विजय दशमी हिन्दु नेपालीको महान चाडपर्वको रुपमा मनाइन्छ । असत्य माथि सत्यको विजय भएको रुपमा आश्विन शुल्क पक्षमा प्रतिपदा देखि दशमी र त्यसपछिको कोजाग्रत पुर्णिमा दिनसम्म विजया दशमी बिशेष पर्वका रुपमा मनाइन्छ ।
विशेष गरी घर भण्डार कोठा सुर्यको किरण नआउने ठाँउमा मठमन्दिरमा जमरा पुजाकोठामा राखी जौं लगायत विभिन्न मिश्रित अन्न पनि उमारी जमरा राखिन्छ । वीरताको प्रतिको रुपमा शौर्यको उपसना हो । व्यक्ति र समाजको रगतमा वीरताको प्रकट होस भनेर पर्वलाई उत्सवको रुपमा लिएर विजया दशमी मनाउने प्रचलन सुरु भयो । चाडपर्वहरुले मानिसलाई आनन्दमय आभाय दिलाउछ । त्यसकारण विशेष महत्वका साथ मनाइन्छ । दशैंमा विभिन्न गीत संगितले पनि मोहित तुल्याउछ । कतिपय सुख,दुःख माया प्रेरणा साहित्यक कुरा पनि पर्वहरुमा लुकेको छ । वडादशैंको समय कुरेर टाढाटाढा देशविशेषमा रहेका नेपाली दाजुभाईहरु समेत गाउँघर तिर आउने गर्ने गरेका छन् । सोही समयमा आफन्तहरु समेत भेटघाट हुने एक स्वर्णिम अवसर पनि हो । विजय दशमी दश दिनसम्म मनाइने भएको कारण विजय दशमी भनिन्छ । दशैंमा नवदुर्गाको हिन्दु धर्मको शक्ति स्वरुप दुर्गादेवीको पुजाआराधाना गरिन्छ । दुर्गाको नौ वटा रुप शौलपुत्री, त्वछाचारणी,चन्दघण्टा,कुशमण्डा,स्कन्दमाता, कान्यायनी,कालरात्री, महागौरी र सिद्धिधात्री विशेष पुजा आराधाना गरिन्छ ।
नवदुर्गाको नौ रुप आश्विन शुक्ल प्रतिपर्दाको दिन देखि महानवमीसम्म एक /एक दिन गरी मनाइन्छ । दशै हिन्दु नेपालीहरुको महान पर्वका रुपमा मानेकै कारण दशैंमा साथीभाई इष्टमित्र,आफन्तहरुसंग भेट्ने भनेको पर्वहरुमा नै हो । शहरका बस्ति बाक्ला हुन्छन भने मन पात्लो हुन्छ तर गाउँघर तिर बस्ति पात्लो भनेता पनि मन भने बाक्लो हुन्छ । त्यसैले प्रायः मानिसहरु ठुला ठुला शहरमा बसोबास गर्ने गरेको भएता पनि चाडपर्वहरु त्यो पनि नेपालीको महान पर्व विजया दशमीमा गाउँघरतिर नै फर्किने भएकाले यो एक उत्सवका रुपमा सबैले मनाउन कै लागि भए पनि गाउँमा आइ रमाउने गरेका छन् । स्थानीय जमघट पनि हुने यही गाउँ मै हो ।
यस विजय दशमी लाग्नु पुर्व नै आफ्ना मृत आत्माका पितृहरुलाई श्रद्धासुमनको साथ सम्झिएर सोह्रश्राद्ध गरेर सकिएपछि १६ दिनपछि दशै लाग्छ । दशै लागि सकेपछि गाउँघरमा घर आँगन सरसफाई कति रमाइलो हुन्छ । सबै मिलि रातो माटो, सेतो,कमेरो, कालो माटो लगाएर घर आगनमा रङ्ग पोद्छन । कति पौरखी छन् कति मेहिनति छन् ।
गाउँका मानिस वस्तिहरु पातला भएपनि मन भने सकैको बाक्लो नै हुन्छ । प्राकृतिक रुपमा पाइने निःशुल्क उपहारको रुपमा प्रयोग गरी रङ्गिचङ्गि बनाएर सजाएका हुन्छन् । घर आगँन त्यस माथि शरद ऋतु खेतिपाति स्याहार्ने समय फलफुल पाइने बेलमा तिनका छर्किएका सुगन्धको वास्ता लिदाको मज्जा लिने मात्रै थाहा होला कस्तो हुन्छ भन्ने ।
यसरी चाडपर्वहरुमा भाइचारा मेलमिलाप सहयोग सदभाव आफ्ना मान्यजनको हातको टिका लगाउनलाई घाँस भात पुर्यारइ गाईबाख्रालाई जानुपर्ने हुन्छ । धर्मवस्तुको प्राकृति गुण हो । धर्मसंग नैतिकता जोडिएर आउँछ । नैतिक भौतिक उच्चतम अभ्यास संस्कार हो । आशा,उत्साह उमंगको पर्वको रुपमा दशैं मनाइन्छ । दशैका प्रमुख चारदिनलाई यसरी मनाइन्छ ।
महासप्तमी
नवरात्रीको सातौ दिन फुलपानति हो । यस दिनमा सात किसिमका फलफुलहरु चढाएर मनाइन्छ । धानको गाभा अनार अदुवाको बोट उखु कुश केरा आँपका पात लगायतका नौ थरीका वनस्पतिलाई चढाइ कलम कापि पुस्तकलाई समेत पुजा आराधना गरिन्छ ।
महाअष्टमी
आफ्ना कुल देवी देवतालाईई सम्झिएर विभिन्न जीवजन्तुको वली दिएर शाहाकारी र मांहासारीले आफ्नो आफ्नो अनुकुलमा पुजा गर्दछन् ।
महानवमि
हातहतियार खरखजना सवारीसाधनको पुजा आराधाना गरी कन्याको पुजा समेत गरी महानवमी मनाइन्छ ।
विजयादशमी
नवरात्री को दशौं दिनलाई विजयादशमी भनाइन्छ । यो दशैको खास दिनको रुपमा लिइन्छ । भगवान रामचन्द्रले रामायण माथि विजय प्राप्त गरेको दिनलाई विजयादशमी भन्ने प्रचलन छ ।
सोह्र सामागेरी देविदेवताको पुजा गरि नौ दिनसम्म केहि कमिकमजोरी भयो कि भनी तामाको थालिमा चन्दन राखी अष्टदल लेखि त्यसको विचमा तीनवटा माटाका प्रतिमा लेखि जमरालाई राखए विभिन्न देवि देवतालाई राखि जलचढाएर विभिन्न फलफुल राखि घर आँगन दैलो टिका लगाइ दिएर गाईको गोबरमा शुभ साइत पारी घरका जहान परिवारमा टिका लगाइन्छ । मान्यवरबाट साना केटाकेटिलाई चिना परिचय गराउने संस्कार सिकाउने गर्दछन् । दशैंको टिका लगाउदा पुरुपलाई र महिलालाई भिन्ना भिन्नै आर्शिवाद दिइन्छ ।
पुरुषलाइ दिने आशिष
“आयुर्द्रोणसुते श्रीयं दशरथे शत्रुक्षयं राघवे ।”
ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।।
शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञान बिदुरे भवति भावताम किर्तिश्च नारायण ।।।
यसरी दशैंको आर्शिवाद दिइन्छ । यसको अर्थको आफ्नै महिमा छ ।
महिलालाई दिइने आशिष
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तु ते ।।
जयत्वं देवी चामुण्डे जय भूतार्तिहारिणि ।
जय सर्वगते देवि कालरात्रि नमोस्तु ते ।।
यस मन्त्रलाई आरोग्य मन्त्र पनि भनिन्छ ।
मंगलगुण कि देवी अनि सदासर्वदा विजयी जयन्तीप्रति हार्दीक नमन ।
दशैमा आफु भन्दा ठुलो मान्यजनबाट जमरा टिका लगाई आर्शिवाद ग्रहण गरिन्छ । यस बेलाको विशेष अर्थपुर्ण रुपमा लिन सकिन्छ । मान्यजनको श्रद्धाभाव राख्नु मान्यजन प्रति आभारी हुनु मान्यजनको शुभ आर्शिवाद लिइन्छ ।
विजयादशमीलाई सामाजिक सचेतनाको रुपमा पनि लिनुपर्दछ । पछिल्लो समय नैतिकताको खडेरी परेको बेलामा आफ्नतसंग टिका ग्रहण गर्ने परम्परालाई सदा आत्मसात गर्दै आफ्ना रितितिथिलाई कायम गरेपछि संसक्र संस्कृति र प्रकृति रहे हामी रहन्छौं । जौको जमरा आफ्नै महिमा छ यसलाई पौष्टिक खाद्य तत्वको रुपमा पनि लिन सकिन्छ । विशेष गरी नेपाली समाज कलासंस्कार संस्कृति यसलाई जोगाइ राख्नको लागि आउने विकृति हटाई संस्कार संस्कृति जगेर्ना गर्नु उपजको अपहार्यता हो ।
चाडपर्वलाई भड्किलो जथाभावी उच्चश्रृंखला गतिविधि नबनाइ सामाजिक सदभाव, सह अस्तित्व, मेलमिलाप कामय राखी मनाउन देश विदेशमा रहुनभएका सबै नेपाली बुबा आमा दाजुभाई दिदिबहिनामा विजया दशमी २०७९ सालको हार्दिक मंगलमय शुभकामना टक्रयाउदछु ।
लेखक
दिपेन्द्र केशर खनाल
डुङ्गेश्वर गाउँपालिका वडा नं.५ , दैलेख निवासी हुनुहुन्छ ।