सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालमा १६ वटा विद्येयकहरु पारित भएका छन् भने एउटा विद्येयक फिर्ता लिइएको छ ।
कर्णाली प्रदेशासभा सचिवालयद्वारा सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित ‘कानुन निर्माण र कार्यान्वयनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम हालसम्म १६ विद्येयक पारित भएको जानकारी गराइएको हो ।
जसअन्तरगत १५ वटा विद्येयक कानुनको रुपमा लागु भइसकेका छन् भने एउटा विद्येयक प्रदेशप्रमुखबाट प्रमाणिकरण हुन बाँकी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
यसैबिच कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले सङ्घीयता कार्यान्वयनमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
सभामुख गुरुङले समाजको ऐनाका रुपमा चित्रित सञ्चारकर्मीको जिम्मेवारपूर्ण कार्यले देशमा सुशासन कायम गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेश मामिला र सामाजिक विकास समितिका सभापतिद्वय कल्याणी खड्का र पूर्णबहादुर खत्रीले सार्वजनिक महत्व तथा नागरिक सरोकारका मुद्दा उठानमा पत्रकारको अहम् भूमिका रहेको बताउनुभयो ।
पत्रकारको निष्पक्ष एवं तटस्थ पत्रकारिताले नागरिकदेखि सार्वजनिक पदमा रहेका सबैलाई जिम्मेवार बन्न सचेत गराउने भएकाले आफ्नो भूमिकामा अडिग भएर काम गर्न सभापतिद्वयले आग्रह गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभामा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले राज्य सञ्चालक, कानुन निर्माता र पत्रकार सबैको मूल कार्य नागरिकलाई सेवा दिनु, उनीहरुलाई सुशासनको प्रत्याभूति गराउनु र जिम्मेवारी नागरिक बन्न उत्प्रेरित गराउनुभएको बताउनुभयो ।
अन्तरक्रियामा प्रदेश सचिवालयका सूचना अधिकारी राजेन्द्रप्रसाद पौडेलले प्रदेशसभा सचिवालयले हालसम्म गरेका कामकारवाही एवं त्यसको प्रगति र कानुन तथा विधेयक महाशाखाका कानुन उपसचिव अर्जुन भुसालले पत्रकारले सवाल उठान र न्यायिक क्षेत्रका गतिविधिलाई बाहिर ल्याउन सुझाउँदै हालसम्म बनेका कानुन र कार्यान्वयनको अवस्थाबारे आफ्नो प्रस्तुति राख्नुभयो ।
प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकी र प्रवक्ता नेत्रबहादुर कार्कीले प्रदेशसभाका विषयगत समितिका गतिविधिमा पत्रकारको पहुँच नभएको भन्ने विषयमा ध्यानाकर्षण भएको र प्राप्त सुझावअनुसार काम गरिने बताउनुभयो ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालमा १६ वटा विद्येयकहरु पारित
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालमा १६ वटा विद्येयकहरु पारित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
