सुर्खेत । कर्णाली प्रदेशमा गत एक वर्षको अवधिमा करिब चार हजार व्यक्तिमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८२र०८३ को साउनदेखि असारसम्म प्रदेशभर कुल ३,९७९ जनामा डेङ्गु सङ्क्रमण भेटिएको हो ।
प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी प्रभावित सुर्खेतमा ३ हजार ५ सय ४२ जनामा सङ्क्रमण देखिएको छ । यस्तै रुकुम पश्चिममा ३ सय ५७, दैलेख र सल्यानमा २८÷२८ जनामा संक्रमण पुष्टी भएको निर्देशनालयले जनाएको छ ।
यस्तै, कालिकोटमा ९, मुगुमा ४, जुम्ला र डोल्पामा ३÷३ तथा हुम्लामा २ जनामा डेङ्गु पुष्टि भएको छ।
जलवायु परिवर्तन र तापक्रम वृद्धिसँगै पछिल्लो समय हिमाली जिल्लाहरूमा समेत एडिज जातको लामखुट्टेका लागि अनुकूल वातावरण बन्दै गएकाले ती क्षेत्रमा पनि सङ्क्रमण देखिन थालेको हो।
डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि प्रदेशभर लार्भा खोज र नष्ट गरु अभियान तीव्र पारिएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका सरुवा रोग फोकल पर्सन उदय थापाका अनुसार लामखुट्टेको प्रजनन रोक्न हरेक शुक्रबार ुसफा शुक्रबारु अभियान सञ्चालन भइरहेको छ।
मानसिक स्वास्थ्य र मनोसामाजिक समस्या नियन्त्रणमा सचेतना आवश्यक
यसैबिच, सुर्खेतमा आयोजित एक कार्यक्रमका सहभागीहरूले पछिल्लो समय बढ्दै गएको मानसिक रोग र मनोसामाजिक समस्या समाधानका लागि सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतद्वारा आयोजित सरोकारवाला र पत्रकारहरूबिचको अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरूले आत्मदाह लगायतका दुखद घटनाहरू बढ्दै गएकाले मनोसामाजिक समस्या समाधानमा गम्भीर हुनुपर्ने बताएका हुन्।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका आयुर्वेद चिकित्सक डा। शंकर रिजालले मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवासँग जोडेर लैजानुपर्ने बताउनुभयो । त्यस्तै जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख करुणा भट्टराईले समुदायस्तरमै पुगेर मनोसामाजिक परामर्श र सचेतनाका कार्यक्रमहरू सञ्चालन गरिने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष मधुवन विसीले मानसिक स्वास्थ्यका विषयमा सर्वसाधारणलाई सचेत गराउन सञ्चारमाध्यमले भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।
पछिल्लो समय मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गएपछि सरकारले पनि यससम्बन्धी सचेतना देशभर अभियानकै रूपमा सञ्चालन गर्ने गरी योजना बनाएको छ ।
कर्णालीका हिमाली जिल्लामा समेत देखिन थाल्यो डेङ्गु
कर्णालीका हिमाली जिल्लामा समेत देखिन थाल्यो डेङ्गु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
