सुर्खेत । कर्णाली प्रदेशमा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटना बढेको पाइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्बजनिक बर्ष पुस्तक २०२६ को तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटना बढेको पाइएको हो ।
तथ्याङ्कअनुसार यस वर्ष कर्णाली प्रदेशमा ६ सय ९४ जना मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट पिडित भएका छन् ।
यो संख्या अघिल्लो बर्ष ६ सय ८ जना मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट पिडित भएका थिए ।
यो बर्ष राज्य पक्षबाट ६ जना महिला, ७९ पुरुष र अन्य पक्षबाट ५ सय ३१ जना महिला तथा ७८ जना पुरुष गरी ६ सय ९ जना पीडित भएको इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो ।
यसैबिच, बालअधिकार उल्लघ्नका घटनाहरुमा समेत कमी आउन नसकेको पाइएको छ ।
तथ्याङ्कअनुसार कर्णालीमा बालिका बलात्कार हुने दर बढ्दै गएको देखिन्छ । जसअन्तरगत एक बर्षमा मात्रै प्रदेशभर ४९ वटा बलात्कारका घटनाहरु भएका छन् । भने यौन दुव्र्यवहारका १६ वटा घटना भएका छन् ।
यस्तै, शाररिक यातनाका २ वटा र बालबालिका बेचबिखनका उउटा घटना अभिलेख भएको सुवेदीले बताउनुभयो ।
यस बर्ष कर्णालीमा महिला अधिकार उल्लङ्घनका १ सय ९४ वटा घटना भएको भन्दै उहाले सबैभन्दा धेरै बलात्कारका घटना ४८ वटा भएको बताउनुभयो ।
यसैबिच, इन्सेकको बर्ष पुस्तकमा भदौ २३ र २४ गते भएको प्रर्दशन तथा त्यसमाथी भएको अत्याधिक बल प्रयोग गरि टाउँको र घाँटी भन्दा माथि गोलीप्रहार गरिएको विषयलाई जीवनको अधिकारको गम्भीर उल्लङ्घन भनिएको छ ।
यस्तै देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, सर्वोच्च अदालत, अदालतहरू लगायत सरकारी र नीजि सम्पत्तिमा भएको आगजनी तथा विध्वंशलाई समेत इन्सेकको बर्ष पुस्तकमा प्रमुख सुरक्षा निकायको भूमिकामाथि पनि उत्तिकै प्रश्नहरू तेर्साइएको छ ।
मानवअधिकार उल्लघन हुनुमा कानुनको कमजोर कार्यान्वयन, राज्यको जवाफदेहिता अभाव, स्रोत अभाव, सामाजिक कुसंस्कार लगायतका कारण देखाएको छ ।
कर्णाली प्रदेशमा मानवअधिकार उल्लङ्घन र ज्यादती बढ्दै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
इन्सेकले आज वीरेन्द्रनगरमा आयोजना गरेको बर्ष पुस्तक सार्बजनिक तथा कर्णालीमा मानवअधिकारको अवस्थाका विषयमा गरिएको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले पछिल्लो समय मानवअधिकार उल्लङ्घन र ज्यादती बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका हुन् ।
मानवअधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकालल दण्डहिनताको अन्त्य हुन नसके यस्ता घटनाहरु भइरहने बताउनुभयो ।
यसैबिच, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफू सुरक्षित भए पनि आफ्नो पार्टी कार्यालय सुरक्षित हुने अवस्था नरहेको भन्दै सुरक्षा निकायको ध्यानाकर्षण गराउनु भएको छ ।
प्रदेश प्रहरी कार्यालयमा प्रमुख समेत सहभागी भएको कार्यक्रममा कंडेलले आफू मुख्यमन्त्री भएको हुनाले राज्यले दिएको सुरक्षा लिएर हिँडेपनि आफू आबद्द पार्टी कार्यालय सुरक्षा विकायबाटै सुरक्षित नहुने अवस्था रहेको उहाँको भनार्इ छ।
केहि दिन अघि सुर्खेतको वीरेन्द्रनगरमा रहेको एमाले पार्टी कार्यालयमा प्रहरी प्रवेश गरी एमालेका नेता तथा कार्यकर्ताहरूलाई लाठीचार्ज गरेपछि उहाँको यस्तो भनार्इ आएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाइकोलागि वीरेन्द्रनगरमा आयोजित मसाल जुलुस कार्यक्रमपछि प्रर्दशनकारी र प्रहरीबिच विवाद भएको हो ।
विवाद र झडपका क्रममा एमालेका केहि नेता कार्यकर्ता घार्इते भएका छन भने प्रहरी निरीक्षक राजन भट्टराईको पनि दाँत भाँचिएको प्रहरीले जनाएको छ ।
कँडेलले आन्दोलनकारीले पनि विवेक गुमाउन नहुने भन्दै त्यो भन्दा जिम्मेवारीमा रहेका सुरक्षाकर्मीहरूले संयमित हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका प्रमुख एंव डीआईजी जयराज सापकोटाले आन्दोलन गर्दा कुनै आपत्ति नहुने तर शान्ति सुरक्षा भङ्ग गर्न नहुने बताउनु भयो ।
कर्णालीमा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटना बढ्दै, एक बर्षमा ४९ वटा बालिका बलात्कारका घटना
कर्णालीमा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटना बढ्दै, एक बर्षमा ४९ वटा बालिका बलात्कारका घटना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
