सुर्खेत । विद्यालय समायोजन दरबन्दी मिलान विवादः वार्ताको माध्यमबाट समाधान खोज्न वीरेन्द्रनगर नगरपालिकाको आव्हान
सुर्खेत । विद्यालय समायोजन, दरबन्दी मिलान र प्रधानाध्यापक व्यवस्थापनको विषयलाई लिएर आन्दोलित पक्षलाई वार्तामा आउन वीरेन्द्रनगर नगरपालिकाले आव्हान गरेको छ ।
नगरपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरि वार्ताको माध्यमबाट समस्याको समाधान समाधान खोजिनुपर्ने भन्दै संवादमा आउन आव्हान गरेको हो ।
नगर प्रमुख मोहनमाया ढकालले नगर शिक्षा ऐन सबैको सहमतिमा पारित भएको भन्दै त्यसको कार्यान्वयन नगरपालिकाले गरेको बताउँदै त्यसमा केही असन्तुष्टीहरु भए संवादको माध्यमबाट समाधान गरिने बताउनुभयो ।
उहाले सबैको भावना समेट्नेगरी ऐन संशोधन गरेर कार्यान्वयनमा ल्याइएको दाबी गर्दै केही असन्तुष्टी भए समाधानमा लाग्नुपर्ने बताउनुभयो ।
नगरपालिकाको कार्यविधिअनुसार स्थायी शिक्षकलाई नै प्रधानाध्यापक बनाउनुपर्ने भएकाले त्यही अनुसार प्रधानाध्यापक व्यवस्थापन गरिएकाले शिक्षकहरुलाई मर्का नपरेको दाबी गर्नुभयो ।
नगर शिक्षा शाखा प्रमुख धिरेन्द्र प्रसाद शर्माले नगर शिक्षा ऐन र कार्यविधिको कार्यान्वयन गरिएको बताउनुभयो ।
प्रधानाध्यापक व्यवस्थापनको विषयमा उहाले तहगत र वरिष्ठताको आधारमा गरिएको उल्लेख गर्नुभयो ।
उहाले शिक्षकको व्यवस्था हुन नसकेका ठाउँमा अनुदान शिक्षकको व्यवस्थापन गरिएको भन्दै कसैलाई अन्याय हुने काम नभएको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिको क्षेत्राधिकार मिच्नेगरी कार्यविधि ल्याएको भन्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको नेतृत्वमा शिक्षक÷ कर्मचारीहरू विरोधमा उत्रिएका छन ।
उनीहरूले वीरेन्द्रनगर नगर कार्यपालिका सुर्खेतले शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ को व्यवस्था विपरित भएका शिक्षक सरूवा तथा दरवन्दी मिलान गरेको भन्दै फिर्ता लिन माग गर्दै वीरेन्द्रनगरमा नगरप्रमुख, प्रसासकिय अधिकृत र शिक्षा शाखामा ताला लगाएका छन । नगरपालिकाले भने वार्तामा आउन आग्रह गरेको हो ।
वीरेन्द्रनगरमा विद्यालय समायोजन र दरबन्दी मिलान विवादः नगरपालिकाको अनुरोध, “वार्ताबाट समाधान खोजौँ”
वीरेन्द्रनगरमा विद्यालय समायोजन र दरबन्दी मिलान विवादः नगरपालिकाको अनुरोध, “वार्ताबाट समाधान खोजौँ”
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
