सुर्खेत । सामाजिक कुरितीका रूपमा रहेको बोक्सी प्रथा कर्णालीमा अझै कायम रहेको पाइएको छ ।
मानवअधिकारको क्षेत्रमा काम गर्दै आएको इन्सेकको सन् २०२१ देखि २०२५ सम्मको पाँच वर्षको तथ्याङ्क हेर्दा कर्णालीमा बोक्सी आरोपसम्बन्धी घटना अहिले पनि कायम रहेको पाइएको हो ।
तथ्याङ्कअनुसार यो बर्ष मात्रै बोक्सीको आरोपमा ३ जना पिडित भएका छन् । यस्तै सन २०२१ मा ७ जना, सन २०२२ मा एक जना सन २०२३ र २४ मा ३÷३ जना व्यक्ती बोक्सीको आरोपमा पिडित भएका छन् ।
तथ्याङ्कअनुसार अहिले पनि पूरुषभन्दा महिलामाथी बोक्सीको आरोप लगाउने गरिएको छ । जसले समाज रुपान्तरणमा असर परिरहेको सरोकारवालाहरुले बताएका छन् ।
यस्तै, सन् २०२१ देखि सन २०२५ सम्म २ सय ४१ जना महिलाहरु बलात्कारको सिकार भएका छन् ।
जस अन्तरगत सन २०२१ मा २७ जना पीडित रहेकोमा सन् २०२२ मा यो संख्या बढेर ३९ पुगेको छ ।
त्यस्तै, सन् २०२३ मा ५१ जना र सन् २०२४ मा ६० जना महिलाहरु बलात्कृत भएको तथ्याङ्क छ । सन् २०२५ मा भने ६४ जना बलात्कारबाट पिडित भएको तथ्याङ्क रहेको छ ।
यसरी पाँच वर्षको अवधिमा बलात्कारका घटनामा झण्डै तीन गुणासम्म वृद्धि भएको देखिन्छ ।
बोक्सी आरोपमा तथा बलात्कारका कारण महिलामाथि हिंसा, अपमान र सामाजिक बहिष्कारजस्ता घटना बढ्नु गम्भीर समस्या रहेको मानवअधिकारकर्मीहरू बताउछन् ।
इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले यस्ता कुप्रथाविरुद्ध कडा कानुनी कार्यान्वयन, जनचेतनामूलक कार्यक्रमसँगै कानुन कार्यान्वयनमा जोड दिनुभयो ।
बोक्सी प्रथा कर्णालीमा अझै कायम, ५ बर्षमा १६ जना पिडित
बोक्सी प्रथा कर्णालीमा अझै कायम, ५ बर्षमा १६ जना पिडित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

