलवायु परिवर्तनबाट सिर्र्जित असरहरुबाट जोगिनका लागि समुदायले गर्ने विभिन्न क्रियाकलापहरु
खाली ठाउँमा वृक्षारोपन ,नदी किनारामा तटबन्ध निर्माण , वकैल्पीक उर्जाको प्रयोग खेतीवाली गर्ने तरिकामा परिवर्तन गर्नु कुवा तथा इनारको निर्माण सिंचाइको व्यवस्था आकाशे पानी संकलन आदि पर्दछन् ।
अनुकूलनका उपायहरु
- जोखिमपूर्ण अवस्थामा रहेका क्षेत्र र समुदायको पहिचान र प्राथमिकिकरण गरी अनुकुलन योजना तयार गर्ने र सो को कार्यान्वयन गर्ने ।
- बैकल्पिक जीबिकोपार्जनका उपायहरुको खोजी गर्ने ।
- जनचेतना अभिबृद्धि र प्रकोप पूर्व तयारी जस्तैः पूर्व सूचना गर्ने ।
- बाली लगाउने ढाँचामा परिवर्तन गर्ने तथा परिवर्तित जलवायुसँग प्रतिरोध गर्न सक्ने प्रजातिको (जस्तै सुख्खा सहने प्रजाति) बिकास गर्ने ।
- बिमा, आकस्मिक तथा अनुकुलन कोषको व्यवस्था गर्ने ।
- परिवर्तित जलवायुमा अनुकुलतापूर्वक बाँच्नका लागि स्थानिय व्यक्तिहरुले गरेका कार्यहरुको पहिचान गरी त्यस्को बिकास तथा आदान प्रदान गर्ने ।
- बिभिन्न प्रबिधिको बिकास तथा बिस्तार जस्तै: आकाशे पानी संकलन, बायो इन्जिनियरिंग, ईनार आदि ।
- आलुलाई उकेरा लगाउने तरिका टांडमा नर्सरी घर बगैचा ब्यवस्थापन : जैविक विविधता संरक्षण एवं खाद्य सुरक्षा भिरालो जमिन सुधार कार्यक्रम : माटो तथा पानी ब्यवस्थापन बोरामा खेती गर्ने प्रविधि ,माछा पोखरी उदाहरणहरु हुन् ।
जलवायु परिवर्तनको असर न्युन गर्ने उपायहरु
वन मार्फत जलवायु परिवर्तन अनुकूलन उन्मुख वस्तु तथा सेवाहरु
- खाद्यान्नको वैकल्पिक स्रोतहरू (कन्दमूल, तरुल, विभिन्न किसिमका झारपात, फल, बीउ आदि)
- काष्ठ तथा गैरकाष्ठ वन पैदावारको उत्पादन र ग्रामीण जीविकोपार्जनमा टेवा
- पानीको स्रोतको गुण तथा परिमाणमा सुधार
- घरपालुवासहित जङ्गली जीवजन्तुलाई आपत्कालीन अवस्थामा आश्रय तथा खाद्यान्न÷घाँस आदि
- विभिन्न किसिमका पारिस्थितिकीय सेवाहरू प्रदान गरी प्रतिकूल अवस्थामा बाँच्न र जीवन निर्वाह गर्न सक्षम बनाउने
कृषि मार्फत जलवायु परिवर्तन अनुकूलन उन्मुख वस्तु तथा सेवाहरु
- जिरो तिलेज विधि
- वर्षतको पानी संकलन गरी सामुहिक सिचाइ पोखरी
- भकारो सुधार
- करेसा वारी निर्माण
- तरकारी खेतीमा थामका प्रयोग केराको थामवाट थाल निर्माण , केरको थामवाट रेशा तयारी
- कौशी खेती
उद्योग, पर्यटन ,वन तथा वातावरण मन्त्रालयले चाल्नु पर्ने कदमहरु
नेपालमा २०७२ सालमा सघीयं लोकतान्त्रिक गणतन्त्रको व्यवस्था भएपछि संविधान वमोजिम सघीय, प्रदेश तथा स्थानिय तहका स्थापना भयो र जलवायु परिवर्तन सन्दर्भमा योजना तर्जुमा र कार्यान्वयन गर्नका लागि सघिंय, प्रदेश तथा स्थानिय तहका सम्वन्धित सरोकारवालाहरु विच सस्थागत परिधि तथा जिम्मेवारी निर्धारण मुख्य निकायको रुपमा केन्द्रमा वन तथा वातावरण मन्त्रालय र प्रदेश स्तरमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलको स्थापना भयो । कर्णाली प्रदेशमा २०७४ फागुन ३ गते उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलको स्थापना भएको हो । जलवायु अनुकुलन योजना कार्यान्वयन लगायत राष्ट्यि र अन्तराष्टिय प्रतिवद्धता पुरा गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलले निम्न भुमिका निभाउनु पर्दछ ।
१ कानुनको कार्यान्वयन
हामीसँग वन, वातावरण र जलवायुसगं सम्वन्धित थुप्रै कानुनह्रु छन् जस्तो , वन ए्ेन २०७६ तथा नियमावली २०७९, वन नीती २०७५, रेडप्लस नीती २०७६, जलवायु नीती २०७६, जलवाय परिवर्तन न्युनीकरण राष्ट्रिय कार्यान्वयन ( २०८० देखि ८७ ), जलवायु परिवर्तन सम्वन्धि लैगिक तथा सामाजिक समावेशीकरण रणनीती तथा कार्ययोजना २०७७ देखि ८७, कर्णाली प्रदेश स्तरीय कर्णाली प्रदेश वन ऐन २०७८ तथा नियमावली २०८०, वातावरण संरक्षण ऐन तथा नियमावली २०७७, कर्णाली प्रदेश पर्यटन गुरुयोजना २०७७÷७८ देखि ०८६÷८७, Adaptation plan Karnali वन, वातावरण सगं सम्वन्धित कार्यविधि आदि । सरकारका प्राथमिकतामा परेका नीती तथा कार्यक्रमको कार्यविधि अनुसार कार्यन्वयन गर्नुपर्दछ ।
२ सस्थागत विकास
कर्णाली प्रदेश भुगोलको हिसावले दुर्गम छ । यद्यपि जलवायु परिवर्तनका क्षेत्रमा हाल वन तथा वातावरण मन्त्रालय प्रमुख सघीय निकाय रहेको छ भने प्रदेश स्तरमा उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्रालय रहेको छ । प्रदेश स्तरमा विज्ञान,वातावारण तथा जलवायु परिवर्तन महाशाखा रहेको ,साथै जलवायु परिवर्तन तथा जलवायु वित्त शाखा रहेको छ ।
प्रदेश स्तरमा सवै मन्त्रालयमा जलवायु फोकल व्यक्ति तोकिएको छ । डिभिजन वन कार्यालय र सव डिभिजन वनकार्यालय मा जलवायु फोकल व्यक्ति पनि तोकिएको छ । जिल्ला प्रशाशन कार्यालय प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला स्तरमा र स्थानिय तहमा विपद व्यवस्थापन सस्थागत रुपमा रहेका ,गाउ पालिका नगरपालिका स्तरीय वातावरण तथा विपद व्यवस्थापन शाखा समेत सस्थागत रुपमा काम गर्दे आएका छन् । जलवायु परिवर्तनका क्षेत्रमा काम गर्नै विभिन्न निजी सघं सस्था, नागरिक समाज, सरकारी एवं गैह सरकारी सस्थाहरु लाई एकिकृत रुपमा समन्वय गरी ज्यष्कितष्अ ब्उउचयबअज साझा सवैले आ. आफनो तह र तप्कावाट काम गरी सस्थागत विकास उचो राख्नुपर्दछ ।
३ वजेट तथा कार्यक्रम
उद्योग, पर्यटन ,वन तथा वातावरण मन्त्रालयले आफुले गर्ने अल्पकालिन कार्यहरु ,मध्यकालिन र दीर्घकालिन कार्यहरुको योजना र वजेट तयार गर्नुपर्दछ । – वन सगं सम्वन्धित , वातावरण सगंसम्वन्धित, पर्यटन सम्वन्धितर उद्योग सम्वन्धित )
जस्तो, वन सगं सम्वन्धित र वन संरक्षणका कार्यहरु, दिगोवन व्यवस्थापनका कार्यहरु, वृक्षारोपण कार्य, अध्ययन अनुसन्धानका कार्यहरुको योजना वनाउने त्यस्तै भुसंरक्षण सगं सम्वन्धित खोला किनारा संरक्षण कार्यक्रम, पहिरो नियन्त्रण, पानी मूहान संरक्षण,सिचाइ कुलो निर्माण, हरियाली प्रर्वद्धन कार्यकम , त्यस्तै पर्यटन सगं सम्वन्धितपर्यटन पूर्वाधारका कार्यहरु, मन्दिर निर्माण ,धाम निर्माण पर्यटन प्रवद्र्धनका लागि प्रकृतिमैत्री कच्ची सडक निर्माण गर्ने, मर्मत गर्ने, पर्यटन सुधारको लागि होमस्टे वनाउने , पर्यटन सूचना केन्द्र् स्थापना गर्नै, विभिन्न पर्यटकीय स्थानमा साइकल मार्ग ट्रेकिङ् रुटहरु निर्माण गर्ने । पर्यटन क्षेत्रहरुको सम्भव्यता अध्ययन गनै र भइसकेका अध्ययन सामाग्री संरक्षण गर्नै तथा योजना वनाई कार्यक्म कार्यन्वयन गर्ने ।
उद्योग सगं सम्वन्धित साना, मझौला र ठूला उद्योगहरुको स्थापना र रुग्न उद्योगहरुलाई अनुदान व्यवस्थापन गरी रोजगारी प्रर्वद्धन गर्ने । सीप ज्ञान हस्तान्तरण गरी उद्यमीलाई व्यवसायी वनाउने ।
४ योजना बैंक
माथि उललेखित उद्योग, पर्यटन, वन तथा वातावरण सगं सम्वन्धित प्रत्येक शिर्षकमा योजना वनाउने र प्राथमिकिकरण गर्ने र कार्यान्वयन गर्ने र माग र जनभावनाको आधारमा मात्र योजना वैक वनाउने कार्यान्वयन गर्ने र राजनैतिक आडमा योजना समावेश नगर्ने ।
५ कर्मचारी व्यवस्थापन
राज्यका नीती नियम र कार्यक्रमहरुलाई कार्यन्वयन गर्न उच्च नैतिकवान, राष्टप्रति वफादार रहि काम गर्नै दरवन्दी वमोजिम सवै सेवा र समूहका कर्मचारी व्यवस्थापन गर्नुपर्दर्छ कामको आधारमा पुरस्कार दण्ड सजायको भागिदार पनि वनाउनु पर्नै देखिन्छ ।
६ अनुगमण र मूल्याकंन अनुगमण र मूल्याकंने निरन्तर चल्ने प्रक्रिया होे एबिललष्लन उजबकभ , Implementing phase, Output phase, नै विकासे योजनाहरुको अनुगमण गर्नुपर्दछ । यसमा स्व मुल्याकन पनि आवश्यक छ । मूल्याकंनको दाहेरालाई फराकिलो वनउने, जनगुनासो सम्वन्धित , मन्त्रालय , कार्यलय वा सार्वजनिक ठाउमा राख्न पाउने व्यवस्था गर्ने, सरोकारवाला प्रत्येक व्यक्ति वा सस्थासगं स्वस्थ सुझाव सहितको आलोचनाको माग गर्ने र त्यसलाई तत्काल वा केही समय पछि समस्याको आधारमा सम्वोधन गर्नुपर्दछ ।
७ जलवायु उथानशील समाजको निर्माण प्रदेशभरी नै वन तथा वातावरणका माध्यामवाट जलवायु परिवर्तनले पारेका प्रभावहरुलाई अनुकुलन र न्युनीकरण गर्न अभियान नै चलाउनु पर्दछ । प्रत्यक्ष रुपमा प्रभावित समुदायहरुमा शुसासन, लाभको न्यायोचित वाडफाडं र राहतको अनुभव गराउनुपर्दछ । जलवायु अनुकुलित गाउं (Climate Smart Village) वनाउने र र्फामहरु निर्माण गर्ने ।
८ जलवायु परिवर्तन न्युनीकरण तथा अनुकुलन राष्ट्रिय कार्यान्वयन योजना जलवायु परिवर्तन न्युनीकरण तथा अनुकुलन राष्ट्रिय कार्यान्वयन योजना (२०८०÷२०८७ ) प्रभावकारी कार्यान्वयन गर्ने । साथै स्थानिय अनुकुलन कार्ययोजनाह्रु Local Level adaptation plan या Action तयार गर्ने र लागु गर्ने । कर्णाली प्रदेशमा ३८ वटा कानुन वनिसकेको रेर्कड छ ।
