सुर्खेत । कर्णालीबाट यो बर्षको दशैंमा १२ हजार खसीबोका र भेडाच्याङ्ग्रा निकासी भएको छ । जसबाट २५ करोड बराबरको आम्दानी भएको छ ।
कर्णाली प्रदेश पशुपंक्षी विकास निर्देशनालयको तथ्याङ्कअनुसार कर्णाली प्रदेशबाट यो बर्षको दशैंको अवधीमा अहिलेसम्म १२ हजार खसीबोका र भेडाच्याङ्ग्रा निर्यातबाट २५ करोड आम्दानी भएको हो ।
गत आर्थिक बर्ष २०८१÷८२ को एक बर्षमा २१ हजार एक सय ५२ वटा खसीबोका र भेडाच्याङ्ग्रा निर्यात भएको थियो जसबाट ३९ करोड ७५ लाख आम्दानी भएको थियो ।
उहाका अनुसार प्रदेशबाट निर्यात हुने खसीबोका र च्याग्रामध्य दशैँको बेलामा मात्रै ५० प्रतिशत निर्यात हुने गरेको छ । गत बर्षभकै हाराहारीमा यो बर्ष पनि खसीबोका निर्यात भएको उहाको भनाई छ ।
अरु समयमा दैनिक २ सय खसीबोका निर्यात हुने कर्णालीबाट दशैंको एक महिनामा ४ सयका दरले दैनिक निर्यात हुने गरेको तथ्याङ्क छ ।
कर्णालीबाट निर्यात हुने खसीबोका र भेडाच्याङ्ग्रा काठमाडौं, पोखरा, नेपालगञ्ज लगायतका ठाउँमा जाने गरेको भन्दै पशुपंक्षी निर्देशनालयका निर्देशक कृष्ण प्रसाद पंगेनीले जानकारी दिनुभयो ।
सुर्खेत, दैलेख, सल्यानमा खसीबोका धेरै उत्पादन हुने गरेको छ भने डोल्पा, जुम्ला, मुगु लगायतका जिल्लाबाट भेडाच्याङ्ग्रा उत्पादन भई निर्यात हुने गरेको उहाको भनाई छ ।
यसैबिच, कर्णाली प्रदेश अण्डा बाहेक अन्य पशुजन्य पदार्थतमा आत्मनिर्भर बनेको छ । आयातभन्दा धेरै निर्यात हुने गरेको तथ्याङ्क छ ।
प्रदेशबाट बार्षिक रुपमा पशुपंक्षीजन्य २ अर्ब १९ करोडको उत्पादन निर्यात हुने गरेको छ भने ४७ करोडको आयत हुने गरेको छ । दुधमा समेत आत्मनिर्भर रहेको कर्णालीबाट दैनिक ६ हजार लिटर दुध निर्यात हुने गरेको पंगेनीले बताउनुभयो ।
प्रदेश सरकारले उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम संचालन गर्दै आएको छ भने दुध उत्पादनमा ५ रुपैयाँ अनुदान दिने गरिएको छ । जसले किसानहरुमा पशुपालन व्यवसायमा आकर्षण बढेको निर्देशक पंगेनीले जानकारी दिनुभयो ।
कर्णालीबाट दशैंको अवधीमा मात्रै २५ करोडको खसीबोका निकासीबाट २५ करोड आम्दानी
कर्णालीबाट दशैंको अवधीमा मात्रै २५ करोडको खसीबोका निकासीबाट २५ करोड आम्दानी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु