सुर्खेत । कर्णालीका दुई कारागारबाट भागेका १ सय २९ मध्ये ७० कैदीबन्दी अझै फरार छन् ।
हतियार र दाउराको प्रयोग गरी मंगलबार दिउँसो रुकुम पश्चिम कारागारबाट ८८ र जुम्ला कारागारबाट मंगलबार राति ११ बजे ४१ जना कैदीबन्दी भागेका थिए ।
रुकुम पश्चिमबाट भागेका ५० र जुम्लाबाट भागेका ९ जनालाई नियन्त्रणमा लिइएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी प्रमुख डीआईजी माधव श्रेष्ठले उनीहरुको खोजी भइरहेको र सीमा क्षेत्रमा निगरानी भइरहेको बताउनुभयो ।
उहाका अनुसार रुकुम पश्चिमस्थित कारागारबाट भागेका ३८ र जुम्लाका ३२ जना अझै फरार छन् ।
जेन–जी आन्दोलनको मौका छोपी कारागार तोडफोड गर्दै उनीहरु भागेका थिए ।
कर्णालीबाट ७० कैदीबन्दी फरार
कर्णालीबाट ७० कैदीबन्दी फरार

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु