सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली पर्यटन दशकको शुरुवात गर्ने भएको छ ।
चालु आर्थिक वर्षको २०८३÷८४ को बजेट कार्यक्रममार्फत कर्णालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन मानचित्रमा विशिष्ट गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ कर्णाली पर्यटन दशक को सुरुवात गर्ने जनाएको हो ।
हिमाल, ताल, वन, संस्कृति र सभ्यताको अनुपम सङ्गम रहेको कर्णालीको पर्यटन क्षेत्रको समग्र विकास र प्रवर्धनका लागि सरकारले करिब ५४ करोड रकम विनियोजन गरेको छ ।
प्रदेशका प्रमुख धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलहरूको संरक्षण र प्रवर्धन गर्नेगरी योजना ल्याइएको छ ।
मुगुको प्रसिद्ध रारा ताल, सुर्खेतको ऐतिहासिक काँक्रेविहार, बुलबुले उद्यान तथा चौहान पार्क, सल्यानको कुपिण्डे दह र रुकुम पश्चिमको स्यार्पुतालको संरक्षण एवम् विकासका लागि हाल कार्यान्वयनमा रहेका गुरुयोजनालाई थप प्रभावकारी बनाउने सरकारले जनाएको छ । हिमाली उडानमा सहुलियतकर्णालीमा पर्यटक आगमनलाई सहज बनाउन हवाई पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ ।
सहरी क्षेत्रको सौन्दर्य अभिवृद्धि, हरित वातावरण संरक्षण र पर्यापर्यटनको दिगो विकासमार्फत स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने योजना बनाइएको प्रदेश सरकारले जनाएको छ ।
होमस्टे र जनशक्ति विकासमा सिप प्रवर्धनग्रामीण पर्यटन र घरबास (होमस्टे) लाई प्रवर्धन गर्न स्थानीय नागरिकलाई प्रत्यक्ष जोड्ने योजना ल्याइएको छ।
नागरिकहरूलाई पर्यटनसम्बद्ध रोजगारी, हस्पिटालिटी, ट्रेकिङ्ग गाइड, स्थानीय मौलिक वास्तुकला र रैथाने बालीबाट उत्पादित परिकारसम्बन्धी सिप विकास गर्ने भनिएको छ ।
यसले कर्णालीको मौलिक संस्कृति र खानालाई विश्वसामु चिनाउन सहयोग पुग्ने विश्वास लिइएको छ । तर सरकारले हरेक बर्ष पर्यटक आकर्षण गर्ने भन्दै योजना बनाएपनि कागजमै सिमित भएको सरोकारवालाहरु बताउछन् ।
प्रदेश सरकार स्थापनाकालदेखि नै पर्यटन क्षेत्रको विकासका लागि भन्दै लोकप्रिय कार्यक्रम ल्याउने गरेको भएपनि कार्यान्वयन हुन नसकेको सुर्खेतमा टुर एण्ड ट्राभल्समा कार्यरत व्यवसायी चुडामणी खत्रीले बताउनुभयो ।
उहाले सरकारले ल्याउने कार्यक्रम व्यवहारमा कार्यान्वयन हुनुपर्ने सुझाव दिनुभयो ।
कर्णाली प्रदेश सरकारले यो बर्षदेखि कर्णाली पर्यटन दशकको शुरुवात गर्ने
कर्णाली प्रदेश सरकारले यो बर्षदेखि कर्णाली पर्यटन दशकको शुरुवात गर्ने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
