सुर्खेत । सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० नयाँ गाउँका कमला चौधरीले कृषि पेशा गर्नुहुन्छ । विशेषगरी उहाले धान खेती गर्दै आउनुभएको छ । २० कठ्ठामा धान खेती गर्नुहुन्छ । परम्परागत रुपमा धान खेती गर्दै आउनुभएका कमलाको परिवारलाई धान उत्पादनले बर्षभरी खान समेत पुग्दैन्थ्यो । उन्नत जातको धानको बिऊ, मल तथा आधुनिक सीपको अभाव थियो । नत समयमा मल पाउनुहुन्थ्यो नत बिऊ नै । अर्कोतर्फ मलको प्रयोग कसरी गर्ने भन्ने समेत थाहा नहुँदा उहाले भनेअनुसारको आम्दानी गर्न सक्नुभएको थिएन । “निर्वाहमुखी खेती गर्दै आउनुभएका कमलाले अहिले धान उत्पादन दोब्बरले वृद्धि गर्न थाल्नुभएको छ । हामीले समयमै मल पनि पाउथेनौँ, धानबाली कसरी लगाउने, कुन समयमा गोड्ने, मल कतिबेला हाल्ने खासै ज्ञान पनि थिएन उहाले भन्नुभयो,” “अहिले भने समयमै मल पनि पाउन थाल्यौ, अनि कृषि सम्बन्धिका विभिन्न तालिमले धान खेती गर्ने तरिका पनि थाहा भएपछि उत्पादन दोब्बरले वृद्धि हुन थालेको छ ।”
कमलाजस्तै किसानलाई सबैभन्दा समस्या मलको हुने गरेको थियो । खेती गर्ने समयमा मलको अभावले गर्दा आजित किसानहरुले अहिले भने समयमै मल पाएको बताउछन् ।
वीरेन्द्रनगर १० कै सुकमायाँ चौधरीको परिवारले पनि ३० कट्टा जमिनमा धान खेती गर्ने गरेको छ । विगतमा राम्रो धान उत्पादन नहुने उहाको परिवारले अहिले भने घरमा पुगेर पनि बार्षिक ३ लाखसम्मको धान विक्रि गर्ने गरेको छ ।
सहकारी मार्फत मल, बिऊ तथा धान खेती गर्ने तरिका थाहा पाउन थालेपछि आफुहरुले उत्पादनमा वृद्धि गरेको सुकमाया बताउनुहुन्छ । “पहिले धान खेती खेत पनि त्यही हो, पहिले घरमा मात्रै खान पुग्थ्यो, अहिले घरमा प्रयोग गरेर पनि बेच्न थालेका छौँ, सुकमायाले भन्नुभयो, हामीले समयमै मल बिऊ पाउन थालेका छौँ भने खेती गर्ने तरिका पनि सिक्न पाएका छौँ,”
सुकमायाले आफ्नो खेतमा एक सय मुरीभन्दा धेरै धान फलेको सुनाउनुभयो । नेपाल सरकारसँगै युएसएआडीको एनसाफ परियोजनाले सुर्खेतका विभिन्न कृषि सहकारीबाट समयमै मल उपलब्धसँगै विभिन्न तालिमहरु दिन शुरु गरेपछि सुर्खेतका कृषहरुको उत्पादनमा वृद्धि हुन थालेको हो ।
यही परियोजना मार्फत समयमै मल बिऊसँगै विभिन्न कृषि सम्बन्धिका तालिमहरु लिएपछि पराम्परागत रुपमा धान खेती गर्ने किसानहरु अहिले आधुनिक तरिकाले खेती गर्न समेत थालेका छन् । वीरेन्द्रनगर १० का अर्का किसान बालकृष्ण थारु भन्नुहुन्छ, “पहिले एक हल गोरु पाल्थ्यौ, त्यसकै मल धानखेतीमा हाल्थ्यौ, अनि गोरुले जोतेर खेती गथ्र्यौ, तर अहिले भने कृषि सम्बन्धि तालिम पनि पाएका छौँ । सँगै आधाुनिक प्रविधिको बढेपछि काम पनि छिटो हुन्छ भने उत्पादन पनि बढेको छ,”
