सुर्खेत । कर्णाली प्रदेशमा जलन उपचार सम्बन्धि निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
फेक्ट नेपाल र कृतिपुर अस्पतालको प्राविधिक सहयोगमा प्रदेश अस्पताल सर्खेत र नबिल बैंकको आयोजनामा कर्णालीका प्रदेशका विभिन्न १६ वटा स्थानमा शिविर संचालन हुने भएको हो ।
विशेषगरी आगोले पोलिएर शरीरको एक भाग अर्को भागसँग जोडिएको समस्या भएका व्यक्तीहरु, जन्मदै ओठ तालु चिरिएका, औलाहरु जोडिएका, बढी भएका तथा चोपटक लागेर समस्या भएका व्यक्तीहरुको शिविरमा चेकजाँच हुने कृतिपुर अस्पतालका कैलास श्रेष्ठले जानकारी दिनुभयो ।
शिविर कर्णालीका १६ ठाउँमा संचालन हुने उहाँको भनाई छ । उहाँका अनुसार शिविरबाट अप्रेशन गर्नुपर्नेगरी छनौट भएका बिरामीहरुको चैत २७ गतेदेखि २९ गतेसम्म प्रदेश अस्पताल सुर्खेतमा हुनेछ ।
उपचार र अप्रेसन सबै निशुल्क हुने जनाइएको छ ।
शिविर रुकुम पश्चिमको आठबिसकोट नगरपालिका, स्याउली बजार नगर अस्पाताल, भेरी नगरपालिका जाजरकोट, जिल्ला अस्पताल कालिकोट, तातोपानी गाउँपालिका वडा नम्बर ३ स्वास्थ्य चौकी जुम्लामा चैत २३ गते हुने जनाइएको छ ।
यस्तै, चैत २४ गते जिल्ला अस्पताल रुकुम पश्चिम, जिल्ला अस्पताल जाजरकोट, तिलागुफा नगर अस्पताल कालिकोट, नराकोट स्वास्थ्य चौकी सिंजा गाउँपालिका, जुम्लामा संचालन हुने श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै, चैत २५ गते जिल्ला अस्पताल सल्यान, प्राथमिक स्वास्थ्य केन्द्र थारमारे, बागचौर नगरपालिका सल्यान, त्रिवेणी स्वास्थ्य चौकी भैसेखोर, नरायण नगरपालिका वडा नम्बर ५ दैलेख र लयाती विन्द्राशैनी स्वास्थ्य चौकी चामुण्डा विन्द्राशैनी नगरपालिका ८ दैलेखमा संचालन हुने आयोजकले जनाएको छ ।
यस्तै चैत २६ गते बेलपाटा स्वास्थ्य चौकी डुङ्गेश्वर गाउँपालिका, दैलेख, सालकोट आधारभुत अस्पताल पञ्चपुरी २ सुर्खेत, राकम स्वास्थ्य चौकी सिम्ता गाउँपालिका सुर्खेत र मेहेलकुना अस्पताल गुर्भाकोट नगरपालिकामा शिविर हुने छ ।
जलन सम्बन्धिको शिविर संचालन हुन लागेको यो कर्णालीमा पहिलो हो ।
कर्णाली प्रदेशमा जलन उपचार सम्बन्धि निशुल्क स्वास्थ्य शिविर हुने
कर्णाली प्रदेशमा जलन उपचार सम्बन्धि निशुल्क स्वास्थ्य शिविर हुने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
