कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज ९बुधबार० बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।
प्रदेश सभामा मुख्यमन्त्री शाहीले २१ मत पाउनुभयो । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३६ सांसद उपस्थित भएका थिए । जसमध्ये विश्वासको मतको पक्षमा २१, विपक्षमा १३ र २ मत तटस्थमा परेको छ ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा सरकार बनाउन २१ जना सांसदको समर्थन चाहिन्छ । वर्तमान सत्तारुढ दल नेकपाका १४ र एमालेका १० ९सभामुखसहित० जम्मा २४ जना सांसद छन् । प्रदेश सभामा नेपाली काँग्रेसका १५, नेकपा परित्याग गरेका पूर्व मुख्यमन्त्री समेत रहेका राजकुमार शर्मा र राप्रपाका एक सांसद छन् ।
सभामुख नन्दा गुरुङले मुख्यमन्त्री शाहीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत सांसदले मतदान गरेको बताउँदै शाहीले विश्वासको मत प्राप्त गरेको घोषणा गर्नुभयो ।
नेकपा ०एमाले० को समर्थनमा नेपाली कम्युनिस्ट पार्टीका प्रदेश संसदीय दलका नेता शाही गत १२ साउनमा प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्रीमा नियुक्त भएको २३ औँ दिनमा शाहीले विश्वासको मत लिनुभएको छ ।
शाही तीन सातासम्म एक जना पनि मन्त्री नियुक्त नगरेर विश्वासको मत पाउने पहिलो मुख्यमन्त्री बन्नुभएको छ ।
‘मन्त्रालयमा भागबन्डा नमिल्दा मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जिसीले दुई दलबिच मन्त्रालय भागभण्डा पनि टुङ्गो लागेकाले आजै मन्त्रीपरिषद विस्तार हुने बताउनुभयो ।
दुई पार्टीका प्रदेश संसदीय दलबिच ६ बुँदे सहमति भएको छ । सहमति अनुसार नेकपाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बाहेक तीन र एमालेले पनि मन्त्रालय लिने सहमति जुटेको छ ।
