सुर्खेत । दैलेख दुल्लु नगरपालिका वडा नम्बर १३ का भक्त बहादुर खड्का विगत लामो समयदेखि मृगौला पिडित हुनुहुन्छ । उहा अहिले दुबै मृगौला फेल भएर अस्पतालको बेडमा संकटपूर्ण अवस्थामा रहनुभएका खड्काको परिवारले सहयोगको याचाना गरेको छ ।
दुबै मृगौला फेल भएका ४५ वर्षीय खड्का अहिले कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा नियमित डायलसिस गराइरहनुभएको छ । अब उहाको मृगौला प्रत्यारोपन गर्नुपर्ने चिकित्सकहरुले बताएपछि परिवारहरुले सहयोगको अपिल गरेका हुन् ।
आर्थिक अवस्था पनि कमजोर भएका कारण सक्दो सहयोग गरिदिन परिवारले याचाना गरेको छ ।
भक्त बहादुरकी श्रीमती पून्ना खड्काले तिन बर्षदेखि उपचार गराउँदा गराउँदा भएको रकम पनि सकिएको भन्दै अहिले चिकित्सकहरुले दुबै मृगौला फेल भएको र प्रत्यारोपन गनुपर्ने बताएपछि चिन्तित बनाएको बताउनुभयो ।
“विभिन्न समस्या देखिन थालेपछि तिन बर्षदेखि उपचार गरायौँ । भएको रकम पनि सकियो । अहिले दुबै मृगौला फेल भएको डाक्टरहरुले भन्नुभएको छ, उहाँले रुदै भन्नुभयो,” “अहिले डाक्टरहरुले मृगौला फेल भयो भन्नुभएको छ । डायलाइसिस गराइराखेका छौँ । तर गाउँबाट काढेर ल्याएको रकम पनि सकियो, साना छोराछोरी छन्, उहालाई बचाउन हामीलाई आर्थिक सहयोग चाहिएको छ,”
परिवार, आफन्तजनहरू भक्तबहादुरको जीवन बचाउन सबैलाई सम्भव भएसम्म आर्थिक, नैतिक र सामाजिक साथ दिनुहुन अनुरोध याचाना गरेका छन् ।
“आज तपाईंको सानो साथले एउटा परिवार पुनः उज्यालो देख्न सक्छ, भक्त बहादुरकी श्रीमती खड्काले भन्नुभयो,”
भक्त बहादुरकी श्रीमती पुन्नीमाले सम्पूर्ण सहयोगी मनहरुलाई आर्थिक सहयोग गर्न आग्रह गर्नुभएको छ ।
उहालाई सहयोग गर्न चाहानेले राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर ४३४०१०००११०८७०१० मा रकम जम्मा गर्न सकिने छ भने ९७६५२१४१९६ नम्ब मार्फत थप जानकारी लिन सकिने छ ।
यो QR प्रोग गरेर समेत रकम सहयोग गर्न सकिने छ ।