सुर्खेत । सुर्खेत गुर्भाकोट नगरपालिका वडा नम्बर १३ का इन्द्र बहादुर घर्तीको बाल्यकाल रमाइलो थियो । विद्यालय उमेरदेखि नै खेलकुद क्षेत्रमा रुची राख्ने उहाको घरपरिवारको आर्थिक अवस्था भने सामान्य थियो । जेनातेना इन्द्र बहादुर र उहाँका भाईबहिनीहरुले आफ्नो शिक्षादिक्षा आर्जन गरिरहनुभएको थियो ।
सानो कक्षा गुर्भाकोटमै पढेका इन्द्र बहादुरले घरको आर्थिक अवस्था र अन्य विविध कारणले आफ्नो पढाईलाई निरन्तरता दिन पाउनुभएन । उमेर बढ्दै जाँदा जिम्मेवारी पनि काँधमा आइसकेको थियो ।
बिवाहपछि त झनै जिम्मेवारी बढ्दै गयो । गाउँमै मजदुरी गर्दै दिन विताएका इन्द्र बहादुरका छोराहरु समेत हुर्किदै गए । उहाँका दुई भाई छोराहरु छन् । आफुले पढ्न नपाएपनि छोराछोरीलाई पढाएर असल र ज्ञानी बनाउने उहाको उद्देश्य अनुसार इन्द्र बहादुर वैदेशिक रोजगारीमा जाने निर्णयमा पुग्नुभयो ।
वैदेशिक रोजगारीका लागि मलेसियामा गएपछि उहाले धेरै मेहेनत गर्नुभयो । “आफु पढ्न नसकेपनि छोराछोरीलाई शिक्षा हासिल गराउनुपर्छ भन्ने सोच थियो मेरो । इन्द्र बहादुर भन्नुहुन्छ, त्यसपछि म विदेशमा गएँ, धेरै मेहेनत गरेँ”
पाँच बर्षसम्म विदेशमा बसेर काम गरेका इन्द्र बहादुरले आफ्ना समस्याहरु समाधान गर्दै जानुभयो । घरपरिवारमा पनि आर्थिक अवस्था सुधार हुँदै जाँदा खुशीयाली आयो । अनि घर फर्किने निधोमा पुगेका इन्द्र बहादुरलाई ठुलो समस्या आइलाग्यो ।
प्यारालाइसिस भएपछि चुनौती थपियो
जब घर इन्द्र बहादुर बिरामी पर्नुभयो । धेरै मेहेनतपछि घरपरिवारमा आएको खुशी दुखमा परिणत भयो । मलेसियामा रहँदा नै उहालाई प्यारालाइसिस भयो । महिनौँको उपचारपछि उहालाई केही रुपमा सुधार भएपनि पूर्ण सुधार हुन सकेन । अनि उहालाई हरेक दिन चिन्ताले सताउन थाल्यो । इन्द्र बहादुर भन्नुहुन्छ, “घरपरिवारको सबै जिम्मेवारी मेरै काँधमा थियो, खुशी लिएर घरमा आउछुभन्दा झनै दुख लिएर आउनुपर्ने अवस्थामा पुगेँ । एकातिर छोराछोरीको लालनपालन, अर्कोतर्फ उनिहरुलाई कसरी पढाउने भन्ने चिन्ता थपिन थाल्यो,”
अस्पतालको बसाईपछि केही सुधार भएर उहाँ नेपाल फर्किनुभयो । नेपाल फर्किएर पनि उहाँको चिन्ता कम हुन सकेको थिएन । तर उहाले आफ्नो उपचारलाई कायम राखिरहनुभयो । उहाँको श्रीमतीको एदिनको सल्लाहले उहालाई हिम्मतमा परिणत गरिदियो । “म सधै चिन्तामा हुन्थे, मेरो श्रीमतीले हौसला र सुझावले मलाई सहास थप्यो, अनि म केही व्यवसाय गर्न सक्छु भन्ने सोचमा पुगेँ, इन्द्र बहादुर भन्नुहुन्छ ।”
अनि व्यवसाय संचालन…..
उहाले डाक्टरको सल्लाहअनुसार थेरापी लगायतका कामहरु गर्दै जानुभयो । उहाँ अहिले ५० प्रतिशत रिकभर हुनुहुन्छ । शाररिक रुपमा अपाङ्गता हुन पुग्नुभएका इन्द्र बहादुरले हिम्मत बढाउनुभयो । उहाँको समस्या देखेर परिलक्षित संस्थाले समेत व्यवसाय संचालन गर्न सहयोग गर्यो । परिलक्षित संस्थाको सहयोग र घरपरिवारको हौसलाले उहालाई उर्जा थप्यो । अनि गाउँमै सानो व्यवसाय शुरु गर्नुभयो । उहाले स्टेस्नरी, किराना, कुखुराको दानाहरु बेच्ने गर्नुहुन्छ ।
“घरपरिवारको सल्लाह र परिलक्षित संस्थाको सहयोगले व्यवसाय शुरु गरेको छु । इन्द्र बहादुर भन्नुहुन्छ, केही गर्न सक्छु भन्ने सोच राखेर काम गर्न थाले अहिले म शाररिक रुपमा अपाङ्गता छु । तर हिम्मत हारेको छैन् हिम्मत गरे जस्तो काम पनि सहजसँग हुँदो रहेछ ।”
अहिले उहाँको बार्षिक कमाई तिन लाख जती छ । उहाले अझै व्यवसायलाईै बढाउँदै लेजाने सोच बनाउनुभएको छ । केही गर्न सकिन्न की भन्ने हिम्मत हार्न नहुने भन्दै गर्न सक्छु भनेर अगाडी बढ्दा सफल भइने अनुभव सुनाउनुहुन्छ ।
ठुलो चुनौतीलाई जितेका इन्द्र बहादुर व्यवसायिक बन्दै
ठुलो चुनौतीलाई जितेका इन्द्र बहादुर व्यवसायिक बन्दै
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु