सुर्खेत । समाज जागरण केन्द्र (स्याक) नेपालको आयोजनामा किशोरी सशक्तिकरण परियोजना अन्तर्गत सुर्खेत र डोल्पामा कार्यरत पत्रकारहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्वन्धी तालिम दिएको छ ।
आइतवारदेखि सुरु भएको तालिम सोमवारसम्म संचालन हुनेछ । पत्रकारहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका विषयमा जागरुक बनाइ यस विषयलाई प्राथमिकतामा पार्न सघाउने उद्देश्यले दुई दिने यो तालिमको आयोजना गरिएको हो ।
तालिम उद्घाटनम स्याकका कार्यकारी निर्देशक टिकाराम आचार्यले यौन तथा प्रजनन् स्वास्थ्यको अधिकारका विषयमा क्रियाशील पत्रकारहरुलाई थप संवेदनशील बनाउन तालिमको आयोजना गरिएको बताउनुभयो ।
उहाँले स्याकले किशोरी सशक्तिकरण परियोजना डोल्पा जिल्लाको ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिका मा संचालित छन् ।
यहाँका २० विद्यालय र १० वटा स्वास्थ्य संस्थामा संचालित यो परियोजनाले किशोर किशोरीलाई यौन तथा प्रजनन् स्वास्थयवारे खुल्न, सेवा लिन, सजग बनाउन सहयोग पुगेको उहाँको भनाइ छ ।
यसका साथै किशोरीहरु महिनाबारी भएको बेला पढाई नछुटोस् भनेर विद्यालयहरुमा आराम कक्ष निर्माण गरिएको छ ।
अहिलेसम्म ती दुई पालिकाका पाँच वटा विद्यालयमा आराम कक्ष निर्माण गरिएको छभने पाँच विद्यालयमा निर्माणाधीन अवस्थामा छन्भने ३ वटा निर्माणका लागि सम्झौता भ्एको जानकारी उहाँले दिनुभयो ।
सुर्खेत र डोल्पाका गरी २५ जनाभन्दा बढी पत्रकारहरु सहभागी भएको तालिमको सहजीकरण सविन सिंहले गर्नुभएको छ ।
आइतवार उहाँले यौन तथा प्रजनन् स्वास्थ्यको अधिकार लगायत विविध विषयमा सहजीकरण गर्नुभएको थियो ।
सुर्खेत र डोल्पाका पत्रकारहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्वन्धी तालिम
सुर्खेत र डोल्पाका पत्रकारहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्वन्धी तालिम
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

