सुर्खेत । गर्मीयाम शुरु हुनै लाग्दा कर्णाली प्रदेशमा आगलागीका घटनाहरु बढ्न थालेका छन् ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार यो बर्ष मात्रै विभिन्न ठाउँमा ८९ वटा वन डढेलोका घटनाहरु भएका हुन् ।
विशेषगरी चैत महिनादेखि जेठ महिनासम्मको अवधीलाई वन डढेलोको जोखिमको रुपमा लिने गरिन्छ । तर यो बर्ष गर्मीयाम शुरु हुनु अगावै ८९ वटा वन डढेलोका घटना भइसकेको मन्त्रालय अन्तरगत वन व्यवस्थापन तथा जैविक विविधता संरक्षण महाशाखाको तथ्याङ्क छ ।
यो बर्ष सबैभन्दा धेरै वन डढेलोका घटना मुगुमा भएका छन् । मुगुमा ३३ वटा वटा वन डढेलो भएका हुन् ।
यस्तै, कालिकोटमा २० वटा, जुम्ला र हुम्लामा ९÷९ वटा वन डढेलोका घटना भएका छन् ।
यसैगरी सुर्खेतमा ७ वटा, सल्यानमा ५ वटा, जाजरकोट र सल्यानमा २÷२ वटा वन डढेलोका घटना हुँदा दैलेख र रुकुम पश्चिममा १÷१ वटा घटना भएको जनाइएको छ ।
यता, प्रदेश सरकारले भने वन डढेलो हुन नदिन र भइहाले पनि क्षती नहुनेगरी सचेतनाका कार्यक्रमहरु संचालन भइरहेको जनाएको छ ।
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगतको वन व्यवस्थापन तथा जैविक विविधता संरक्षण महाशाखाका वरिष्ठ वन अधिकृत शेर बहादुर परियारले विद्यालयदेखि समुदाय स्तरमा विभिन्न सचेनाका कार्यक्रम संचालन गरिएको बताउनुभयो ।
उहाले जनचेतनासँगै अन्तरक्रिया तथा व्यवहारि अभ्यास गरिएको बताउँदै यदी डढेलो भइहाले सुरक्षा नीकाय, स्थानीय सरकारसँग मिलेर नियन्त्रण गर्ने गरिएको बताउनुभयो ।
उहाका अनुसार वन डढेलो नियन्त्रणको लागि ६० लाख बजेट प्रदेश सरकारबाट विनियोजन गरिएको छ । जस अन्तरगत सुर्खेत जिल्लाको लागि ५ लाख ५० हजार र अन्य जिल्लाको लागि ५ लाख ४५ हजार रकम विनियोजन भएको छ ।
वनमा डढेलो गर्नु गम्भिर अपराध भएको भन्दै उहाले वनमा आगलागी गर्नेलाई वन ऐन अनुसार ३ बर्ष कैद र ६० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको जानकारी दिनुभयो ।
कर्णालीमा आगलागीका घटनाहरु बढ्दै, वन डढेलो नियन्त्रणका लागि ६० लाख वजेट
कर्णालीमा आगलागीका घटनाहरु बढ्दै, वन डढेलो नियन्त्रणका लागि ६० लाख वजेट
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु

