सुर्खेत । कर्णाली प्रदेश सरकारले पाइलट प्रोजेक्टको रुपमा शुरु गरेको जीवन उपयोगी शिक्षा कार्यक्रम प्रभावकारी भएको दाबी गरिएको छ ।
सरकारले चालु आर्थिक बर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रममा एकदिन किताबबिहिन शिक्षा विद्यार्थीलाई दिने योजना ल्याएको थियो । त्यही योजना अनुसार सुर्खेत जिल्लाका ९ वटा विद्यालयमा जीवन उपयोगी शिक्षा कार्यक्रम लागु गरिएको हो ।
ति विद्यालयहरुमा हप्ताको एकदिन विभिन्न सीपयुक्त ज्ञान विद्यार्थीलाई दिने गरिएको छ । जसबाट विद्यार्थीहरुमा व्यवहारिक ज्ञानको विकास भएको कर्णाली प्रदेश सरकारले जनाएको छ ।
परिक्षणको रुपमा सुर्खेतको वीरेन्द्रनगरका अमरज्योती मावी, जन मावी, भैरव मावी र जनसेवा मावी घुस्रामा हप्ताको एकदिन किताबबिहिन शिक्षाको सुरुवात गरिएको छ ।
यस्तै, भेरीगंगा नगरपालिकाको सारदा मावी, लेकवेशकी नगरपालिका जिवनज्योती मावी दशरथपुर, पञ्चपुरी नगरपालिका विद्याज्योती मावी र वराहाताल गाउँपालिकाको जनज्योती मावीमा पनि जीवन उपयोगी शिक्षाको सुरुवात गरिएको कर्णाली प्रदेश सरकार शिक्षा विकास निर्देशनालयका निर्देशक दीपा हमालले जानकारी दिनुभयो ।
अपाङ्गता भएका व्यक्तीहरुलाई पनि जीवनउपयोगी शिक्षामा जोड्नको लागि कर्णालीको एक मात्रै विद्यालय सिद्ध बहिरा मावी वीरेन्द्रनगरमा समेत यो कार्यक्रम लागु गरिएको उहाले जानकारी दिनुभयो ।
विद्यार्थीहरुलाई हप्ताको एकदिन जीवन सिकाइ अन्तरगतका सीपहरु सिकाउने गरिएको भन्दै हमालले कृषि, प्रविधी, वाइरिङ, पलम्बिक, कुकिङ, र सिलाइ बुनाइ सम्बन्धीका सीप सिकाउने गरिएको उहाले बताउनुभयो ।
हमालले भन्नुभयो, “अहिले यो कार्यक्रम पाइलट परियोजनाका रुपमा ९ वटा विद्यालयमा शुरु गरेका छौँ, अबको शिक्षा व्यवहारिक हुनुपर्छ, भनेर नै कार्यक्रम शुरु गरिएको हो । कार्यक्रम प्रभावकारी भएको छ,”
अबको युगमा विद्यार्थीहरुलाई शैद्धान्तिकभन्दा व्यवहारिक ज्ञानको आवश्यकता रहेको भन्दै सरकारले शुरु गरेको जीवन उपयोगी शिक्षालाई प्रदेशभर विस्तार गर्ने योजना बनाइएको उहाको भनाई छ । प्रदेश सरकारले यो कार्यक्रमको लागि ३५ लाख वजेट छुट्याइएको छ ।
कर्णालीमा जीवन उपयोगी शिक्षा कार्यक्रम लागु, हप्ताको एकदिन विद्यार्थीलाई सिप सिकाईँदै
कर्णालीमा जीवन उपयोगी शिक्षा कार्यक्रम लागु, हप्ताको एकदिन विद्यार्थीलाई सिप सिकाईँदै

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु