सुर्खेत । चेतन सुनार सुर्खेत सीम्ता गाउँपालिकाको राकममा २०५५ सालमा जन्मिनुभयो । चेतनको बाल्यकाल गाउँमै वित्यो । सामान्य परिवारमा जन्मिनुभएका उहाँका तिन दाजुभाई छन् । घरपरिवारको आर्थिक अवस्था नीकै कमजोर हुँदा १० बर्ष हुँदा मात्रै विद्यालय जानुभयो । चेतनका बुवा रोजगारी गर्न जानुभएका भारततिरै बसेपछि घरको आर्थिक अवस्था झनै नाजुक बन्न पुग्यो । सुनार दृष्टि सम्बन्धि अपाङ्गता भएका व्यक्ती समेत हुनुहुन्छ । एकातिर परिवारको आर्थिक अवस्था कमजोर थियो भने अर्कोतर्फ अपाङ्गता भएकै कारण गाउँघरमा फरक नजरले हेर्ने गरिन्थ्यो । चेतन र उहाँका दाइभाईको लालन पालनको लागि आमाले धेरै दुख गरेर हुर्काउनुभयो । “यतीसम्मकी घरमा खाना लाउन समेत समस्या थियो । चेतन भन्नुहुन्छ,” “बुवा भारत गएको उतै बस्नुभयो, हामी तिन भाइलाई लालन पालन गर्न आमालाई धेरै समस्या थियो । घरमा समस्या भएपछि हामी धेरै समय मामाको सहारामा बाँच्यौँ, त्यतीबेला पढ्नेभन्दा पनि बाँच्ने कसरी भन्ने चिन्ता थियो ।”
घरको आर्थिक अवस्थाकै कारण चेतनले ढिलै उमेरमा पढ्न शुरु गर्नुभयो । सानैदेखि पढाईमा मेहेनत गर्ने उहाले कक्षा ३ सम्म सिम्ता गाउँपालिका सुर्खेतको बागेश्वरी माध्यमिक विद्यालयमा पढ्नुभयो । ४ कक्षादेखि भने उहाले रामघाटको श्रीकृष्ण मावीमा पढ्नुभयो ।
“मेरो बाल्यकाल धेरै दुखदायी वित्यो, घरमा आमा मात्रै हुनुहुन्थ्यो, पढ्ने लेख्ने पैसा पनि थिएन । जेनतेन १० बर्ष हुँदा मैले पढाई शुरु गरेँ । पढ्न जाँदा लगाउने कपडा पनि थिएन, किताब कापी किन्ने रकम पनि हुन्थेन । तथापी जेनतेन पढाई शुरु गरेँ । उहाले भन्नुभयो, पढाईमा मेहेनत भने गरिरहेँ ।”
चेतनले पढेर सरकारी जागिरी खाने लक्ष्य बनाउनुभयो । तर आर्थिक अवस्थाका कारण लक्ष्य पुरा हुन्न की भन्ने चिन्ताले चेतनलाई पिरोल्थ्यो । “सरहरुले पढाएको देख्दा मलाई शिक्षक बन्ने लक्ष्य बनाएँ । मैले घरमा आउँदा पनि पढाईँमा धेरै मेहेनत गर्थे भने विद्यालयमा हुँदा पनि मेहेनत गर्थे, त्यही मेहेनत देखेर सरहरुको हौसला र माया पाउँथे । त्यो हौसलाले मलाई झनै उर्जा दियो, आमाले पनि म जसरी भएपनि पढाउछु भनेर साथ दिनुहुन्थ्यो, मलाई झनै उर्जा र केही गर्छु भन्ने हुटहुटी बढ्यो । तर आर्थिक रुपमा कमजोर हुँदा कतै लक्ष्य पुरा हुन्न की ? भन्ने चिन्ता पनि लाग्थ्यो, चेतन भन्नुहुन्छ ।”
चेतन हरेक कक्षामा प्रथम, द्वतिया हुनुहुन्थ्यो । जसले गर्दा अझै पढ्ने र लक्ष्य पुरा गर्ने जाँगर बढ्दै गयो । तर आमाको स्वास्थ्य अवस्था विग्रदै गयो । उपचार गर्ने पैसा पनि थिएन । उहाले कक्षा ११ बढ्दै गर्दा आमा गुमाउनुपर्यो । त्यसपछि चेतनलाई झनै घरयासी समस्या पर्न थाल्यो । “एकातिर आफ्नो लक्ष्य पुरा गर्नु थियो, अर्कोतिर आमाको मृत्युपछि घरको समस्या उस्तै थियो । तैपनी मैले हार मानिन सबै समस्यासँग जुधेर आफ्नो पढाईलाई अगाडी बढाइरहेँ ।”
उहाले प्लस टु गर्दै गर्दा केही संघ संस्थाले आर्थिक सहयोग गरेका थिए । त्यसपछि चेतनलाई केही सहज हुँदै गयो । सुर्खेतमा अपाङ्गता भएका व्यक्तीहरुलाई सहयोग गर्दै आएको परिलक्षित नामक संस्थाले उहालाई पढ्न लेख्न र बस्नको लागि सहयोग गर्यो । क्याम्पस तहसम्म पढ्नको लागि उक्त संस्थाले सहयोग गरेपछि उहाले शिक्षक लाइसेन्स निकाल्नुभयो । अनि संस्थाकै सहयोगमा उहाले शिक्षक सेवा आयोगको तयारी गरेको बताउनुहुन्छ ।
चेतन भन्नुहुन्छ, “सुर्खेतमा रहेको परिलक्षित संस्थाले अपाङ्गता भएका व्यक्तीहरुलाई सहयोग गर्दै आएको रहेछ, मैले पनि त्यो संस्थाको सहयोगमा उच्च शिक्षा लिने अवसर पाएँ । खाना बस्न सबै सुविधा संस्थाले दिएपछि मलाई पढ्न धेरै सहयोग मिल्यो, अनि मैले शिक्षक लाइसेन्स निकालेर शिक्षक सेवा आयोगको तयारीमा जुँटे ।”
चेतनले लामो मेहेनतपछि आफ्नो लक्ष्य भेट्टाउनुभयो । उहाले अहिले शिक्षक सेवा आयोगले लिएको परिक्षामा शिक्षक पदमा नाम निकालेर स्थायी शिक्षक बन्नुभयो । यो सफलताले उहालाई धेरै हर्सित तुल्यायो ।
“समस्याकै बिचमा लामो संघर्षपछि मेरो लक्ष्य पुरा गरेको छु, यतीबेला म मेरो आमालाई सम्झन्छु । मलाई सहयोग गर्ने गुरुहरुलाई सम्झन्छु भने छुटाउँनै नहुने मलाई पढ्न सहयोग पुर्याउने परिलक्षित संस्थालाई आभार प्रकट गर्छु, मैले गर्नु धेरै बाँकी छ ।”
शिक्षा क्षेत्रबाट ैसहाराबिहिन, आर्थिक अवस्था कमजोर भएका व्यक्तीहरुलाई अब्बल बनाउने आफ्नो आगामी योजना रहेको चेतन बताउनुहुन्छ । मेहेनत गर्न सके विभिन्न नीकायले सहयोग पनि गर्छन अनि आफ्नो लक्ष्य पनि पुरा गर्न सकिन्छ भन्ने गतिलो उदाहरण प्रस्तुत चेतनले गर्नुभएको छ ।
दृष्ट्रि सम्बन्धि अपाङ्गता भएका चेतनको कथाः धेरै मेहेनतपछि लक्ष्य पुरा
दृष्ट्रि सम्बन्धि अपाङ्गता भएका चेतनको कथाः धेरै मेहेनतपछि लक्ष्य पुरा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु