सुर्खेत । नीजि क्षेत्रलाई प्राथमिकता तथा बैंकिङ सहजता बनाउने गरी मौद्रिक नीति ल्याउन निजी क्षेत्रले माग गरेका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज राष्ट्र बैंकले गरेको छलफल कार्यक्रममा सहभागि भएका नीजि क्षेत्रका पदाधीकारीहरुले नीजि क्षेत्र अहिले धरासायी अवस्थामा रहेको भन्दै यस्तो माग गरेका हुन्
निजी क्षेत्रले पछिल्लो समय भोगिरहेको बैंकिङ तरलता, बैकिङ कर्जामा सहुलियत, कृषि, पर्यटन र उत्पादन वृद्धि गर्नेगरी मौद्रिक नीति ल्याउनुपर्नेमा उनिहरुको जोड छ ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका कर्णाली प्रदेश अध्यक्ष पदम बहादुर शाहीले नीजि क्षेत्र अहिले धरासायी अवस्थामा पुगेको बताउँदै कर्जा लिएर व्यवसाय गर्नेभन्दा पनि कर्जा चुक्ता गर्न केन्द्रीत भएको बताउनुभयो ।
कति घरबारबिहिन बन्न पुगेको भन्दै अर्थतन्त्रलाई चलयमान बनाउनेगरी आगामी बर्षको मौद्रिक नीति ल्याउनुपर्ने सुझाव दिनुभयो ।
आफुहरुले ८ प्रतिशत व्याजमा बैंकबाट ऋण लिएको भएपनि त्यसलाई बढाएर १७ प्रतिशतसम्म पुर्याएको बताउँदै कोभिड लगायतका कारणले गर्दा धेरै व्यवसायी विस्थापित हुन पुगेको उल्लेख गर्नुभयो ।
उहाले अब आउने मौद्रिक नीतिमार्फत कर्णालीमा लगानी गर्ने वातावरण सिर्जना हुनेगरी आउनुपर्ने उृहाको सुझाव छ । “कृषि, पर्यटन र जलविद्युत क्षेत्रमा लगानी गर्ने वातावरण सिर्जना हुनेगरी मौन्द्रीक नीति ल्याइयोस्, उहाले भन्नुभयो, नीजि क्षेत्रलाई सहज रुपमा लगानी गर्नको लागि बैंकिङ प्रणालीमा रहेको तरलता सहज होस् ।”
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेलले कोरोनाका कारण थिलो थिलो भएको नीजि क्षेत्रलाई बैंकबाट लिइएको कर्जाको व्याज बुझाउन नसक्ने अवस्था आएको भन्दै अर्थतन्त्रमा सुधार आएपनि अहिले पनि चलयमान हुन नसकेको बताउनुभयो ।
कोरोनाले थिलोथिलो भएको व्यापार व्यवसाय पछिल्लो समय बैंकको व्याज तिर्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो । “८ प्रतिशत व्याजमा बैंकबाट लिइएको कर्जाको व्याज १५ प्रतिशत किन पुग्यो ? म बैंकरहरुलाई दोष दिन चाहन्न, राष्ट्र बैंकलाई पनि दोष दिन्न यो सरकारको गलत नीतिका कारण नीजि क्षेत्र मारमा परेका हुन्, उहाले भन्नुभयो ।”
उहाले बैंकिङ कर्जा अनुत्पादन क्षेत्रमा बढी गएको देखिएकाले त्यसलाई नियन्त्रण गर्नेगरी आगामी मौद्रिक नीति आउनुपर्ने सुझाव दिनुभयो ।
सुर्खेत चेम्बर अफ कमर्सका अध्यक्ष चिन्तामणी शर्माले पनि कर्णालीमा लगानी गर्ने वातावरण बन्नेगरी कर्जा नीति ल्याइनुपर्ने भन्दै त्यसो नगरिए धेरै व्यवसायी पलायन हुने बताउनुभयो ।
लघु उद्यमी महासंका विभिन्न पदाधीकारीहरुले पनि अर्थतन्त्रलाई चलयमान गराउनेगरी मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताउँदै उत्पादनमुखि क्रियाकलाप नभएसम्म समृद्धी हासिल हुन नसक्ने बताएका छन् ।
उनिहरुले ठुला घर र जग्गा हुनेहरुले श्रम नगर्ने भन्दै श्रम गर्नेहरुले कर्जा नपाउने समस्या हटाउनुपर्ने माग उनिहरुको छ ।
यता, कर्णाली प्रदेश प्राकृतिक श्रोतको खानी रहेको भन्दै यही क्षेत्रमा लगानी बढाएर अर्थतन्त्र चलायमान गराउनुपर्नेमा जोड दिनुभएको छ ।
उहाले यस विषयमा प्रदेश सरकारलाई पनि योजना ल्याउन प्रदेश सरकारले आफुले सुझाव दिएको बताउनुभयो ।
अर्थतन्त्रमा केही सिथिलता कायम भएपनि सबै सुचकहरु सकरात्मक र पुरानै लयमा फर्किएको बताउनुभयो ।
उहाले अर्थतन्त्रलाई चलयमान गराउनको लागि ठुला आयोजनाहरुको संचालन र उत्पादनमुखि लगानी आवश्यक रहेको भन्दै मौद्रिक नीति त्यही अनुसार ल्याइने जानकारी गराउनुभयो ।
पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुबाट ऋण लिनेहरुले देशको सिस्टम नै ध्वस्त बनाउनेगरी लागेको भन्दै यसो हुनु गलत भएको बताउनुभयो ।
“बैंक तथा वित्तिय संस्थाबाट ऋण लिने पनि पिडीत हुन्छ, गर्भनर अधिकारीले भन्नुभयो, यो सरासर राजनितिक फाइदाका लागि सिस्टममाथी प्रहार गर्न खोजिएको हो ।”
लघुवित्तिय संस्थाहरुको योगदान धेरै रहेको भन्दै महिलाहरुलाई आत्मनिर्भर बनाउने कामको शुरुवात लघुवित्तबाट भएको उहाको भनाई छ ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक किरण पण्डित, राष्ट्र बैंकका सुर्खेत शाखा प्रमुख बाबुराम कोइराला, कृषि विकास बैंक कर्णाली प्रदेश प्रमुख डाक्टर सुजन टनडन लगायत बैंकरहरुको सहभागिता रहेको थियो ।
अर्थतन्त्रलाई चलयमान गराउनेगरी मौद्रिक नीति ल्याउन माग
अर्थतन्त्रलाई चलयमान गराउनेगरी मौद्रिक नीति ल्याउन माग

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु