दैलेख । सुन्तलाले मुल्य नपाउँदा दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ८ का किसानहरु चिन्तित बनेका छन् ।
वडाका सिम, टाङ्कोट, मकुट्क लगायतका ठाउँमा उत्पादित सुन्तलाले भाउ नपाउँदा किसानहरु चिन्तित बनेका हुन् ।
गत बर्ष ५० देखि ८० रुपैयाँ किलो सुन्तला विक्रि गरेका उनिहरुले यो बर्ष २० देखि ३० रुपैयाँ किलो सुन्तलाको मुल्य हुँदा घाटा भएको गुराँस ८ सिमका किसान टेक बहादुर ओलीले गुनासो गर्नुभयो ।
“उत्पादनमा वृद्धि भएको छ, यो क्षेत्रमा २०० क्वीन्टलसम्म सुन्तला उत्पादन हुन्छ, तर यो बर्ष मूल्य पाउन सकेको छैन,’ओलीले भन्नुभयो,”
स्थानीय बजारमा अहिले सुन्तलाको मूल्य प्रतिकिलो २०० देखि ३० रुपैयाँ रहेको छ।
गत बर्ष उहाले सुन्तला खेतीबाट २ लाख रकम आम्दानी गर्नुभएको थियो । तर यो बर्ष भने बजार मुल्य नपाउँदा समस्या भएको उहाको भनाई छ । उहाँले सुन्तलासँगै केरा खेती पनि गर्नुभएको छ । केरापनि विक्रि नभएको वलीको गुनासो छ ।
अहिले बाहिरबाट आयातीत सुन्तला सस्तो भएका कारण आफूहरुले उत्पादन गरेको सुन्तला मुल्य पाउन नसकेको सिमकै किसान कौशिला ओलीले बताउनुभयो ।
उहाले आफ्नो बारीमा एकसय बुटामा सुन्तला फलाउँदै आउनुभएको छ । तर भनेअनुसारको मुल्य नपाएको भन्दै सरकारले भाउ निर्धारण गर्नुपर्ने माग गर्नुभयो ।
मूल्य तोक्ने निकाय नहुँदा र बाहिरबाट सस्तोमा आयातीत सुन्तला भित्रन थालेपछि किसान सस्तोमा बिक्री गर्न बाध्य भको उहाको भनाई छ ।
अझै मूल्य घटेमा आफूहरुले सुन्तला नै बिक्री गर्न नसक्ने सिम गाउँकै अर्का किसान टक बहादुर ओली बताउनुहुन्छ ।
पहिला–पहिला स्थानीय क्षेत्रमा उत्पादित सुन्तलाको बजार राम्रो थियो र उचित मूल्य पाउने गरेको थियो । अहिले हाम्रो बजार सुर्खेत वीरेन्द्रनगरमा बाहिरबाट सस्तो सुन्तला आउन थालेपछिस्थानीय सुन्तलाले मूल्य पाउन नसकेको उहाको भनाई छ ।
गत बर्ष यो क्षेत्रबाट करिब तिनसय क्वीन्टल सुन्तला निकासी भएको थियो ।
सुन्तलाले मुल्य नपाउँदा किसान चिन्तित, मुल्य निर्धारण गर्न माग
सुन्तलाले मुल्य नपाउँदा किसान चिन्तित, मुल्य निर्धारण गर्न माग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