परियोजनाको सहयोगपछि यो बर्षदेखि किसानहरुले समयमै मल पाएका छन् । विभिन्न सहकारीहरुको सहजिकरणमा किसानलाई समयमै मल वितरण गरिएपछि उत्पादन अझै बढ्ने अपेक्षा गरिएको छ । मल वितरणमा सहजिकरण गरिरहेको वीरेन्द्रनगरमा रहेको जनचेतना कृषि सहकारी संस्थाका कृषि प्राविधिक शिव अधिकारीले किसानहरुले मलखाद समयमै पाएको बताउनुहुन्छ । त्यती मात्रै नभएर किसानलाई मलको प्रयोग लगायत खेती गर्ने तरिका सिकाइएपछि अहिले कृषि पेशा आधुनिकतातर्फ जान थालेको र उत्पादन पनि बढेको उहाको भनाई छ ।
“विगतमा निर्वाहमुखि खेती गर्नुुपर्ने अवस्था थियो, मल पनि समयमै पाउन समस्या थियो अहिले सरकार र साझेदार संस्थाबाट मल समयमै पुर्याउन थालिएको छ, जसले गर्दा किसानहरुले उत्पादनमा वृद्धि गरिरहनुभएको छ,”
किसानहरुले समयमै मल नपाउने, बिचौलियाको हातमा पर्दा मल चुहाउट हुने समस्या पनि अन्त्य भएको अधिकारीको दाबी छ ।
सुर्खेतकै वराहाताल गाउँपालिकामा रहेको महिला साना किसान सहकारीले पनि मल परियोजनाको सहयोगमा मल वितरण सहजिकरण गर्दै आएको छ ।
यो बर्ष मल समयमै किसानले पाएपछि उत्पादनमा पनि वृद्धी हुने सहकारीका कृषि प्राविधिक निशा गुरुङ्ग बताउनुहुन्छ । किसानहरुले मल यो बर्ष समयमै पाउनुभएको छ, गत बर्षहरुमा मलको लागि धेरै समस्या भोग्ने किसानहरुले अहिले सहजताका महसुस गर्नुभएको छ । सहकारी मार्फत हामीले किसानहरुको घरघर समयमै मल पुर्याएका छौँ । यो बर्ष गतबर्षभन्दा धान उत्पादन बढ्ने हाम्रो अपेक्षा छ ।
उहाले किसानहरुलाई प्राविधिक ज्ञान समेत दिने गरिएको भन्दै आगामी दिनमा सरकारले अझै कृषिमैत्री नीति ल्याउनुपर्ने उहाको सुझाव छ ।
कर्णालीको जम्मा खेतीयोग्य जमिनमध्य ४१ हजार ९ सय ४ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको सरकारी तथ्याङ्क छ । जस अन्तरग तगत बर्ष कर्णालीमा १ लाख ४५ हजार ६३ मेट्रिक टन धान उत्पादन भएको कर्णालीको भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क छ ।
सरकारले पनि कृषि क्षेत्रलाई प्राथमिकता दिएर कार्यक्रम ल्याएर कार्यान्वयनमा ल्याइएको बताएको छ ।
कर्णाली प्रदेश भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कर्णालीलाई कृषिमा आत्मनिर्भर बनाउनेगरी योजना बनाइएको बताएको छ ।
कर्णालीका १० जिल्लामध्य ७ जिल्ला भने खाद्यन्न र कृषिमा आत्मनिर्भ बन्न सकेका छैनन् ।
समयमै मल पाउँदा किसानहरु खुशी, धान उत्पादन पनि वृद्धि हुँदै
समयमै मल पाउँदा किसानहरु खुशी, धान उत्पादन पनि वृद्धि हुँदै

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु