सुर्खेत । गत आर्थिक वर्षमा जडिबुटी निर्यातबाट कर्णाली प्रदेशले ४ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार ५८ प्रजातिका जडिबुटी बिक्रीबाट कुल ४ करोड १७ लाख ६८ हजार ९९९ रुपैयाँ राजस्व संकलन भएको हो ।
सबैभन्दा बढी राजस्व झ्याउबाट संकलन भएको छ । प्रतिकिलो ५० रुपैयाँ कर तोकिएको झ्याउ १ लाख ८१ हजार ६०९ किलो निर्यात हुँदा ९५ लाख ८५ हजार ४०० रुपैयाँ राजस्व उठेको छ । त्यसैगरी, प्रतिकिलो ७५ रुपैयाँ कर लाग्ने ९६ हजार ७९२ किलो जटामसी निर्यातबाट प्रदेश राजस्वमा ८७ लाख ८८ हजार ८७५ रुपैयाँ योगदान पुगेको मन्त्रालयका सूचना अधिकारी महेश नेपाली जानकारी दिनुभयो ।
यार्सागुम्बाबाट मात्रै ७५ लाख ४४ हजार ३७१ रुपैयाँ राजस्व संकलन भएको छ । मन्त्रालयका अनुसार प्रतिकिलो ३१ हजार रुपैयाँ कर दर रहेको यार्सागुम्बा २ सय ५१ किलो निर्यात गरिएको थियो । यसबाहेक ३४ हजार ४४५ किलो कटुसीको बिक्रीबाट २३ लाख ८१ हजार ६८० रुपैयाँ र ४१ हजार ७३२ किलो सेतक चिनीबाट २० लाख ४६ हजार ५७५ रुपैयाँ संकलन भएको छ ।
टिमुरबाट १९ लाख ३९ हजार ४०० रुपैयाँ, शिलाजितबाट ९ लाख ७७ हजार ८५० रुपैयाँ, सुगन्धवालबाट ९ लाख ५० हजार ५८० रुपैयाँ र रिठ्ठाबाट ९ लाख ४७ हजार ८३८ रुपैयाँ राजस्व संकलन भएको छ ।
जडिबुटी निर्यातबाट कर्णाली प्रदेशले कमायो ४ करोडभन्दा बढी राजस्व
जडिबुटी निर्यातबाट कर्णाली प्रदेशले कमायो ४ करोडभन्दा बढी राजस्व
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
