सुर्खेत । शुद्ध खानेपानी नियमिति रुपमा उपलब्ध गराइदिन सुर्खेत लेकवेसी नगरपालिकाका नागरिकले माग गरेका छन् ।
लेकवेसी नगरपालिकाको आयोजना तथा पिपल एक्सेस नेपालको सहजिकरणमा विभिन्न वडामा सम्पन्न भएका सामाजिक परिक्षण कार्यक्रममा सहभागि भएका उपभोक्ताहरुले घर घरमा धारा जडान भएपनि पानी नियमित नआएको भन्दै शुद्ध खानेपानी उपलब्ध गराइदिन माग गरेका हुन् ।
लेकवेसी नगरपालिका वडा नम्बर ७ का स्थानीय बल बहादुर घर्तीले धारामा पानी नियमित आउने भएपनि आफुहरुले दुषित पानी खानुपरेको गुनासो गर्नुभयो ।
उहाले नगरपालिकाले पानी शुद्धिकरणको लागि फिल्टरहरु वितरण गरेको भएपनि ति फिल्टरहरु चाँडै विग्रिएको बताउनुभयो ।
शुद्ध खानेपानी उपलब्ध गराउनको लागि मुहानदेखि नै शुद्धिकरण विधि अपनाउनुपर्ने लेकवेसी नगरपालिका वडा ७ कै टंक ओलीले माग छ । कतिपय वडामा भने खानेपानी चरम अभाव रहेको स्थानीयको भनाई छ ।
उहाले खानेपानी उपभोक्ता समितिमा भएको आय व्यय विवरण पनि आम उपभोक्तालाई नियमित जानकारी गराउनुपर्ने माग गर्नुभयो ।
वडा नम्बर ८ का स्थानीय तुलसी थापाले आफ्नो वडामा खानेपानीको अभाव रहेकाले मुहान व्यवस्थापन गरि खानेपानी उपलब्ध गराउन माग गर्नुभयो ।
यता, खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुले भने उपभोक्ताहरुको मागलाई मध्यनजर गरी सबै धारामा खानेपानी पुर्याउने प्रयास गरिएको दाबी गरेका छन् ।
लेकवेसी नगरपालिकाको ठुलो योजना अन्तरगत पर्ने न्यावलखोला लमना खानेपानी उपभोक्ता समितिका अध्यक्ष संगम घर्तीले आम उपभोक्ताको धारामा नियमिति खानेपानी पुर्याइएको दाबी गर्दै पानी शुद्धिकरण गर्ने प्रयास समेत गरिएको बताउनुभयो ।
पानी शुद्धिकरण गर्न विभिन्न विधिहरु अपनाइएको भन्दै अझै नगरपालिकासँग समन्वय भइरहेको बताउनुभयो ।
जनप्रतिनिधिहरुले पनि खानेपानीको समस्या समाधान गर्नको लागि विभिन्न नीकायसँग पहल गरिएको र कतिपय योजना अहिले संचालन भइरहेका जानकारी गराएका छन् ।
वडा नम्बर ७ का वडा अध्यक्ष रुद्र बहादुर नेपालीले विभिन्न नीकायसँग समन्वय गरी खानेपानी समस्या हल गर्न मुहान संरक्षणदेखि एक घर एक धारा कार्यक्रम संचालन गरिएको जानकारी दिनुभयो ।
वडा नम्बर ६ का वडा अध्यक्ष प्रतिमान बाँकावलले पनि वडामा करिब सबै नागरिकको पहुँचमा खानेपानी पुगेको भन्दै शुद्धिकरण केही ठाउँका मुहान विवादलाई समाधान गर्नेगरी पहल भइरहेको बताउनुभएको छ ।
लेकवेसी नगरपालिकामा विभिन्न संघसंस्था र नगरपालिकाले खानेपानीको क्षेत्रमा करोडौंको लगानी गरेका छन् ।
शुद्ध खानेपानी नियमिति रुपमा उपलब्ध गराइदिन माग
शुद्ध खानेपानी नियमिति रुपमा उपलब्ध गराइदिन माग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