९ अनुसन्धान र विकास विश्व व्यापि रुपमा चुनौतीको रुपमा रहेको जलवायु परिवर्तनसगं सम्वन्धित खोज तथा अनुसन्धानहरुलाइृ डकुमेन्टेसन गरी त्यसवाट प्राप्त भएका ज्ञान, सीप र सिफारिशहरुलाइ क्रमश वाषिैक नीती तथा कार्यक्रम समावेश गर्नै र Innovative Research Center को रुपमा विकास गर्नुपर्दछ र हालसम्म भएसकेका र भइरहेका क्रियाकलापहरुलाइ मिडियाले Video documentary र व्यापक प्रचार प्रसार गर्नुपर्दछ ।
१० उद्योग र पर्यटनको विकास
जलवायुजन्य विपदवाट प्रभावित जलवायु सकंटासन्न जनता, तिनको जीवकिोपार्जन सुधारको लागि साना तथा मझौैला उद्योगहरु स्थानीय स्तरमा नै स्थापना गर्नूुपर्दछ । काठ, दाउरामा, जडिवुटीमा आधारित, रेशाजन्य तथा अल्लो उद्योगहरु, छाला तथा जुत्ता, आयुर्वेदिक विषयमा सामुदायद्धारा वा कम्पनि, सहकारी, व्यक्तिालाई प्रोत्साहन गरी अनुदान समेत व्यवस्था गरी उद्योगहरुको स्थापना गर्नुपर्दछ । भइरहेको जीर्ण उद्योगलाई मर्मत गरी सञ्चालनमा ल्याउनु पर्दछ । ग्रीन Enterpries लाइ प्रोत्साहन गर्ने । आयमूलक फलफुल खेती –एभोकाडो , ओखर , स्याउ ,केरा , सुन्तला ,किवि रोपनमा व्यापक लगानी गर्नु पर्दछ । पर्यापर्यटनको माध्यामवाट जलवायु सकंटासन्न समुदायहरुको जीवीकोपार्जनमा सुधार ल्याउनु पर्दछ । साहसिक पर्यटन, धार्मिेक पर्यटन र जलपर्यटन जस्ता, टे«किग जस्ता क्षेत्रमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले लगानी गर्नुपर्दछ ।
११ लैगिक तथा समावेशी वनाउने
जलवायु परिवर्तनका क्रियाकलापहरुलाइ लैगिक तथा समावेशी वनाउने, महिलाहरुलाइ आत्मनिर्भर वनाउने, जलवायु अनुकुलन सम्वन्धी क्रियाकलापहरुको कार्यान्वयनको लागि आवश्यक क्षमता विकास गराउने । निर्णय प्रक्रियामा, वित्तीय स्रोतमामा पहुच पुरयाउनु पर्दछ । लैगिक उत्तरदायि वजेटको समेत व्यवस्थापन गर्नुपर्दछ ।
१२ सहयोग र समन्वय . जलवायु परिवर्तनका कार्यक्रमहरुलाई तीनै तहको सरकारवाट कार्यन्वयन भइरहेको । प्रदेश मन्त्रालय भएकोले सघीय सरकार सग. र स्थानिय सरकारसगं सहयोग र समन्वय गर्नुपर्दछ । कर्णाली प्रदेशमा जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने सघ सस्था, वातावरण समाज, सामुदायिक वन उपभोक्ता समूह, नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम, जल जगल परियोजन जस्ता ल्न्इर क्ष्ल्न्इ लाई समन्वय र सहकार्य गरी नेपाल जलवायु परिवर्तन सगं सम्वन्धि महासन्धी , क्योटो अभिसन्धि तथा पेरिस सम्झौता हरितगुह ग्यासको उत्सर्जनको परिमाण न्युन गर्ने र अनुकुलनका लक्ष्यहरु पुरा गर्ने, 200 climate smart village and 500 Climate Smart Farm establish, Gender-responsive climate-smart technologies and practices साथै जलवायु परिवर्तन सम्वन्धि पाठयक्रम माध्यामिक शिक्षामा समावेश गर्ने राष्ट्यि निर्धारित योगदान (NDC))को क्रियाकलापहरुलाइ लागु गर्ने, Loss and Damage योजना लागु गर्न सहजिकरण र सहकार्य गर्नुपर्दछ ।
लेखक रेणुका न्यौपाने कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा वन अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।