सुर्खेत । कैलालीको गोदावरी नगरपालिका ७ जमुना नगर नीवासी देवी पाठकको जन्म डोटी जिल्लाको आदर्श गाउँपालिकामा भएको हो । आमा सरुदेवी पाठक र बुवा नवराज पाठकको कोखबाट २०६१ साल मंसिर २९ गते जन्मिनुभएका देवी न्युन दृष्ट्रिबिहीन भएको व्यक्ती हुनुहुहन्छ । जन्म डोटीमा भएपनि घरको आर्थिक अवस्था कमजोर भएपछि बसाइसराई गरी उहाँको परिवार कैलालीमा आयो । देवीको बाल्यकाल कैलालीको गोदावरी नगरपालिका जमुना नगरमा वित्यो । जन्मदै न्युन दृष्ट्रि सम्बन्धि अपाङ्गता भएका उहाको बाल्यकाल त्यती सहज थिएन । एकातिर घरको आर्थिक अवस्था कमजोर थियो भने अर्कोतर्फ अपाङ्गता भएको व्यक्ती भनेर हेप्ने गरिन्थ्यो । त्यसका बावजुत पनि उहाँले आफ्नो शिक्षा प्राररम्भ गर्नुभयो । गाउँकै दुर्गा भवानी माध्यमिक विद्यालयमा आफ्नो पढाई थालनी गर्नुभएका देवी कक्षामा सधै उत्कृष्ट हुनुहुन्थ्यो ।
पढाई रोक्न दबाब
देवी पढाईसँगै अतिरिक्त क्रियाकलापमा समेत रुची राख्ने गर्नुहुन्थ्यो । उहाँको कक्षा ८ को परिक्षा चलिरहेको थियो । उहाँलाई अब पढाई रोक्नुपर्ने दबाब घरपरिवार र गाउँसमाजबाट दिन थालियो । उहाँ भन्नुहुन्छ, “एकातिर घरको आर्थिक अवस्था कमजोर थियो, अर्कोतर्फ दृष्ट्रि सम्बन्धि अपाङ्गता भएर होला पढेर के हुन्छ र ? भन्ने प्रश्न गरिन्थ्यो । अनि घरमा आमा बुवाले पनि अब नपढ्ने भनेर निर्णय गरेपछि म धेरै रोए,” उहा थप्नुहुन्छ, “त्यसपछि मेरो पढेर असल र सामाजिक मानिस बन्ने मेरो सपनामा ब्रेक लाग्न थाल्यो । म धेरै समय रोएरै दिन विताए ।” घरको आर्थिक अवस्था पनि कमजोर थियो । देवीले अब बुवा आमाले भनेअनुसार पढाई छोड्ने निर्णयमा पुग्नुभयो । उता कक्षा ८ को नतिजा सार्बजनिक भयो । उहा उत्कृष्ट नतिजा ल्याएर पास हुनुभएछ । पास भएपनि उहाले अब आफ्नो पढाई रोक्ने भनेर घरमै बस्नुभएको थियो ।
परिलक्षित संस्थाको सहयोगले रोकिएको पढाईलाई निरन्तरता
देवीले आफु पढ्ने धोको हुँदाहुँदै पनि पढाई रोक्ने निर्णयमा पुग्नुभएको थियो । कारण थियो, घरको आर्थिक अवस्था कमजोर हुनु । सँगै न्युन दृष्ट्रिबिहिन हुनु । एकदिनको कुरा हो । अपाङ्गताको क्षेत्रमा काम गर्ने उहाँको गाउँको एकजना व्यक्तीसँग भेट भयो । अनि उहाको जीवनको सोचमा परिवर्तन आयो ।
“घरको आर्थिक अवस्था पनि कमजोर थियो, मलाई पढेर के गर्न सक्छे र भन्ने अर्को प्रश्न थियो । देवी भन्नु्हुन्छ,” “म अब पढ्दिन भन्ने सोचमा पुगेको थिए । एक दिन हाम्रै गाउँका एकजना पुष्पा रोकाय भन्ने दिदीसँग भेट भयो । उहाँले अपाङ्गताको क्षेत्रमा काम गर्नुहुँदो रहेछ, उहाँ दिदीले आर्थिक अवस्था कमजोर भएका अपाङ्गता भएका व्यक्तीहरुलाई परिलक्षित संस्थाले छात्रावृत्ती दिन्छ भनेर सुनाएपछि म एकदमै खुशी भएँ ।”
परिलक्षित संस्थाले आर्थिक अवस्था कमजोर भएका अपाङ्गता भएका व्यक्तीहरुलाई शिक्षा हासिल गर्न सहयोग गर्ने कु्रा थाहा पाएपछि उहाले आवेदन दिनुभयो । आवेदनपछि देवी छनौट हुनुभयो । छात्रावृत्ति पाउने भएपछि उहाँ ढुक्क हुनुभयो ।
“त्यो दिन मेरो खुशी सिमा थिएन । रोकिन लागेको पढाईलाई निरन्तरता दिन पाउँने भएपछि मैले ९ कक्षामा भर्ना भए । मलाई झनै उत्साह थपियो अनि २०७५ सालमा एसइई पास भएँ अनि घरमा आमा बुवा पनि धेरै खुशी हुनुभयो । देवी भन्नु्हुन्छ,”
परिलक्षित संस्थाले शैक्षिक सहयोग कार्यक्रम अन्तरगत शिक्षा आर्जनको लागि सबै खर्च बेहोर्ने गरेको भन्दै आफुजस्ता धेरै व्यक्तीहरु यो कार्यक्रमबाट लाभाम्बित भएको उहाको भनाई छ ।
काम गर्दै पढ्दै
एसईई पासपछि उहाँ बैंकर बन्ने लक्ष्यका साथ प्लस टु भर्ना हु्नुभयो । उहाले लेखा विषय पढ्नुभउको छ । घरपरिवार, समाज सबैले उहालाई होसला प्रदान गर्न थाले । त्यसपछि उहाँ पढ्दै अपाङ्गताको क्षेत्रमा पैरवी गर्न थाल्नुभयो । साथै उहाले केही संघसंस्थामा आफ्नो क्षेत्रअनुसार काम गर्न थाल्ुभयो । देवी अहिले स्नातक तह पुरा गर्ने तयारीमा हुनुहुन्छ । उहाँ अहिले अपाङ्ग एकता समाज कैलालीको लेखापालको रुपमा काम गर्दै हुनुहुन्छ । भने उहाले अपाङ्गता भएका व्यक्तीहरुको अधिकारका लागि पैरवी गर्दै आउनुभएको छ । नेपाल अपाङ्ग महिला संघ कैलालीको अध्यक्ष समेत रहनुभएका अपाङ्गता भएका व्यक्तीहरुको अधिकारको लागि पैरवी गर्दै सरकारी सेवामा प्रवेश गर्ने भावी योजना हुनुहुन्छ ।
हौसला पाए अपाङ्गता भएका व्यक्तीहरु सफल बन्न सक्छन्
हौसला पाए अपाङ्गता भएका व्यक्तीहरु सफल बन्न सक्छन्
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

