सुर्खेत । नेपाल प्रेस युनियनले कर्णालीमा पनि सदस्यता अभियान शुभारम्भ गरेको छ ।
प्रेस युनियन केन्द्रले गरेको निर्णय अनुसार कर्णालीमा सुर्खेत शाखाबाट सदस्यता अभियान शुभारम्भ भएको हो । काठमाडौं शाखापछि सुर्खेतले सदस्यता अभियान शुरु गरेको भन्दै यो अभियान कर्णालीभर नै शुरु भएको घोषणा गरिएको छ ।
प्रेस युनियनका सुर्खेत जिल्ला स्थित पदाधिकारीले आफ्नो सदस्यताको नविकरण गर्दै सदस्यता अभियानको शुभारम्भ गरेका छन् ।
कार्यक्रममा बोल्दै सदस्यता विशेष अभियानले पुरानो सदस्यता व्यवस्थित गर्न र नयाँ क्रियाशील सञ्चारकर्मीलाई सदस्यता दिलाउन सहयोग पुग्ने प्रेस युनियनका अध्यक्ष शिव लम्सालले बताउनुभयो । “अब पत्रकारितालाई आफ्नो मुख्य पेशा बनाएका साथीहरुको सदस्यता हुनेछ, सदस्यताको नाममा बेथिति कदापी हामी हुन दिने छैनौँ, अब प्रेस युनियन साँच्चिकैको प्रेस युनियन हुनेछ, उहाले भन्नुभयो,”
सञ्चार क्षेत्रमा कार्यरत क्रियाशील सञ्चारकर्मीको मात्र सदस्यता नवीकरण गरिने भन्दै उहाले सञ्चारमाध्यममा कार्यरत रहेको प्रमाण पुगेपछि मात्रै नयाँ सदस्यता जारी हुने उहाले बताउनुभयो ।
अहिले कुनै साथीलाई थ्रेड आएको खण्डमा उ पत्रकार होकी होइन भनेर दुइ घण्टा लगाएर बुझ्नुपर्ने तितो यथार्तता छ, म तपाईहरुलाई के जानकारी गराउछु भने यो सदस्यता अभियानले अब पत्रकार होकी होइन, भन्ने समस्या पनि हट्ने छ ।
उहाले प्रेस युनियन लोकतन्त्रप्रति विश्वास राख्ने संस्था भएको भन्दै लोकतन्त्रविरोधी क्रियाकलापहरु हुन नदिन कलमको माध्यमबाट सचेत गराइरहेको उल्लेख अध्यक्ष लम्सालले गराउनुभयो ।
प्रेस युनियनका वरिष्ट उपाध्यक्ष प्रेम केसीले प्रेस युनियन लोकतान्त्रिक विधि र पद्धतीअनुसार अगाडी बढाीरहेको भन्दै युनियनमा आवद्ध पत्रकारहरुको लागि सधै संरक्षक भइरहने बताउनुभयो । उहाले अब सदस्यता अभियानले अझै युनियनलाई सुदृढ र एकतावद्ध गर्ने उल्लेख गर्नुभयो ।
शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्याय, प्रेस युनियनका उपमहासचिव कमल पन्त, केन्द्रीय सदस्यहरु कपिल कोइराला, ज्योती कटुवाल, विष्णु न्यौपाने, र प्रेस युनियन कर्णाली र लुम्बिनी प्रदेशका पदाधीकारीहरुको सहभागिता रहेको थियो । सुर्खेतको शाखाको सदस्यता अभियानको अध्यक्षता शाखा सुर्खेतका अध्यक्ष मधुवन विसीले गर्नुभएको थियो ।
सदस्यता अभियानका लागि केन्द्रीय अध्यक्ष लम्सालसहितको टोली जाजरकोट, रुकुमसहितका जिल्लामा गएको छ ।
नेपाल प्रेस युनियनको सदस्यता अभियान कर्णालीमा पनि शुरु
नेपाल प्रेस युनियनको सदस्यता अभियान कर्णालीमा पनि शुरु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु