सुर्खेत । कर्णाली प्रदेशसभाको दोश्रो कार्यकालको पाँचौ अधिवेशनबाट ७ वटा विद्येयक पारित गरेको छ ।
प्रदेश सभा सचिवालयका अनुसार हिउँदे अधिवेशनबाट विभिन्न ७ वटा विद्येयक पारित भएको हो ।
जस अन्तरगत कर्णाली प्रदेशको विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, कर्णाली प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०८१, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक सभाबाट पारित भएको प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो ।
यस्तै, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, कर्णाली प्रदेश निजामती सेवा (पहिलो संशोधन) विद्येयक २०८१m दलित समुदायको सशक्तिकरण र जीवनस्तर प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक र कर्णाली प्रदेश बिउ, बिजन सम्बन्धी व्यवस्था गर्न बनेको विद्येयक पारित भएको बुढाथोकीले जानकारी दिनुभयो ।
सरकारले कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ लाई संशोधन गर्न बनेको विद्येयक भने फिर्ता लिएको छ । केही अपुग रहेको भन्दै यो विद्येयक फिर्ता लिइएको सरकारले जनाएको छ ।
यो सँगै प्रदेश सभाको पाँचौं अधिवेशन गयरातीदेखि अन्त्य गरिएको छ ।
सभामुख नन्दा गुरुङले प्रदेश प्रमुखले पठाएको पत्र वाचन गर्दै अधिवेशन अन्त्य गरिएको घोषणा गर्नुभयो ।
पाँचौं अधिवेशनको पहिलो बैठक माघ ७ गते बसेको थियो भने यो अधिवेशनमा ३१ वटा बैठक बसेका थिए ।
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट विभिन्न सात वटा विद्येयक पारित
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट विभिन्न सात वटा विद्येयक पारित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
