सुर्खेत । आइतबार राती करिब एक बजे सुर्खेतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
वीरेन्द्रनगर–१३ करेखोलाका दानसिंह ठाडाले दाउराको चिर्पटले हानेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।
४२ वर्षीय ठाडाले ४१ वर्षीय रविना थापाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढ्थापाले जानकारी दिनुभयो ।
हत्या लगत्तै उनले प्रहरीलाई फोन गरेर आफुले श्रीमतीलाई मारेको र पक्राउ गर्न आउन भनेका थिए । प्रहरीका अनुसार उनले वडा अध्यक्ष मार्फत प्रहरीको नम्बर मागेका थिए । त्यसपछि उनले प्रहरीलाई फोन गरेर भनेका थिए “मैले श्रीमतीलाई मारेको छु, मलाई पक्राउ गर्नु आउनुहोस्,”
घटनाको बारेमा जानकारी पाएलगत्तै नगर प्रहरी र प्रहरी चौकी करे खोलाबाट प्रहरी परिचालन गरिएको थियो ।
अहिले प्रहरीले ठाडालाई नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान थालेको डिएसपी बुढ्थापाले जानकारी दिनुभयो । ‘प्रारम्भीक रुपमा चिर्पटले हानेर हत्या गरेको देखिएको छ । थप अनुसन्धान गरिरहेका छौँ, डिएसपी थापाले भन्नुभयो,”
मृतक रविनाको शव पोष्टमार्टमको लागि लिने तयारी भएको जनाएको छ ।
सुर्खेतमा श्रीमानले गरे श्रीमतीको हत्या, आफैले गरे प्रहरीलाई फोन
सुर्खेतमा श्रीमानले गरे श्रीमतीको हत्या, आफैले गरे प्रहरीलाई फोन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु