सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले नेपाल पत्रकार महासंघ, सुर्खेत शाखाका अध्यक्ष तथा पत्रकार मधुवन बिसीलाई संघको प्रेस सल्लाहकारमा नियुक्त गरेको छ।
संघको २०८३ साल साउन १९ गते बसेको कार्यसमिति बैठकको निर्णयअनुसार बिसीलाई प्रेस सल्लाहकारको जिम्मेवारी दिइएको हो।
संघका अध्यक्ष हर्षविक्रम खड्काले बिसीलाई नियुक्तिपत्र हस्तान्तरण गर्नुभएको छ ।
पत्रकारिता क्षेत्रमा बिसीले पुर्याउँदै आएको योगदान तथा नेपाल पत्रकार महासंघ, सुर्खेत शाखाको अध्यक्षका रूपमा निर्वाह गरिरहेको भूमिकालाई मध्यनजर गर्दै संघको प्रेस सल्लाहकारमा नियुक्त गरिएको संघले जनाएको छ।
संघले पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्षलाई प्रेस सल्लाहकार नियुक्त गर्ने विगतदेखिको प्रचलनलाई निरन्तरता दिँदै संघ र सञ्चार क्षेत्रबीचको सम्बन्धलाई थप सुदृढ बनाउन खोजेको जनाएको छ।
संघका गतिविधि, उद्योगी–व्यवसायीका समस्या तथा संस्थागत धारणा सम्बन्धित निकाय र आमनागरिकसमक्ष प्रभावकारी रूपमा पुर्याउन प्रेस सल्लाहकारको भूमिका महत्वपूर्ण हुने संघको विश्वास छ।
नवनियुक्त प्रेस सल्लाहकार बिसीले संघले दिएको जिम्मेवारीलाई सञ्चार क्षेत्र र निजी क्षेत्रबीचको समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउने अवसरका रूपमा लिएको बताउनुभयो।
उहाँले उद्योगी–व्यवसायीका समस्या, निजी क्षेत्रका सवाल तथा संघका गतिविधिलाई सञ्चारमाध्यममार्फत तथ्यपूर्ण र प्रभावकारी रूपमा सार्वजनिक गर्न आफ्नो भूमिका रहने बताउनुभयो।
अध्यक्ष हर्षविक्रम खड्काले संघ र सञ्चार क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन प्रेस सल्लाहकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।
उहाँले उद्योगी–व्यवसायीका समस्या, संघका गतिविधि तथा निजी क्षेत्रका मुद्दालाई सम्बन्धित निकायसम्म पुर्याउन सञ्चार क्षेत्रसँग निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
बिसीको नियुक्तिले संघको संस्थागत गतिविधिको प्रचार–प्रसारसँगै सञ्चार क्षेत्रसँगको समन्वय थप मजबुत हुने विश्वास व्यक्त गरेका छन।
संघले नवनियुक्त प्रेस सल्लाहकार बिसीले संघको पेसागत जिम्मेवारी, गोपनीयता तथा संस्थागत हितलाई कायम राख्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने अपेक्षा गरेको छ।
प्रेस सल्लाहकारमा नियुक्त बिसीले आगामी दिनमा संघ र सञ्चार क्षेत्रबीच थप सहकार्य र समन्वय गर्दै उद्योगी–व्यवसायीका सवाललाई सार्वजनिक बहसमा ल्याउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सुर्खेत उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा मधुवन बिसी नियुक्त
सुर्खेत उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा मधुवन बिसी नियुक्त
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
