सुर्खेत । सुर्खेतमा गत आर्थिक बर्ष २०८१÷०८२ को एक बर्षमा डुङ्गुका कारण चार जनाको मृत्यु भएको छ ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले दिएको तथ्याङ्कअनुसार सुर्खेतमा गत आर्थिक बर्षको एक बर्षमा डेङ्गुका कारण चार जनाको मृत्यु भएको हो ।
गत बर्ष १८ सय ३७ जनामा डेङ्गु संक्रमण पुष्टी भएकोमा चारजनाको यही संक्रमणका कारण मृत्यु भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका डुङ्गु रोग निवारण फोकल प्रसन उदय विसीले जानकारी दिनुभयो ।
उहाका अनुसार सु्र्खेतमा पछिल्लो समय संक्रमितको संख्या पनि बढ्दै गएको छ । जस अन्तरगत आर्थिक बर्ष २०७७÷०७८ ६ सय ३९ जना संक्रमित भेटिएका थिए भने आर्थिक बर्ष २०७८÷०७९ मा १३ सय २२ जना, आर्थिक बर्ष २०७९÷०८० १४ सय ८४ जना संक्रमित भएका थिए ।
यस्तै, आर्थिक बर्ष २०८०÷०८१ मा भने केही रुपमा घटेको देखिन्छ । यो बर्ष ५ सय ७१ जनामा संक्रमण देखिएको थियो ।
तथ्याङ्कलाई केलाउदा सबैभन्दा धेरै संक्रमित गत आर्थिक बर्ष २०८१÷०८२ मा भेटिएका छन् ।
तीन नगरपालिका उच्च जोखिममा
तथ्याङ्कलाई विश्लेषणअनुसार वीरेन्द्रनगर, पञ्चपुरी र गुर्भाकोट नगरपालिका डेङ्गुको उच्च जोखिममा परेका छन् । ती क्षेत्रहरूमा सचेतना अभियान तीव्र पारिएको छ । विशेष गरी साउनदेखि कात्तिक महिना सम्मलाई संक्रमणको संवेदनशील समय मानी ‘सचेतना महिना’का रूपमा कार्यक्रमहरू सञ्चालन हुने जनाइएको छ ।
“प्रत्येक शुक्रबार ‘सरसफाई शुक्रबार’ नारासहित कार्यालय, विद्यालय, र सामुदायिक ठाउँहरूमा सरसफाइ तथा लामखुट्टेको प्रजननस्थल खोजी गरी नष्ट गरिने फोकल पर्सन बिसीले जानकारी दिनुभयो ।
टोलटोलसम्म पुग्न सरोकारवालाको सुझाव
डेङ्गु रोकथाममा समुदायको सक्रिय सहभागिता अनिवार्य भएको सरोकारवाला निकायहरूले औंल्याएका छन् ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्काले शहरका व्यवसायिक क्षेत्रहरूमा सरसफाइको ख्याल नगरेसम्म संक्रमण नघट्ने भन्दै निजी क्षेत्रले पनि अभियानमा हातेमालो गर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका उपाध्यक्ष सुशिल खड्काले सचेतना अभावले महामारीको रूप लिन सक्नेतर्फ सचेत हुनुपर्ने बताउनुभयो । उहाले सञ्चारकर्मीहरूले जनचेतना अभिवृद्धि गर्न सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतकी प्रमुख करुणा भण्डारीले स्थानीय तहसँगको सहकार्यमा अझ प्रभावकारी ढंगले अभियान सञ्चालन गरिने बताउनुभयो । “साझा प्रयास बिना संक्रमण नियन्त्रण सम्भव छैन,” भण्डारीले भन्नुभयो ।
अभियान सफल बनाउन टोल विकास समिति, नागरिक समाज र विद्यालयहरूसँग समन्वय गरी सचेतनामूलक कार्यक्रम विस्तार गरिने कार्ययोजना बनाइएको कार्यालयले जनाएको छ ।
जसअन्तरगत हरेक शुक्रबार, सरसफाई शुक्रबार नारासहित प्रत्येक कार्यालय र विद्यालयहरुमा सरसफाई तथा लामखुट्टे प्रजनन् स्थलको खोजीसँगै नष्ट गरिने छ ।
स्थानीय टोल विकास समिति, नागरिक समाज र सरोकारवालाहरुको समन्वयमा हरेक टोलटोलमा सचेतनाका कार्यक्रम संचालन गरिने कार्ययोजना बनाइएको छ ।
डेङ्गुको कहरः सुर्खेतमा एक वर्षमै चारको मृत्यु, उच्च जोखिममा तीन नगरपालिका
डेङ्गुको कहरः सुर्खेतमा एक वर्षमै चारको मृत्यु, उच्च जोखिममा तीन नगरपालिका

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु