काठमाडौँ । तीनकुने घटनापछि पक्राउ परेका राप्रपाका नेताद्वय रविन्द्र मिश्र र धवलशमशेर राणा लगायतलाई म्याद थपका लागि प्रहरीले अदालत लगेको छ । तीनकुने घटनामा पक्राउ परेकामध्ये ४१ जनालाई मुद्दा चलाउने निर्णयसहित प्रहरीले उनीहरुलाई आइतबार अदालत ललगेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहोराका अनुसार ४१ मध्ये ११ जनालाई राज्यविरुद्धको कसुर र अरु बाँकीलाई अपराधिक उपद्रव र संगठित अपराधमा मुद्दा चलाउने प्रहरीको तयारी छ । प्रहरीले मिश्र र राणालाई राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरेको बुझिएको छ ।
धवल र रविन्द्रसहित ११ जनालाई राज्यविरुद्धको कसुरमा मुद्दा
धवल र रविन्द्रसहित ११ जनालाई राज्यविरुद्धको कसुरमा मुद्दा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु