सुर्खेत । कर्णाली प्रदेश सरकारले दुइ महिनामा ३ करोड ११ ललाख ८१ हजार भन्दा धेरै सवारी साधन कर उठाएको छ ।
कर्णाली प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका अनुसार चालु आर्थिक बर्ष २०८१÷०८२ को बैशाख र जेठ महिनामा ३ करोड ११ लाख ८१ हजार ५ सय २ रुपैया सवारी साधन कर उठाएको हो ।
कानुन अनुसार प्रदेश सरकारले विभिन्न शिर्षकमा कर तथा गैरकर उठाउन पाउने व्यवस्था छ । प्रदेश सरकारले घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन, विज्ञापन र कृषि आयमा कर लगाउन सक्ने अधिकार प्रदान गरिएको छ ।
यी क्षेत्रबाट आउने कर प्रदेश विभाज्य कोषमा जम्मा गरिने र त्यसको ४० प्रतिशत स्थानीय सरकारको विभाज्य कोषमा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था गरिएको छ ।
कर्णाली प्रदेश वित्तिय हस्तान्तरण व्यवस्थापन ऐन २०७५ को दफा ३ बमोजिम प्रदेश सरकारले उठाएको सवारी साधन कर बापत दुइ महिनाको रकम प्रदेशका ७९ वटै स्थानीय तहमा दाखिला भएको छ ।
स्थानीय सरकारले पाउने ४० प्रतिशत अर्थात १ करोड २४ लाख ७२ हजार ६ सय १ रुपैया स्थानीय सरकारको विभाज्य कोषमा जम्मा भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
जसअनुसार सबैभन्दा बढी ९ वटा स्थानीय तह रहेको सुर्खेतले २५ लाख ६२ हजार ४१८ रुपैया प्राप्त गरेको छ ।
यस्तै, सल्यान १० वटा स्थानीय तहले २१ लाख ६५ हजार ६ सय ५८ रुपैयाँ प्राप्त गरेका छन् भने दैलेखका ११ स्थानीय तहको विभाज्य कोषमा १९ लाख ६४ हजार ७० रुपैया, रुकुम पश्चिम का ६ स्थानीय तहले १० लाख ८४ हजार ४ सय ५५ रुपैयाँ, जाजरकोट ७ स्थानीय तहको विभाज्य कोषमा १० लाख ४ हजार १ सय २ रुपैयाँ पठाइएको प्रदेश सरकारले जनाएको छ ।
यस्तै, जुम्लाका ८ स्थानीय तहमा सवरी साधन बापतको ८ लाख ७० हजार ३ सय ३१ पठाइँदा कालिकोट ९ स्थानीय तहका लागि ८ लाख १ हजार २ सय ६३ रुपैयाँ, हुम्लाका ७ स्थानीय तहको लागि ७ लाख ३ हजार ४१ रुपैया, मुगुका ४ वटा स्थानीय तहले ६ लाख ५६ हजार एक सय ९७ रुपैयाँ र डोल्पाका ८ स्थानीय तहको लागि सवारी साधन करबाट उठेको रकममध्य ६ लाख ४१ हजार २२ रुपैयाँ पठाइएको प्रदेश लेखा नियन्त्रक रत्न प्रसाद सुवेदीले बताउनुभयो ।
प्रदेश सरकारका अनुसार सवारी साधन करबाट प्राप्त राजस्वको निश्चित अंश जनसंख्या, भौगोलिक अवस्था, सेवा पहुँच र आवश्यकता हेरेर स्थानीय तहहरूमा बाँडफाँड गरिन्छ ।
विभाजित रकम स्थानीय तहहरूले पूर्वाधार विकास, सडक मर्मत, ट्राफिक व्यवस्थापन, सेवा प्रवाह सुधार र प्रशासनिक कार्यमा खर्च गर्न सक्नेछन् ।
दुई महिनामा कर्णाली सरकारले उठायो ३ करोड बढी सवारी साधन कर
दुई महिनामा कर्णाली सरकारले उठायो ३ करोड बढी सवारी साधन कर
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
