सुर्खेत । नेपाली कांग्रेसका उपसभापति एवम पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले देशमा स्थिर सरकारको अनुभुती जनताले गरेको बताउनुभएको छ ।
६÷६ महिनामा विश्वासको मत लिनुपर्ने अवस्था विगतमा रहेको भन्दै देशका दुई ठुला दलको सहकार्यमा सरकार बनेपछि देश स्थिरताको बाटोमा गएको बताउनुभएको हो ।
नेपाली कांग्रेस सुर्खेतद्वारा आज (मंगलबार) आयोजित संगठन र समसामयिक विषयमा केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब स्थिर सरकारले जनतालाई डेलिभरी दिनेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
“वर्तमान सत्तामा रहेका नेताहरूबाटै चिया–चौतारी र गफगाफमा असन्तुष्टि बाँडिने प्रवृत्ति बढेको छ ।” उहाले भन्नुभयो, “दुई ठूला राजनीतिक दलबीचको सहकार्यका कारण देशमा संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारहरू स्थिर देखिए अब जनतालाई त्यही अनुसारको डेलिभरी दिन आवश्यक छ,”
उहाँले हालै काठमाडौंमा सम्पन्न नेपाली कांग्रेसको सात दिने विस्तारित बैठकलाई ऐतिहासिक भन्दै बैठकमा संघीय, प्रदेश र स्थानीय तहका सरकारहरूको कार्यसम्पादनको समग्र समीक्षा गरिएको बताउनुभयो ।
कार्यक्रममा उहाँले पार्टीभित्रको संगठन सुदृढीकरणका लागि विधानअनुसार केन्द्रीय अनुशासन समितिको निर्णय चित्त नबुझेमा केन्द्रीय सभापतिमार्फत कार्यसमितिमा पुनरावेदन गर्न सकिने स्पष्ट व्यवस्था रहेको स्मरण गराउनुभयो ।
उपसभापति खड्काले क्रियाशील सदस्यता वितरण तथा नवीकरण सम्बन्धी कार्यहरू पार्टी विधान अनुसार जिल्ला तहकै अधिकार क्षेत्रभित्र पर्ने उल्लेख गर्दै ती कार्यहरूलाई तत्काल सक्रिय रूपमा अघि बढाउन निर्देशन दिनुभयो ।
देशमा स्थिरताको बाटोमा गयो, अब जनतालाई डेलिभरी आवश्यक छः उपसभापति खड्का
देशमा स्थिरताको बाटोमा गयो, अब जनतालाई डेलिभरी आवश्यक छः उपसभापति खड्का

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु