सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका ११ मा रहेको शिखर माविमा पढ्ने दृष्टिविहीन छात्र खिमबहादुर बस्नेतले अपांगतामैत्री शौचालय नहुँदा आपूmहरुलाई निकै सास्ती भैरहेको गुनासो गरेका छन् ।
उक्त विद्यालयमा पढ्ने आपूmजस्तै अन्य २० जना विद्यार्थी सबैलाई अपांगमैत्री शौचालय, नुहाईधुवाइ गर्ने ठाउँ र पिउनेपानीलगायतका आधारभूत आवश्यक्ताकै समस्या रहेको दुःखेसो गरे ।
सुर्खेत उद्योग वाणिज्य संघको सहकार्यमा अमेरिकन कर्नर सुर्खेतले शनिबार रामघाटमा गरेको जनप्रतिनिधसंग युवा सम्वादमा भेरीगंगाका मेयर यज्ञ ढकालकै सामुन्ने उनले यस्तो गुनासो गरेका हुन् ।
विद्यालयमा पढ्ने अरु विद्यार्थीहरुसंगै एउटै शौचालय र स्नानघर प्रयोग गर्नुपर्दा आपूmहरुलाई निकै कठिनाई भैरहेको उनले अनुभव सुनाए।
साथै अपांगता भएका विद्यार्थीहरुले विगतमा मासिक ४ हजार सामाजिक सुरक्षा भत्तावापत पाउँदै आएकोमा अहिले बढेर ५ हजार भएको सुनेपनि भत्ता भने नपाएको भन्दै मेयरलाई सोधेः हामीले भत्ता वापतको रकम कहिले पाउने हो ?
कार्यक्रममै रहेकी कक्षा ११ की छात्रा कल्पना थापाले आपूmहरु विद्यालय भवनको पहिलो तल्लामा पढ्नुपर्ने र भवनभन्दा टाढा भूइँतल्लाको शौचालय प्रयोग गर्नुपर्ने बाध्यता रहँदा खासगरी छात्राहरुले निकै समस्या झेल्नुपरेको सुनाइन् ।
विद्यार्थीहरुका समस्या सुनिसकेपछि नगर प्रमुख ढकालले आपूm निर्वाचित भएर पहिलो पटक विद्यालय आउँदा शौचालयको दुर्दशा देखेर नै नयाँ शौचालय बनाउन लगाएको बताउँदै आवश्यक्ता अनुसारका लागि नयाँ शौचालय बनाइने आश्वासन दिए ।
विभिन्न संघसंस्था र दातृ निकायहरुको सहयोगमा आपूmहरु विद्यालयमा शौचालय, पुस्तकालय र छात्रावास बनाउने योजनामा रहेको जानकारीपनि उनले दिए ।
नगर प्रमुख, वडाध्यक्ष र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई पहिलो पटक एकैमञ्चमा पाएका विद्यार्थीले आप्mना हरेकजसो समस्या र सुझावबारे सबैसंग खुलेरै कुरा राखे ।
कक्षा ८ की छात्रा दीपा जीसीले विद्यालयमा नर्सको व्यवस्था भएपनि औषधीको व्यवस्था नभएको गुनासो गरिन् ।वडा नंं १३ मा रहेको मावि काशीपुरकी छात्राा जेनिषा वीसीले स्थानीय पाठ्यपुस्तक नपाएको बताइन् ।
विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तरसंगै विद्यार्थीहरुले नीति निर्माणका विषयमा पनि नगर प्रमुखसंग निर्धक्क आप्mना जिज्ञासा राखे ।
कक्षा १२ की छात्रा धना खड्का र आकृति केसीले नेपाल सरकारले कक्षा १२ सम्म निःशुल्क शिक्षा भनिएपनि कतिपय विद्यालयले विभिन्न बहानामा अभिभावकसंग रकम असुली रहेकोतर्फ नगरप्रमुखको ध्यानाकर्षण गराईन्।
जवाफमा मेयर ढकालले, नेपाल सरकारको पूर्ण अनुदानमा सञ्चालित विद्यालयले कुनैपनि बहानामा अतिरिक्त शुल्क लिन नपाउने भन्दै निजीश्रोतबाट थप कक्षा संचालन गर्ने विद्यालयले भने स्वेच्छिक रकम सहयोगस्वरुप लिन पाउनेबारे विद्यार्थीलाई स्पष्ट बनाए ।
शैक्षिक गुणस्तर खस्किएको सन्दर्भमा भने उनले आपूmपनि शिक्षक पृष्ठभूमिको भएको जिकिर गर्दै आपूmले आप्mनो पालिकामा शिक्षा र स्वास्थ्यको गुणस्तरलाई पहिलो प्राथमिकता दिएर सोहि अनुसार बजेट तथा कार्य तय गरेको उल्लेख गरे ।
पालिकाले शैक्षिक गुणस्तर उन्नतिका लागि ६० जना स्वयंसेवक शिक्षक तथा प्रभावकारी स्वास्थ्य सेवाका लागि २० जना गरी ८० जना स्वयंसेवीहरु आन्तरिक श्रोतबाट परिचालित गरेको उनले जानकारी दिए ।
कार्यक्रममा वडाध्यक्ष जयबहादुर नेपाली र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम सुवेदीले पनि आपूmसंग सम्बन्धित विभिन्न विषयमा उठेका सवालहरुको जवाफ दिएका थिए ।
युवाहरुलाई साझा विषयमा जागरुक बनाई प्रश्न गर्न प्रेरित गर्ने र जनप्रतिनिधिहरुलाई जवाफदेही, पारदर्शी र जिम्मेवार बनाउने उद्देश्यले अमेरिकन कर्नरले यस्ता कार्यक्रम निरन्तर गदै आइरहेको छ ।
यसअघि सुर्खेतका वीरेन्द्रनगर, पञ्चपुरी नगरपालिका, सिम्ता, चिंगाड र बराहताल गाउँपालिकामा पनि यस्तै कार्यक्रम सम्पन्न भैसकेको कर्नरका कार्यक्रम संयोजक निश्चल कंडेलले जानकारी दिए ।
विद्यालयमा अपाङ्गतामैत्री संरचना हुनुपर्ने माग
विद्यालयमा अपाङ्गतामैत्री संरचना हुनुपर्ने माग

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु