सुर्खेत । आगामी मंसिर १६ गतेदेखि २७ गतेसम्म कर्णालीमा हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समाचार संकलन गर्ने पत्रकारहरुलाई अभिमुखिकरण दिइएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषदको आयोजना तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको समन्वयमा आज (मंगलबार) वीरेन्द्रनगरमा कर्णालीका पत्रकारहरुलाई अभिमुखिकरण गरिएको हो ।
प्रतियोगितामा विभिन्न विधामा खेलहरु संचालन हँदै छन् । ति खेलहरुका नीयम र खेलका विभिन्न पक्षमा कसरी रिपोर्टिङ गर्ने भन्ने विषयमा जानकारी गराइएको थियो ।
सहभागि पत्रकारहरुले तालिममा सहभागि भएपछि खेल विधामा रिपोर्टिङ गर्न सहज हुने प्रतिक्रिया दिएका छन् । पत्रकार ओम शाहीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मात्रै नभई खेल क्षेत्रको समाचार संकलन गर्नको लागि यो अभिमुखिकरणले सहजता हुने बताउनुभयो । पत्रकार रजनी योगीले पनि तालिमले कर्णालीका पत्रकारहरुलाई सहजता भएको बताउनुभयो ।
अभिमुखिकरण कार्यक्रमको उद्घाट समारोहमा बोल्दै कर्णाली प्रदेश सामाजिक विकास मन्त्री जीतबहादुर मल्लले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्यरुपमा सफल बनाउन पत्रकारहरुले सत्य, तथ्य सूचना जनतासम्म पु¥याई दिन आग्रह गर्नुभयो ।
उहाले ‘दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता’ लाई कर्णालीको मात्रै नभएर देशकै गौरवको उत्सवका रुपमा बनाउन सञ्चारमाध्यमहरुले प्रभावकारी भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो । पहिलो पटक कर्णालीमा आयोजना हुन लागेको राष्ट्रिय खेल उत्सवलाई सकारात्मकरुपले प्रविधिमैत्री रिपोर्टिङ हुनेमा आफु आशावादी रहेको उहाको भनाइ थियो ।
कार्यक्रममा कर्णाली प्रदेश खेलपरिषद्का उपाध्यक्ष प्रमोद हमालले प्रयोगिताको तयारी तीव्र गतिमा भइरहेको सन्दर्भमा खेल मेलालाई व्यापक र प्रभावकारी प्रचार–प्रसार, व्यवस्थापन तथा मिडिया समन्वयका लागि राखेप प्रचार–प्रसार उपसमितिले विभिन्न गतिविधिहरु अगाडि बढाइरहेको बताउनुभयो ।
उहाले खेलकुदको विकासका लागि खेल पत्रकारिता मेरुदण्ड सरह रहेकाले कर्णाली प्रदेश खेलकुद परिषद् सधैं पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् प्रचार–प्रसार उपसमितिको संयोजक मोनालिसा खम्बुले खेलकुद पत्रकारितासँगै सञ्चार क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले खेलकुद रिपोटिङ्ग सम्बन्धि अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
उहाले खेलकुद विधा आफैंमा प्राविधिक र संवेदनशील हुने भएकाले नियम, अनुशासनसँगै मर्म बुझेर गरिने रिपोर्टिङले मात्र न्याय पाउने उल्लेख गर्नुभयो। नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष मधुवन विसीले खेलकुदका गतिविधिहरुलाई जनस्तरसम्म प्रभावकारी रुपमा पु¥याउन ‘खेलकुद रिपोटिङ्ग सम्बन्धि’ अभिमुखिकरण कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।
उहाले राष्ट्रिय खेलकुद प्रतियोगिताको संघारमा खेलकुद समाचार संकलन, लेखन, सम्प्रेषणलाई थप व्यवस्थित र व्यावसायिक बनाउन यस्ता अभिमुखीकरण पत्रकारहरुका लागि सहयोगी भएको बताउनुभयो। कार्यक्रममा राष्ट्रिय स्तरका वरिष्ठ खेल पत्रकार तथा विज्ञहरुले खेलकुद समाचार संकलन, लेखन, मल्टिमिडिया प्रयोग, खेलकुदको नियम सम्बन्धी प्राविधिक ज्ञानसँगै अन्तर्राष्ट्रिय अभ्यासका विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रशिक्षण दिएका थिए ।
पत्रकार पवन आचार्य, प्रज्वल ओली र ऐलु जोशीले प्रशिक्षण दिनुभएको थियो ।
दशौं राष्ट्रिय खेलकुदमा समाचार संकलन गर्ने पत्रकारहरुलाई अभिमुखिकरण
दशौं राष्ट्रिय खेलकुदमा समाचार संकलन गर्ने पत्रकारहरुलाई अभिमुखिकरण
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
