सुर्खेत । भारतको उत्तराखण्ड राज्यमा गत मंगलबार र बुधबार आएको बाढी तथा पहिरोपछि कर्णाली प्रदेशका १५ जना सम्पर्कविहीन भएका छन् ।
मंगलबार क्लाउड बस्र्ट (अत्यधिक वर्षा) का कारण उत्तरकाशी जिल्लाको धराली बजार र पौडी गढवालमा पहिरो जाँदा जाजरकोट र जुम्लाका १५ जना मजदुर सम्पर्कविहीन रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा जाजरकोटको कुशे गाउँपालिका–२ ढाडगाउँका ४२ वर्षीय कर्णबहादुर सिंह, मानबहादुर सिंह, रामबहादुर सिंह, रबिन सिंह र निमबहादुर सिंह छन् ।
त्यसैगरी, जुम्लाको जुनिचाँदे गाउँपालिका–२ मजकोटका गगनबहादुर शाही, रामबहादुर शाही, गोरखबहादुर शाही, हरिबहादुर खड्का, रेशम खड्का, पार्वती खड्का, केशव खड्का र निर्मला खड्का पनि सम्पर्कमा आएका छैनन्।
सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्य जारी रहेको कर्णाली प्रदेश प्रहरीका डीआईजी माधव प्रसाद श्रेष्ठले बताउनुभयो ।
भारतको उत्तराखण्डमा आएको बाढीपछि कर्णाली प्रदेशका १५ जना सम्पर्कविहीन
भारतको उत्तराखण्डमा आएको बाढीपछि कर्णाली प्रदेशका १५ जना सम्पर्कविहीन

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु