सुर्खेत । भोलीदेखी कर्णाली उत्सव कुडा कर्णालीका’ सुरुहुने भएको छ।
वीरेन्द्रनगरस्थित सिटी हलमा आयोजना गरिएको उत्सव चैत २८, २९ र ३० गतेसम्म सञ्चालन हुने भएको छ।
ऋति फाउण्डेसनको आयोजनामा हुँदै आएको यो उत्सव सातौँ संस्करणमा हुन लागेको हो।
सामाजिक अभियानका रूपमा विकास भएको यस उत्सवले कर्णालीप्रति सकारात्मक धारणा निर्माण गर्दै बहस र संवादको संस्कृति विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको आयोजकको दाबी छ।
उत्सवका कन्टेन्ट कोअर्डिनेटर प्रकाश लामिछानेले कर्णालीको कथा कर्णालीकै आवाजबाट बाहिर ल्याउने प्रयास गरिएको बताउनुभयो।
उहाँले कर्णालीलाई बुझ्न बाहिरबाट हेर्ने दृष्टि मात्र पर्याप्त नहुने भन्दै अनुभव, संघर्ष र सम्भावनाका कथा आफैंले बोल्ने कर्णाली उत्सव बनेको बताउनुभयो।
यसैगरी, ऋति फाउण्डेसनका अध्यक्ष कमल लम्सालले उत्सवले कर्णालीमा सकारात्मक परिवर्तनको आधार तयार गरिरहेको बताउनुभयो।
उहाँले तीन दिने उत्सवमा १५ वटा मुख्य सत्र र १० वटा सहायक सत्र सञ्चालन हुने बताउनुभयो।
कर्णालीमै जन्मेर समाजमा उदाहरणीय काम गरेका व्यक्तिहरूले आफ्ना अनुभव र संघर्षका कथा प्रस्तुत गरिने भएको छ।
उत्सवमा ‘जेन जी पुस्ताको भूमिका देखी ऊर्जा तथा प्रविधि, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ।
भोलीदेखी कर्णाली उत्सव कुडा कर्णालीको सातौ संस्करण हुने
भोलीदेखी कर्णाली उत्सव कुडा कर्णालीको सातौ संस्करण हुने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

