सुर्खेत । फिरन्ते जीवन विताउँदै आएका राउटे समुदायको संख्या घट्दै गएको भन्दै सरोकारवालाहरुले छुट्टै नीति आवश्यक रहेको औँल्याएका छन् ।
आइपासको सहयोग तथा अपाङ्गता भएका आदीबासी जनजातीका लागि अनुसन्धान केन्द्रको आयोजना र सोसेक नेपालको सहआयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा गरिएको नीति सम्बाद कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।
उनिहरुले पछिल्लो समय राउटेको संख्या लगातार घट्दो क्रममा रहेको भन्दै यो समुदायको अस्तित्वको रक्षाको लागि प्रदेश सरकारले आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै सोसेक नेपालका कार्यकारी निर्देशक एवम राउटे समुदायको संरक्षणको लागि अभियान चलाइरहनुभएका हिरासिंह थापाले राउटे समुदायको संख्या लगातार घटिरहेको भन्दै प्रदेश सरकारले नीति बनाएर संरक्षणमा लाग्नुपर्ने बताउनुभयो ।
उहाले राउटे समुदायको लागि सुरक्षा लागि सरकारले प्रहरी खटाइदिन माग गर्दै उहाले राउटेलाई भत्ताको सट्टा खाद्यन्न दिनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयका अधिकृत किरण बरामले अन्तराष्ट्रिय कानुन र नेपालको संविधानले आदीबासी जनजाती र लोपउन्मुख समुदायलाई मुल प्रवाहीकरण ल्याउन भनेको तर कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
प्रदेश सरकारले राउटे समुदायको लागि नीति बनाउन सक्ने भन्दै उहाले उनिहरुको आवश्यकताका आधारमा मात्रै नीति बनाउन सुझाव दिनुभयो ।
आफ्नो विद्यावारिधीको लागि राउटे समुदायको अध्ययन गरिरहनुभएका अमित पौडेलले राउटेहरुको मानवअधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उनिहरुको वास्तविक आवश्यकता केहो ? भनेर पहिचान गरेर मात्रै योजना नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।
कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी माधव श्रेष्ठले राउटे समुदायमा विगतभन्दा केही परिवर्तन आएको भन्दै उनिहरुको सुरक्षाको लागि आफुहरुले नीगरानी राखिरहेको बताउनुभयो ।
उहाले समुदायमा नै प्रहरी पठाउने सन्दर्भमा जिल्ला सुरक्षा समितिले निर्णय गर्नुपर्ने बताउनुभयो ।
सांसद हिक्मत बहादुर विष्टले राउटे समुदायको अस्तित्व जोगाउनेतर्फ ध्यान दिनुपर्ने भन्दै पछिल्ला गतिविधिले उनिहरुको अस्तित्व संकटमा परेको बताउनुभयो ।
यो समुदायको लागि ऐन कानुन बनाउनको लागि आफुहरुले पहल गर्ने उहाको प्रतिवद्धता छ ।
अर्का सांसद पूर्ण बहादुर खत्रीले पनि देशको अवस्था अहिले विग्रदो अवस्थामा रहेको भन्दै पहिले देशको अवस्था सुधारपछि मात्रै राउटे समुदायको विषयमा चिन्ता गर्नुपर्ने बेला आएको बताउनुभयो ।
उहाले आम जनतालाई शान्ति चाहिएको भन्दै शान्ति स्थापनापछि मात्रै सबै समुदायको सवालहरुलाइ सम्बोधन गर्नुपर्ने परिस्थिति बनेको बताउनुभयो ।
राष्ट्रिय आदीबासी जनजाती प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ्गले राउटे समुदायको संरक्षणको लागि केन्द्र सरकारले निर्देशिका बनाउन सक्ने भन्दै कर्णालीमा मात्रै बस्ने भएकाले यो समुदायको लागि प्रदेशले छुट्टै नीति बनाउन सक्ने बताउनुभयो ।
यता, कर्णाली प्रदेश सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले राउटे समुदायको लागि नीति ल्याउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
उहाले सबै क्षेत्रबाट इमान्दारिताका साथ काम गर्न सके सबै समुदाय राज्यको मुल प्रवाहीकरणमा आउन सक्ने बताउनुभयो ।
घुमन्ते फिरन्ते राउटे समुदायको लागि नीति सम्बाद कार्यक्रम अपाङ्गता भएका आदीवासी जनजातीका लागि अनुसन्धान र विकास केन्द्रका अध्यक्ष प्रथमा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।
यसैबिच, आइपासको सहयोगमा अपाङ्गता भएका आदीवासी जनजातीका लागि अनुसन्धान र विकास केन्द्रले राउटे समुदायलाई तरकारी सहयोग गरेको छ ।
काउली बन्दा, मुला लगायत १२ हजारको सहयोग गरिएको केन्द्रका सचिव संगिता बराल मगरले जानकारी दिनुभयो ।
राउटे समुदायको लागि छुट्टै ऐन बनाउनुपर्नेमा जोड
राउटे समुदायको लागि छुट्टै ऐन बनाउनुपर्नेमा जोड
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
