सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–८ कुईरेमा खेतमा रोपाइँ गरिरहेको समयमा चट्याङ लाग्दा एक युवकको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।
मंगलबार दिउँसो करिब ३ बजे स्थानीय बिर बहादुर थापाको खेतमा रोपाइँ गर्दै गर्दा चट्याङ परेको प्रहरीले जनाएको छ। चट्याङ लागेर डिल बहादुर शाही गम्भीर घाइते हुनुभएको थियो उपचारको क्रममा मेहलकुना अस्पतालमा उहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
चट्याङ लागेर घाइते भएका अन्य चार जनाको मेहेलकुना अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । घाइते हुनेहरूमा १७ वर्षीय पर्वत बिक, १९ वर्षीय हुम बहादुर थापा, १८ वर्षीय नविन बिक र ३० वर्षीया सुनिता गिरी रहेका छन्।
सुर्खेतमा भेरीगंगामा चट्याङ लागेर एक जनाको मृत्यु, चारजना घाइते
सुर्खेतमा भेरीगंगामा चट्याङ लागेर एक जनाको मृत्यु, चारजना घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
