सुर्खेत । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियान शुरु गरेको छ ।
आम जनतासँग सम्बन्ध सुमधुर बनाउन भन्दै देशभर जनसम्बन्ध अभियान संचालन शुरु गरेको क्रान्तिकारी कम्युनिष्ट पार्टीले जनाएको छ ।
विभिन्न सयममा टुटफुट हुँदै आएका कम्युनिष्टबाट विद्रोह गरि बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टीले जनसम्बन्ध अभियान शुरु गरी आम जनतालाई अहिलेको विकृत व्यवस्थाविरुद्ध एकता बनाउने योजना बनाइएको छ ।
अभियानअन्तर्गत ३ नम्बर ब्यूरोको आयोजनामा आज सुर्खेतमा आज गरिएको पत्रकार सम्मेलनमा बोल्दै पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीले देश गम्भीर संकटमा फसेको, अर्थतन्त्र कमजोर बनेको बताउनुभएको छ ।
दलाल, पुँजीपतीहरुको कब्जामा देशको अर्थतन्त्र पुगेको भन्दै यसले गर्दा जनता झनै गरिबीको चक्रमा फस्दै गएको उहाले बताउनुभयो ।
उहाले अहिले राजावादीहरुले टाउको उठाइरहेको भन्दै यसको प्रमुख कारण अहिलेको दलहरुका गतिविधिका कारण भएको बताउनुभयो । “अहिले राजावादी सल्बिलाएका छन्, एकपटक जनताले रिजेक्ट गरेको राजसंस्था फेरी सल्बलाउनु भनेकै अहिलेको दलाल सरकारको उपज हो, उनिहरुकै कारण यो अवस्था आएको छ ।”
वित्तिय संस्था, मिटरव्याज जस्ता नयाँ रुपका साहुँहरुले जनताको उठिबास लगाएकाले अब क्रान्तिकारी कम्युनिष्ट पार्टी यसका विरुद्ध जनतालाई एकता बनाएर जाने बताउनुभयो ।
नेपालका उद्योगीहरु टाट पल्टिदै गएको भन्दै ओलीले नेपाली उद्योगहरुको विकास हुन नदिनु भनेकै दलाल पुँजीवादकै राज हुन दिनु रहेको उहाको भनाई छ । नेपालका उद्योगीहरु टाट पल्टिएका छन्, भारतिय व्यापारीहरु नेपालका शहरमा भरिँदै छन्, उद्योगहरु विकास हुन नदिनु भनेकै दलाल पुँजीवादको राज हुनु हो, जसले गर्दा वेरोजगारी समस्या निम्तियो । हाम्रा लाखौँ युवाहरु विदेशिनुपर्यो, उहाले भन्नुभयो ।
यो अवस्थालाई परिवर्तन गर्नको लागि बैज्ञानिक समाजवादमा जानु नै उपयुक्त हुने भन्दै अहिलेको व्यवस्थाले अवस्था परिवर्तन गर्न नसक्ने उहाको दाबी छ । उहाले सबै कम्युनिस्टहरु एक हुनुपर्ने भएको भन्दै माओवादी लगायतका कम्युनिष्ट पार्टीहरु दलाल पुँजीवादको कब्जाबाट बाहिर आउनुपर्ने बताउनुभयो ।
३ नम्बर व्युरोको अभियान कञ्चनपुरबाट शुरु गरिएको ३ नम्बर व्युरो सचिव दिपक शाहीले जानकारी दिनुभयो ।
अभियान काठमाडौँ पुगेर समापन गरिने आयोजकले जनाएको छ । भ्रखरै सम्पन्न पार्टीको एकता महाधिवेशनले नयाँ अभियानसहित जनतामा जाने निर्णय गरेको थियो ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीको जनसम्बन्ध विस्तार अभियानः बैज्ञानिक समाजवाद उत्तम विकल्प
क्रान्तिकारी कम्युनिष्ट पार्टीको जनसम्बन्ध विस्तार अभियानः बैज्ञानिक समाजवाद उत्तम विकल्प

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु