सुर्खेत । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले वीरेन्द्रनगरमा सामुहिक रक्तदान कार्यक्रमको आयोजना गरि रगत संकलन गरेको छ ।
रक्तदानमा ९० जना सहभागी भएकोमा ४२ जनाले रक्तदान गरेको परमेश्वरको मण्डली समाजले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र, सुर्खेतले मण्डलीको सामूहिक रक्तदानमा समन्वय गरिएको जनाइएको छ ।
‘वीरेन्द्रनगर परमेश्वरको मण्डली’मा आयोजित निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम १,५४५ औँ रक्तदान कार्यक्रममा परमेश्वरको मण्डली बिरेन्द्रनगर र नेपालगंजका विश्वासीहरू, उनीहरूका परिवारहरू, छिमेकीहरू गरी करीब ९० जना सहभागी भएका थिए ।
यो वर्षमात्र देशभरि १९ पटक बृहत् रक्तदान कार्यक्रम आयोजना गरेर रक्त आपूर्ति अभाव समाधान गर्नमा सरिक भएको समाज महासचिव पास्टर गिम जु छलले बताउनुभयो ।
नेपालमा बागमती प्रदेशस्थित काठमाडौं लगायत ललितपुर र भक्तपुरमा, सुदूरपश्चिम प्रदेशको कैलालीमा, मधेस प्रदेशको पर्सामा, गण्डकी प्रदेशको नवलरपुर लगायत अन्य विभिन्न क्षेत्रहरूमा आयोजना गरिएको छ । कर्णाली प्रदेशमा आयोजना गरिएको यो नै पहिलो पटक हो ।
रक्तदान कार्यक्रममा सहभागी वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक प्रमुख टिकाराम शर्माले विश्व सुसमाचार समाज परमेश्वरको मण्डलीले निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम १,५४५ औँ रक्तदान कार्यक्रममा निमन्त्रणा दिएकोमा आभार व्यक्त गर्नुभयो ।
रक्तदान जीवन दान केवल परमेश्वर मनमा बास गरेकोहरूले मात्र गर्न सक्ने कार्य हो भन्दै फेरी फेरी पनि रक्दान कार्यक्रम सहभागी हुन भन्दै सहभागीहरूलाई प्रोत्साहन दिनुभयो ।
साथै नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र सुर्खेत सभापति रामलाल आचार्यले निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम १,५४५ औँ विश्व व्यापि रक्तदान कार्यक्रमा सँगै सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
मण्डलीले १४ हजार ७०० मि.लि. रगत संकलन गरेको छ ।
परमेश्वर मण्डलीको सामुहिक रक्तदान
परमेश्वर मण्डलीको सामुहिक रक्तदान

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु