सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा करेन्ट लागेर एक दम्पतीको ज्यान गएको छ। शुक्रबार बिहान घाँस काट्ने क्रममा करेन्ट लाग्दा वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेका ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रहरी नायव उपरीक्षक डीएसपी मोहनजंग बुढ्थापाका अनुसार बिहान करिब १०ः४५ बजे उनीहरूले विद्युतीय मेसिनको प्रयोग गरी घाँस काटिरहेका थिए। सोही क्रममा मेसिनको तारबाट करेन्ट प्रवाह हुँदा दुवैजना गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते अवस्थामा उनीहरूलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको थियो। तर उपचारको क्रममा बिहान ११ः१५ बजे चिकित्सकले दुबैलाई मृत घोषित गरेका थिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
सुर्खेतमा करेन्ट लागेर दम्पतीको मृत्यु
सुर्खेतमा करेन्ट लागेर दम्पतीको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु