मिति २०८२ बैशाख १४ गते आइतवार माता तिर्थ औसी को दिन बिहानै एकाएक मेरो मोबइलको म्यासेन्जरमा घन्टी बज्यो । त्यो मेरो छोरीको कल नभई प्यारी र ज्ञानी विद्यार्थी (नाताले पलातिनी) दिपाशा मल्लको भिडियो कल थियो ।
हतार हतार गरेर फोन उठाएँ । उता बाट भनिन् ह्याप्पी मदरर्स डे “फेरी भनिन् मदरर्स डे मनाउन आउनुभएन । उनले गतबर्ष मदरर्स डे मनाएको ख्याल गरेकी रैछिन त्यसैले यो वर्ष पनि मनाउने चाहाना रैछ । बिडम्बना …..
फेरी भनिन् हजुर कहिले आइसिन्छ मैले नयाँ किताब कहिले पाउछु । मैले हजुरले भनेजस्तै धेरै लेखेको छु भनेर देखाइन हजुरसँग कहिले भेट हुन्छ ? कति धेरै माया लागेको छ । हुन त केहि दिन पहिला कक्षा १२ को परीक्षा सर्दा पनि मेरा थुप्रै बिद्यार्थी भाइबहिनीहरुले कल गरेर मिस हाम्रो परीक्षा के हुन्छ ? कहिले हुन्छ ? हाम्रो पढाई पनि कक्षा ८ को पालिका स्तरीय परीक्षा कोरोनाले र १२ को परीक्षा शिक्षक अन्दोलनले भन्दा केहि भाबुक त भएकै थिए तर आज सानी कक्षा २ मा पढ्ने दिपाशा मल्लले यति कुरा गरेपछि धेरै सोचमग्न र भावुक भए । प्यारा बिधार्थी भाईबहिनी हरुलाई केहि कुरा लेखन बाध्य भए ।
प्यारा विधार्थी भाइबहिनीहरु धेरै माया अनि मिठो सम्झना ,बिस्वास छ स–कुशल छौ बध्याताले धेरै समय देखि भौतिक रुपमा बिद्यालय र गाउमा भेटेको छैन । अवस्य मैले जतिकै तिमीहरुले पानि मलाई सम्झिरहेका छौ थाहा छ । तिमिहरुको मनमा पनि धेरै प्रश्न उठ्न थालेको छः हाम्रो सिर मिस हरु किन काठमाडौँ जानुभएको होला ? बिद्यालय कहिले खुल्छ होला ? हामीले नया किताब कहिले पाउछौ ? १२ को दाई दिदीहरुको परीक्षा कहिले हुन्छ होला ? हामि अब के गर्ने ? यो सबै सोच तिम्रो कलिलो मस्तिस्कमा आउनु स्भाविक हो । प्यारा विद्यार्थी भाइबहिनीहरु हामि तिमीहरुको गुरु हौ, हामी धेरै अन्यायमा छौ । अहिले हामी आफैँ मानसिक रुपमा खुशी मनले अध्यापन गराउन सक्ने अवस्थामा छैनौ । अनि तिमीहरुको शिक्षक मात्र होइन देश भरको शिक्षक हरु काठमाडौँको सडकमा हुनुहुन्छ यो हाम्रो रहर नभई बाध्यता हो ।
त्यसैले तिम्रो विद्यालय छिटै खुल्छ पाठ्य पुस्तक हातहातमा पाउने छौ अनि पढाइ चाडै सुरु हुन्छ । तिम्रो साथीहरुसँग अनि गुरुहरुसंग छिटै भेट हुन्छ । अनि तिम्रो कक्षा १२ को परिक्षा पनि छिटै हुन्छ तयारी अवस्थामा रहनु किन कि हामी छिटै हाम्रा मागहरु पुरा गरेर विद्यालय फर्कनेछै । हामीले पटकपटक गरेर नेपाल सरकार संग ५४ बर्ष पहिला देखि चलिआएको पन्च्याती शिक्षा ऐन विरुद्ध एउटा अग्रगामी शिक्षा ऐनको माग राखी सरकारलाई आफ्नो ध्यानआकर्षण गराउन सडकमा आएका छौ । वि.स. २०७५÷२०७८÷०८० गरेर पटकपटक सरकार र शिक्षक बिच सम्झौता भएको तर कार्यान्व्यन नभएकोले २०८२ मा नै सम्झौता सहितको कार्यान्व्यन भएको एक थान सिक्षा ऐन लिएर आउने छौ जसले हामीहरुलाइ तिमीहरुसँग विताएका समय ए आफ्नो पेशामा गर्व लाग्ने छ र तिमि पनि भविष्यमा शिक्षण पेशामा आकर्षित हुने छौ । अनि विद्यालयमा एकै प्रकारका शिक्षक देख्ने छौ । शिक्षकको मुहारमा हासो देख्ने छौ ।
श्री स्थानीय सरकार
आदरणीय अभिभावक ज्यू हरु र प्यारा विद्यार्थी भाइबहिनीहरु अहिले केहि समय विद्यालय बन्द हुदा भएको शैक्षिक क्षतीलाइ हामी विद्यालय फर्केपछि थप समय लिएर पुरा गर्नेछौ ,केहि पिर नगर्नु नेपालको संबिधानले दिएको शिक्षाको अधिकार अनुसार शैक्षिक क्षेत्रको मुहार फेरिने छ ।
केहि समय पर्ख विद्यालय फर्के पछी पाठ्यक्रमले तोके को उदेश्य थप समय लिएर पुरा गरौला । थप समयमा कार्ययोजना बनाई तिमि हामी मिलेर शैक्षिक गोल पुरा गरौला । प्यारा नानि बाबु यति बुझकी तिमीहरुलाई भन्दा हामीहरुलाई तिम्रो भविष्यको धेरै चिन्ता छ । त्यसैले धैर्य गर हामी छिटै पÞmर्कनेछौ ।
अन्तमा सम्पूर्ण स्थानीय सरकार तथा सम्पूर्ण अभिभावक र प्यारा विद्यार्थी भाइबहिनीहरु बाट पनि पूर्णरुपमा सहयोगको अपेक्षा गर्दछु । लेखक शिक्षक चन्द श्री पार्वती मा.वि., गुरास ,०५, गोगनपानी दैलेखमा अध्यापन गराइरहनुभएको छ ।
विद्यार्थीहरुलाई एक शिक्षकको सन्देशः शिक्षक आन्दोलन बाध्यता थियो
विद्यार्थीहरुलाई एक शिक्षकको सन्देशः शिक्षक आन्दोलन बाध्यता थियो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु