सुर्खेत । भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनले कर्णालीमा ५२ वटा भौतिक संरचनामा र ४५ सवारी साधनमा क्षती र आगजनी भएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार जेनजी आन्दोलनको क्रममा प्रदेशभर सरकारी तथा नीजि गरी ५२ भौतिक संरचना र ४५ सवारी साधनमा आगजनी तथा तोडफोड गरी क्षती पुर्याइएको हो ।
प्रदर्शनकारीहरूले सरकारी भवन, राजनीतिक दलका कार्यालय र निजी घरहरूमा समेत आगजनी र तोडफोड गरेका छन् ।
प्रहरीले अहिले तथ्याङ्क संकलन गरिरहेको छ । जसअन्तरगत जेनजी आन्दोलनले पाँचवटा संघिय कार्यालय, ७ वटा प्रादेशिक कार्यालय, १७ वटा जिल्ला तथा स्थानीय कार्यालय, १२ वटा पार्टी कार्यालय ८ वटा व्यक्तीगत तथा नीजी घर र ३ वटा अन्य संघसंस्थाका कार्यालयमा आगजनी तथा तोडफोड गरि क्षती पुर्याएको जनाइएको छ ।
सबैभन्दा धेरै क्षती सुर्खेतमा भएको छ । सुुर्खेतमा २६ वटा सरकारी, नीजी तथा पार्टी कार्यालयहरुमा क्षती पुर्याएको छ भने जुम्लामा ६ वटा र मुगुमा दुइवटा भौतिक संरचनामा आगजनी तथा तोडफोड गरि क्षती पुर्याएको छ ।
सुर्खेतमा कर्णाली प्रदेश सभा, सिटी हल, वीरेन्द्रनगर नगरपालिका, नापी कार्यालय, प्रदेश लेखा नियन्त्रकको कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेशसभाको भवन लगायतका सरकारी संरचनामा आगजनी र तोडफोड गरिएको थियो। त्यसैगरी, वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर १ देखि १२ सम्मका सबै वडा कार्यालयहरूमा पनि क्षति पुर्याइएको छ ।
यस्तै, मुख्य राजनितिक दलका पार्टी कार्यालयसहित पार्टी नेताहरुका नीजी घरहरुमा समेत आगजनी भएको छ ।
यस्तै १९ वटा सरकारी गाडी, १९ वटा सरकारी मोटरसाइकलमा आगजनी भएको प्रहरीको प्रारम्भिक तथ्याङ्क छ ।
यसैगरी २ वटा नीजी गाडी र ५ वटा निजी मोटरसाइकलमा समेत आगजनी भएको तथ्याङ्क प्राप्त गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता केदार घिमिरेले जानकारी दिनुभयो । प्रदर्शनकारीले एम्बुलेन्स, शववाहन र दमकलमा समेत तोडफोड गरेको जनाइएको छ ।
अन्य जिल्लामा समेत क्षतीको विवरण संकलन भइरहेको भन्दै प्रवक्ता घिमिरेले आगजनी तोडफोडबाट के कती क्षती भयो ? केही दिनमा सार्बजनिक गरिने बताउनुभयो ।
आगजनीमा संङ्लग्नहरुको खोजी कार्य चलिरहेको भन्दै जोसुकै भएपनि कारवाही हुने प्रहरीको भनाई छ ।
जेनजी आन्दोलनः कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारी साधनमा आगजनी
जेनजी आन्दोलनः कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारी साधनमा आगजनी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु