सुर्खेत । निर श्रेष्ठ कक्षा ८ मा पढ्दै हुनुहुन्थ्यो । नेपाली समाजमा एकअर्कामाथी भएको विभेद महसुस गर्नुहुन्थ्यो । जातिय रुपमा, लैङ्गिक रुपमा, आर्थिक रुपमा लगायत अन्य तरिकाले एक अर्कालाई विभेद भइरहेको थियो । श्रेष्ठलाई मनमा प्रश्न उठ्थ्यो यस्तो विभेद किन ? सबैको अस्तित्व बराबर छैन र ? यस्ता प्रश्ले उहालाई सताइरहन्थ्यो ।
सिन्धुपाल्चोक जिल्ला लिसङ्ग पाखर गाउँपालिकामा जन्मिनुभएका श्रेष्ठ दृष्ट्रि सम्बन्धि अपाङ्गता भएका व्यक्ती हुनुहुन्छ । ब्रेललिपीबाट आफ्नो पढाई आरम्भ गर्नुभएका श्रेष्ठले समाजमा सबैतिर विभेद र असमानता आफ्नै जीवनमा समेत भोग्नुभयो । “म कक्षा ८ मा पढ्दै थिएँ, समाजमा रहेको विभिन्न विभेद देख्थे । मलाई लाग्थ्यो, मानिसहरु सबै बराबर हुन, तर सबैलाई एउटै खालको व्यवहार किन हुँदैन ? मलाई पनि अपाङ्गता देखेरै होला, दयाँको भावनाले कसरी जीवन निर्वाह गर्ला जस्ता कुराहरु गरिन्थ्यो ।”
समाजमा परिवर्तन भएको सपना देखिरहने श्रेष्ठले आफ्नो पढाईप्रति ध्यान र मेहेनत भने धेरै गनुहुन्थ्यो । अपाङ्गता भएका व्यक्तीहरुप्रति गरिने व्यवहार त उहा आफैले भोग्नु नै भएको थियो । उहाले यो अवस्थालाई परिवर्तन गर्नको लागि पैरवी र जनचेतना आवश्यक छ । “मैले सोच्थे, समाजमा हुने विभिन्न खालका विभेदहरु किन भइरहेको छ ? अझै अपाङ्गता भएका व्यक्तीहरुलाई हेर्ने दृष्ट्रिकोणमा किन फरक भएको होला भन्ने सोचले मलाई सताउथ्यो । म अब यो समाजको लागि केही सिर्जनशिल र रुपान्तरणमुखि काम गरेर समाजलाई नयाँ सन्देश दिन्छु भनेर आफ्नो पढाइप्रति मेरो ध्यान केन्द्रीत गरेँ, श्रेष्ठ भन्नुहुन्छ,”
कक्षामा सधै प्रथम
समाज रुपान्तरण गर्ने सोचका साथ आफ्नो ध्यान अध्यनमा केन्द्रीत गर्नुभएका श्रेष्ठले सानो कक्षा सिन्धुपाल्चोक जिल्ला सदरमुकामा पढ्नुभयो । बे्रलेलिपीमा पढ्नुभएका उहा पढाईमा धेरै उत्कृष्ट हुनुहुन्थ्यो । तर घरपरिवार आफन्तले भने कसरी जीवन निर्वाह गर्ला ? भनेर भावनात्मक बनाउथे । तर उहाँको पढाइप्रतिको लगाव राम्रो थियो । उहाँ सधै कक्षामा प्रथम नै हुनुभयो । विद्यालय तहसम्म उहा प्रथम श्रेणीमा नै उतिर्ण हुँदै जानुभयो । श्रेष्ठ भन्नुहुन्छ, “म जब कक्षामा सधै प्रथम हुन थाले, मलाई घरपरिवार, गुरुहरुले हौसला दिन थाल्नुभयो, अनि मलाई अझै अगाडी बढ्ने सहानुभुती मिल्यो, त्यसपछि पढाईप्रति अझै लगाव बढाएँ ।”
श्रीवनदेवी मावीमा पढ्नुभएका उहाले २०७१ सालमा प्रथम श्रेणीमा एसएलसी पास गर्नुभयो । एसएलसी पासपछि कसरी जीवन निर्वाह गर्छ होला भन्ने सोचमा आफन्त र घरपरिवारमा परिवर्त आउन थाल्यो । उहाँको मेहेनत र सोच्ने शैलि देखेर साथीभाई, आफन्त र घरपरिवारले अझै हौसला र आँट दिन्थे । तर घरको आर्थिक अवस्था मध्यम स्तरको थियो । एसएलसी पासपछि अब काँहा पढ्ने भन्ने चिन्ता थियो । “म ढिलो कक्षा शुरु गरेको भएपनि मेहेनत भने धेरै गर्थे । त्यही मेहनतका कारण सधै कक्षामा प्रथम भइरहे । मेरो परिवार मध्यम स्तर आर्थिक अवस्था भएको परिवार हो । मसहित दाजुभाई अनि दिदीहरुलाई पठनपाठनमा लाग्ने खर्च अनि घरखर्च चलाउन सहज थिएन । राम्रो अंक ल्याएर एसएलसी पास भएपछि मैले आफ्नो पढाईलाई निरन्तरता दिनुपर्छ भन्ने थियो । तर आर्थिक अभाव थियो ।”
अनि छात्रावृत्ती पाएपछि अगाडी बढ्यो पढाई
अनि अपाङ्गताको क्षेत्रमा काम गर्ने परिलक्षित संस्थाले उच्च शिक्षा गर्नेहरुको लागि छात्रवृत्ती खुलाएको श्रेष्ठले थाहा पाउनुभयो । उहाले फर्म भर्नुभयो, उहाँ छात्रवृत्ती पाउनुभयो । अनि त्यसपछि उहाँको पढाई अगाडी बढ्ने निश्चित भयो । अनि काठमाडौंमा गएर उहाले आफ्नो प्लस टु को पढाई थाल्नुभयो । “म आफ्नो पढाईलाई निरन्तरता दिन काठमाडौं गएँ । होस्टेलको व्यवस्थासहित पढाई खर्च समेत परिलक्षि संस्थाले बेहोरेपछि मलाई सहज भयो । मैले पढाईमा लगाव लगाएर रातदिन मेहेनत गरेँ । २०७४ सालमा प्लस टु पास गरेँ । अनि २०७८ सालमा स्नातक तह समेत उतिर्ण गर्न सफल भएँ ।”
अनि अपाङ्गता अधिकारकर्मी
श्रेष्ठ आफै दृष्टि सम्बन्धि अपाङ्गता भएका व्यक्ती हुनुहुन्छ । शुरुमा त उहाले केही रुपमा फरक नजरले आफुलाई हेरको महसुस गरेपनि आफ्नो जीवनमा विभेदको महसुस भने खासै गर्नुभएन । तर उहाँ देशका धेरै ठाउँमा पुग्नुभयो, सबैतिर अपाङ्गता भएका व्यक्तीहरुप्रति गरिने व्यवहार र विभेद व्यापक पाउनुभयो ।
“म बच्चा हुँदा आँखा नदेख्ने भनेर जिस्क्याउथे । भने कसैले दयाको भावनाले हेरेको पाउथे । आँखा नदेख्ने मान्छे कसरी जीवन निर्वाह गर्ला ? कसरी आफ्नो करिअर बनाउँला भनेर दयाको भावले प्रकट गरेको पाउथे । मलाई के लाग्थ्यो भने म जसरी भएपनि पढेर असल मानिस बन्छु । अनि अपाङ्गता भएका व्यक्तीहरुको अधिकारका क्षेत्रमा पैरवी गर्छु । समाजको दृष्ट्रिकोणमा परिवर्तन ल्याउछु भन्ने लाग्थ्यो । मैले त्यो पथ समाएरै अगाडी बढ्छु भन्ने सोच बनाउथे ।”
त्यही अनुसार आफुलाई तयार गरेको श्रेष्ठले अभियान चलाउन शुरु गर्नुभयो । अनि धेरै मानिसहरुको उहाप्रति हेर्ने दृष्टिकोणमा समेत परिवर्तन भएको उहाले महसुस गर्नुभयो । अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुले समेत उहालाई बोलाउन थाले । “जब मैले अपाङ्गताप्रति भएको व्यवहार र उनिहरुका हरेक विषयहरु बुझ्दै गएँ । मैले २०७२ सालदेखि अपाङ्गताका सवालसँगै सामाजिक मुद्धाहरुमा पैरवी गर्न थाले । आफुजस्तै अपाङ्गता भएका व्यक्तीहरुलाई अधिकार सम्पन्न गराउनुपर्छ भनेर काम गर्न थाले । एकातिर पढाइलाई पनि निरन्तरता दिएँ भने अर्कोतर्फ अधिकारका विषयमा विभिन्न ठाउँमा पैरवी गर्दै गएँ । सामाजिक काममा लाग्दै गएँ । जसले गर्दा मलाई अझै निखारता ल्यायो ।
अहिले उहा नेत्रहिन युवा संघ नेपालमा कार्यक्रम अधिकृत हुनुहुन्छ । उहाले देशभर नै अपाङ्गता भएका व्यक्तीहरुको अधिकारको लागि सरकार र समाजलाई पैरवी गरिरहनुभएको छ । विगतभन्दा अहिले समाजमा धेरै परिवर्तन आएको श्रेष्ठले महसुस गर्नुभएको छ । उहाले हरेक चुनौतीको सामना गर्दै अपाङ्गता भएका व्यक्तीहरुले पनि समाजको लागि केही गर्न सक्छन भन्ने प्रेरणा दिनुभएको छ ।
“मैले जुन लक्ष्यका साथ मेहेनत गरेँ । त्यसलाई प्राप्त गर्दै गएँ । मैले अहिले आफुलाई सामाजिक कार्यमा लगाइरहेको छु । अपाङ्गता भएकै कारण धेरै मानिसहरु अहिले पनि पढ्न लेख्न र आफ्नो अधिकारबाट वञ्चित छन् । संविधानले दिएको अधिकारका बारेमा समेत जानकार छैनन् । त्यसैले आगामी दिनमा अपाङ्गताका कारण पछाडी पर्नुभएको व्यक्तीहरुलाई सचेत बनाउँदै राज्यको मुलधारमा ल्याउने सेतुको भुमीका निर्वाह गर्ने र समावेशी समाज निर्माण गर्नेगरी अधिकारकर्मी भएर काम गर्ने योजना बनाएको छु ।”
कहिले पनि आफुलाई कमजोर नठानेर अगाडी बढ्नुपर्ने उहाको सुझाव छ ।
समाज रुपान्तरणको लागि अभियान चलाउदै निर श्रेष्ठ
समाज रुपान्तरणको लागि अभियान चलाउदै निर श्रेष्ठ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु