सुर्खेत । कर्णाली प्रदेशबाट सुरु गरिएको ‘टेक्सेस परियोजना’ ले एक वर्षको अवधि सफलतापूर्वक पूरा गरेको छ ।
शिक्षा क्षेत्रमा गुणस्तरीय र समावेशी शिक्षाको प्रवद्र्धनमा केन्द्रित यो परियोजना फिनल्यान्ड सरकार र युरोपियन युनियनको सहयोगमा सन् २०२४ को जुन महिनाबाट सञ्चालनमा आएको हो।
पाँच वर्षे अवधि (२०२४–२०२९) को यो परियोजना शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, प्रदेश सरकारहरू, स्थानीय तहहरू र विश्वविद्यालयहरूसँग सहकार्य गर्दै शिक्षक शिक्षामा सुधार ल्याउने उद्देश्यसहित अघि बढिरहेको छ।
कर्णालीबाट सुरुआत, स्थानीय समाधानमा जोड
शैक्षिक उपलब्धि न्यून र विद्यालय छोड्ने दर उच्च रहेको कर्णाली प्रदेशलाई प्रारम्भिक कार्यक्षेत्रका रूपमा रोजिएको टेक्सेस परियोजना फिनल्यान्डको हेलसिन्की विश्वविद्यालय अन्तर्गतको एजवाइ प्लस नामक शिक्षाविकास कम्पनीमार्फत कार्यान्वयन भइरहेको छ।
परियोजनाले शैक्षिक अनुसन्धान, मानव अधिकार, प्रगतिशील मूल्य र दिगोपनलाई केन्द्रमा राखेर सबै बालबालिकालाई—सामाजिक पृष्ठभूमि वा अपांगता जस्तोसुकै अवस्था भए पनि—गुणस्तरीय शिक्षामा पहुँच पु¥याउने लक्ष्य लिएको छ ।
“हामी विद्यालय, शिक्षक र स्थानीय तहसँग मिलेर स्थानीयस्तरमै समाधान खोज्ने प्रयास गर्छौं,” टेक्सेस कर्णाली प्रदेश संयोजक बखत भण्डारी भन्नुहुन्छ । भण्डारी कर्णालीमै जन्मिएर हुर्केका व्यक्ति हनुहुन्छ। “कर्णाली मेरो घर हो । यहाँका समुदायले शिक्षामा भोगिरहेका कठिनाइहरू मलाई नजिकबाट थाहा छ। त्यसैले सुधारमा सघाउन पाउनु गौरवको कुरा हो,” उहा थप्नुहुन्छ ।
१० वटै जिल्लामा सक्रिय सहकार्य
टेक्सेसले एक वर्षको अवधिमा कर्णाली प्रदेशका १० वटै जिल्लाका शिक्षक, शिक्षा अधिकारी र स्थानीय सरकारहरूसँग सहकार्य गर्दै शिक्षकको पेशागत विकास, समावेशी कक्षा अभ्यास र शिक्षाको स्थानीय योजना निर्माणमा सहयोग पु¥याएको छ ।
हाल परियोजना शिक्षक तालिम केन्द्र निर्माण र डिजिटल तालिम प्रणाली सुधारमा पनि प्रत्यक्ष संलग्न छ ।
मधेस र सुदूरपश्चिममा पनि कार्यक्रम विस्तार
सन् २०२५ बाट टेक्सेस परियोजनाले मधेस र सुदूरपश्चिम प्रदेशमा समेत आफ्नो कार्यक्रम विस्तार गर्ने तयारी गरिरहेको छ । संयोजक भण्डारी भन्नुहुन्छ, “यो त मात्र सुरुआत हो । अहिलेसम्मको कामले हामीलाई हौसला दिएको छ, अब हामी अझ गहिरो रूपमा विस्तार गर्न चाहन्छौं ।”
कर्णालीबाट सुरु गरिएको टेक्सेस परियोजना नेपालको शिक्षक शिक्षा प्रणालीमा सुधार ल्याउन गम्भीर र योजनाबद्ध ढंगले अघि बढिरहेको बताइएको छ । शिक्षकहरूलाई तालिममा पहुँच, समावेशी शिक्षण अभ्यास र स्थानीय समाधान खोज्ने प्रक्रियामा जोड दिएको यस कार्यक्रमले अब मधेस र सुदूरपश्चिम प्रदेशमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
कर्णालीबाट सुरु भएको ‘टेक्सेस’ परियोजनाको एक वर्ष पूरा, शिक्षामा सुधारको अभियान विस्तार हुँदै
कर्णालीबाट सुरु भएको ‘टेक्सेस’ परियोजनाको एक वर्ष पूरा, शिक्षामा सुधारको अभियान विस्तार हुँदै

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु